झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २५ चैत । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन भ्रमणमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई चिनियाँ नेताले यस्तो सुझाव दिएका हुन् । ‘नेपालमा एउटै दलले बहुमत ल्याएर सरकार बनाएको र राजनीतिक स्थिरता आएकोमा चिनियाँ नेताले सन्तुष्टि व्यक्त गरेका छन्,’ गुरुङले बेइजिङमा नागरिकसँग भने,‘चिनियाँ कम्युनिस्ट पार्टीका नेताले नेकपासँग अझै सुदृढ सम्बन्ध राखेर अगाडि बढ्न चाहेको बताएका छन् ।’ भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालन विधि र उत्पादन कार्यमा पार्टीका स्थानीय कमिटीहरुको संलग्नता गजबको…

Read More

हेटौंडा, २५ चैत । भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ आयतमा रोक्यो । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्यो । चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए । कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ । नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ । ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा…

Read More

काठमाडौं, २५ चैत । ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् । तर डाक्टर आएनन् । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेको बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृश्य देखिन्थ्यो । उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीसमक्ष बिरामीहरु गुनासो गरिरहेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २५ चैत । कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भने, ‘पार्टी छाड्नेको रेकर्ड नै नभएपछि एक हप्ताको समय दिएर मागेका हौँ । कहाँ के भएको छ भनेर रहेछ विवरण राख्न माग गरिएको हो ।’ आजको नँया पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २५ चैत । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आ–आफ्नो क्षेत्रमा पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चैत ११ गते बसेको संसदीय दलको बैठकले पार्टीका सांसदलाई आ–आफ्नो क्षेत्रमा गएर आगामी बजेटमा राख्नुपर्ने योजनाको छनोट गर्न निर्देशन दिएको थियो । साथै सरकारले गरेका कामको जानकारी जनतालाई गराउन पनि पार्टीले निर्देशन दिएको थियो । सोही अनुसार अहिले सांसदहरू कोही आफ्नो क्षेत्रमा छन् भने कोही जाने क्रममा छन्…

Read More

काठमाडौँ, २५ चैत । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवारमा छलफल गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, २५ चैत । झन्डै दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारको नेतृत्वमा छ । त्यही सरकारको टाउको दुखाई बनेको छ अर्का नेकपा, जसका गतिविधिमा प्रशासनले प्रतिबन्ध लगाएको छ । अघिल्लो नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्यकै साथी हुन् । अनि प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द पनि उनकै साथी । वैद्य भने दुवै पूर्वसहयात्रीको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको बेग्लै बाटो खोजिरहेका छन् । ‘एकातिर कम्युनिस्ट आन्दोलनमा डबल नेकपा छ, जो संसदवामा गइसक्यो । यो पुरानो संस्थाको संरक्षक भइसक्यो,’ वैद्यले भने, ‘विप्लवजीको पार्टी पनि अलमलमा छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

झापा, २५ चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हँुदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक÷दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधार हुँदै जाने बताइएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा…

Read More

यमनमा सोमबार भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ आक्रमण मेटल वर्कसपमा भएको भएपनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाले जनाए । राजधानी सानाको पूर्वी भाग सावान क्षेत्र नजिकै दुई शक्तिशाली विष्फोटक पदार्थ पड्केको आवाज सुनेको लगत्तै धुवाको ठूलो मुस्लो जमिनबाट निकै उचाइसम्म आकासमा निस्केको स्थानीय…

Read More

भद्रपुर, २४ चैत्र । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य बोकेर महोत्सव सुरू गरेको महोत्सवमा चर्चित गायिका ज्योति मगर आउने भएकी छिन् । भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरीमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक साँगीतिक प्रस्तुति दिइरहेको समयमा चर्चिक लोक आधुनिक गायिका मगर २५ गते साँझ प्रस्तुति दिन आउने भएकी हुन् । महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ । ३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर,…

Read More