
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २७ चैत। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ लाई सम्पन्न गर्न चारवर्षे कार्यक्रम गर्ने भएको छ । संसद्को अर्थ समितले आगामी जनगणनाको तयारीका सम्बन्धमा राष्ट्रिय तथ्याङ्क विभागसँग आज गरेको छलफलमा विभागका पदाधिकारीले जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न समयावधिसहितको कार्यक्रमको ढाँचा तयार गरिएको जानकारी गराएका छन् । बैठकमा सहभागी समितिका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर जनगणना गरिए सही तथ्याङ्क सङ्कलन हुन सक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । एक ठाउँमा बसेर लेख्दा सही तथ्याङ्क आउने सम्भावना नहुने भन्दै उनिहरुले वडा सदस्यको रोहोवरमा जनगणना गरिए दोहोरो गणना हुने र छुट्ने सम्भावना न्यून हुने बताए । ‘पीपलको बोट’मा बसेर गरिने जनगणनाले सही तथ्याङ्क दिन…
विराटनगर,२७ चैत । प्रदेश–१ मन्त्रिपरिषद्को बैठकले वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा लैजान स्वीकृति दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण गरेको उक्त विधेयक संसद्मा लाने बुधबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो। उक्त विधेयकमा मन्त्रीको नेतृत्वमा, प्रमुख कार्यकारी अधिकृत रहने गरी वृहत विराट क्षेत्रको विकास गर्ने उद्देश्य लिइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए। विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकासहित १२ स्थानीय समेटेर वृहत विराट क्षेत्र निर्माण गरिने मन्त्री कार्कीको भनाइ छ। आवश्यकताका आधारमा क्षेत्र निर्धारण तलमाथि हुनसक्ने उनको भनाइ छ। प्रारम्भिक तयारी भने विराटनगर महानगरपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका,…
सुरुङ्गा , २७ चैत्र । नेपाल आदिवाशी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा झापा सुरुङ्गाका भरतकुमार श्रेष्ठ सर्बसम्वत हुनुभएको छ । मंगलवार सुरुङ्गामा भएको छैठो जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय जिल्ला समन्वय समितिको गठन भएको हो । समितिको उपाध्यक्षमा गंगासेर्मा लिम्बु , पाण्डवलाल चौधरी र मेघराज धामी यसैगरि सचिवमा विरेन मेचे , सहसचिवमा रोहित खबास , महेन्द्रराना मगर , नेत्रकुमारी धिमाल र कोषाध्यक्षमा रघुनन्दन गणेश रहनुभएको छ । यसैगरि सदस्यहरुमा खड्गबहादुर कुमाल , उदय गुरुङ , अविर बहादुर सुनुवार , भीम किसान , केवलराम राई , दिलिप उराउ , पदमबहादुर तामाङ , कुमारी दनुवार, मछिन्द्रकुमार राई बडाराम हेमरम…
काठमाडौँ, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैहरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाउनुभएको छ । महासचिव पौडेलले आज विज्ञप्ति जारी प्रचलित कानुन बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीदबिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाउनुभएको हो । कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित रप्रशारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशितरप्रसारित भएकोमा दुःख लागेको उल्लेख गरिएको छ…
काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचाँै स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा देवकोटाले सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य…
शुक्रबारदेखि हलमा रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’को बियोगान्त गीत सार्वजनिक गरिएको छ । चलचित्र रिलिज भएको केही दिनपछि चलचित्रको बियोगान्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नायिका जसिता गुरुङको बिहेमा नायक प्रदिप खड्काको पीडा देख्न सकिन्छ । उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रको यो गीतमा डेविड शंकरको स्वर, दिपक शर्माको संगीत, दिपक र उषा शेरचनको शब्द छ । गीतको शब्द मन छुने खालको छ । चलचित्रले हलमा अहिले औषत कारोबार गरिरहेको छ । चलचित्रको यो व्यापार नयाँ बर्षमा उकासिने विश्वास निर्माणपक्षको छ ।
भीमदत्तनगर, २७ चैत । कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ । नयाँ वर्ष (विशु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशाना बनिरहेका छन् । भारतको अल्मोडाबाट मजदूरी गरेर फर्किने क्रममा मङ्गलबार बेलुकी भीमदत्तनगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा नेपालीबाटै मुगुको लिबू गाउँपालिका–२ का ५० वर्षीय लालबहादुर शाही, १९ वर्षीय राजेश शाही र १८ वर्षीय नवीन बुढा नगद र सामानसहित लुटिएका छन् । जिल्ला प्रहरी कार्यालयले ब्रह्मदेव क्षेत्रमा उनीहरुलाई जुसमा नशालु पदार्थ खुवाएर लुटपाट गरिएको जनाएको छ । तीनसित रहेको २५…
सन्तोष शर्मा बनियानी, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी महामन्त्री लिङ्देनले चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको बताउनुभएको हो । ‘चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो’, उहाँले भन्नुभयो, ‘कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी भाषामा भ्वाइस म्यासेज आयो ।’ शुरुमा मोबाइल नं. ९८४३९४०२९४ बाट ‘कोई तपाईंलाई मार्न चाहन्छ, ती जना इन्डियन मान्छे आको थियो अनि त्योसँग दुई जना नेपाली मान्छे आयो र भेटे सायद एउटा पुलिस जस्तो लाग्यो…
रम्जान दिन मियाँ साउदी अरब, २७ चैत । अन्ततः भुपाल बस्नेत अभियानले सफलता हासिल गरेको छ । ब्लड मनि तिर्न नसक्दा साउदीमा बन्दी जीवन बिताईरहेका सुनसरीका भुपाल बस्नेत मंगलबार नेपाल फर्किएका छन् । विगत ६ वर्ष अगाडी साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका भुपालको डिउटी समयमा साइडमा पार्किङ गरि रोकिराखेको ट्रकमा पछाडीबाट आएको कार ठोक्किएर कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो । तर उनलाई त्यहाँ ब्लड मनि वापत ७५ हजार ३ सय साउदी रियल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तोकिएको थियो । तोकिएको ब्लड मनि तिर्न नसक्दा विगत ३५ महिनादेखि उनी साउदीको बुरैदा अल…
भद्रपुर, २७ चैत्र । चैत १३ बुधवार राति वडा प्रहरी कार्यालयले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा बेवारिसे रूपमा फेला परेको नवजात शिशुलाई धर्मपुत्र बनाउन ७ जनाले जिल्ला प्रशासन झापामा निवेदन दर्ता गरेपछि आर्थिक चलखेल मार्फत शिशु हत्याउने प्रयास सुरू भएको छ । आफ्ना सन्तान नभएका दम्पत्तिले बेवारिसे शिशु धर्मपुत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने क्रममा ७ जना भएपछि आर्थिक चलखेल बढेको हो । जन्म दिने आमा तथा बाबुको अवस्था अज्ञात रहेका ती बालकलाइ मेची अञ्चल अस्पतालमा राखेर उपचार गरिरहेको छ । अस्पताल पुर्याएको भोलिपल्ट नै धर्मपुत्र बनाउने भन्दै झापा मेचीनगर नगरपालिका–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमायाले…