
रम्जान दिन मियाँ
साउदी अरब, २७ चैत । अन्ततः भुपाल बस्नेत अभियानले सफलता हासिल गरेको छ । ब्लड मनि तिर्न नसक्दा साउदीमा बन्दी जीवन बिताईरहेका सुनसरीका भुपाल बस्नेत मंगलबार नेपाल फर्किएका छन् ।
विगत ६ वर्ष अगाडी साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका भुपालको डिउटी समयमा साइडमा पार्किङ गरि रोकिराखेको ट्रकमा पछाडीबाट आएको कार ठोक्किएर कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो । तर उनलाई त्यहाँ ब्लड मनि वापत ७५ हजार ३ सय साउदी रियल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तोकिएको थियो ।
तोकिएको ब्लड मनि तिर्न नसक्दा विगत ३५ महिनादेखि उनी साउदीको बुरैदा अल कासिम जेलमा बन्दी जीवन बिताइरहेका थिए । भुपाल बस्नेतलाई बचाउन विश्वभरि आर्थिक सहयोग अभियान चलाइएको थियो । बचाउ अभियानले सफलता हासिल गरेपछि बस्नेत गत अप्रिल १ तारिख जेलबाट रिहा भएका थिए । जेल मुक्त भएका उनी अप्रिल ९ तारिख मंगलबार गल्फ एयरको उडानबाट नेपाल फर्किएका हुन् ।
बस्नेतको उद्धारको लागि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सकृयतामा ८ हजार ३१ साउदी रियल, गन्तव्य नेपाल उनैजाको पहलमा ७ हजार ३ साउदी रियल र नेपाली प्रवासी समाज हाइलको पहलमा १ हजार ५१ साउदी रियल गरि जम्मा १६ हजार ८५ साउदी रियल जम्मा गरेका थिए । बाँकी अपुग रकमको लागि नेपालमा रहेको परोपकारी, सामाजिक संस्था, प्रवासी नेपाली समन्वय समिती (पीएनसीसी)ले जिम्मेवारी लिएको थियो ।
पीएनसीसीले बाँकी अपुग रकम विभिन्न संस्थाहरुसँगको समन्वयमा कुमार राना उद्दार समितिबाट ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ, गैर आवासीय नेपाली संघ (आइसीसी) कल्याणकारी कोषबाट २ लाख ३० हजार रुपैयाँ , प्रेम राई उद्दारबाट बचेको रकमबाट २ लाख रुपैयाँ , सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार रुपैयाँ र बराह समाज सुनसरीबाट ११ हजार १ सय ११ रुपैयाँ संकलन गरिएको पीएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले बताए ।
आवश्यक तिर्नुपर्ने रकम संकलन भएपछि नेपाली दूतावास रियाद साउदी अरबको सकृय भूमिकामा संकलित रकम गत १ अप्रिल २०१८ का दिन अल कासिम कोर्टमा बुझाइएको र रकम बुझाएपछि उनकोे रिहाई भएको थियो ।
उनको रिहाई लगत्तै फाइनल एक्जिट भिसा लगाए पनि समयमै टिकट नपाइएकोले ५ दिनसम्म एनआरएनए आरसीसी अल कासिमका सकृय समाजसेवी उपाध्यक्ष कृष्ण अधिकारीको कोठामा बसेका थिए । एक तर्फी टिकट उपलब्ध गराउदै गैर आवासीय नेपाली संघ क्षेत्र भखैरै मात्र ीय समन्वय समिति अल कासिम समितिले उहाँको रिहाइमा खुशी व्यक्त गर्दै बधाई तथा सुखद भविस्यको शुभकामना दिएका छन् । भुपाल बुधबार काठमाडौं अवतरण हुुँदै छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

