
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, १३ बैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिब पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते महासंघको सम्पर्क कार्यालय जिमीपोखरी टोल आइपुगेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं, १३ बैशाख । राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप¥यो । आजको नयाँ पत्रिकामा खबर छ ।
काँकरभिट्टा, १३ बैशाख । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयान लिएको थियो । मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन,’ उनले भनेका थिए । मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने सिर्जनाले गरेकी थिइन्…
मेचीनगर, १३ बैशाख । आयोजक मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई ४−२ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । टाइब्रेकरमा काँकडभिट्टाका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । योगेश गुरुङको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोकेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए । शिलो मार्टिन र पेटेङगाको प्रहार बाहिरिएपछि दाउफिन्स खेलबाट बाहिर गएको छ । खेलको छैटौं मिनेटमा दाउफिन्सका ओगेन जुनियरले गोल गरेका थिए । मेसुकेको कडा प्रहार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका गोलकिपर किशोर गिरीले पञ्च गरेर फर्काएपछि पाएको अवसरलाई जुनियरले गोलमा…
काठमाडौं, १२ वैशाख । लाभ कर नतिरेको विदेशी दुरसञ्चार सेवा कम्पनी एनसेललाई ठूला कर दाता कार्यालयले कर तिर्न काटेको पत्र तत्कालन कार्यानन्व नर्गन भन्दै सर्वोच्च अदालतले एनसेलकै पक्षमा आदेश दिएको छ । न्यायधीश बम कुमार श्रेष्ठको एकल इजलासले बिहीबार ठूला करदाता कार्यालयको पत्रअनुसार कर नतिर्ने दाबीसहित एनसेलले गरेको रिटमाथि सुनुवाई गर्दै तत्काल सो पत्रअनुसार कर नउठाउन आदेश दिएको हो । सर्वोच्चले अल्पकालीन आदेश दिँदै तत्काल कर नउठाउन भनेपछि यो प्रकरणमा फेरि सरकारलाई एनसेलले ठग्ने सम्भावना बढेको छ । यद्यपी सर्वोच्चले यही वैशाख २३ गते सर्वोच्चमा उपस्थित हुन दुबै पक्षलाई बोलाएको छ । ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६…
काठमाडौं, १२ वैशाख । सरकारले वैशाख १५ देखि जेठ ८ गतेसम्म सञ्चालन हुने कक्षा १२ र ११ को परीक्षा मर्यादित बनाउन भन्दै २२ बुँदे निर्देशन जारी गरेको छ । माध्यमिक शिक्षा परीक्षामा प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि सजग हुँदै राष्ट्रिय परीक्षा बोर्डले निर्देशन जारी गरेको हो । परीक्षा बोर्डले सुरक्षा निकायसँग रहेको प्रश्नपत्र केन्द्राध्यक्षले नै बुझ्नुपर्ने, परीक्षाको धेरै समय अगाडि प्रश्नपत्र लैजान नपाउने, सीसीटीभीको निगरानीमा प्रश्नपत्रको थैला रुजु गर्ने र प्रश्नपत्र बुझ्दा अनिवार्य रुपमा मुचुल्का गर्न निर्देशन दिएको छ । त्यस्तै प्रश्नपत्र रुजु गर्न भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइल फोन लैजान नपाउने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र…
काठमाडौँ, १२ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले मण्डललाई रु ४० हजार घुससहित पक्राउ गरेको थियो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी मण्डललाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ । यस्तै आयोगले आजै सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाउद्दिन अन्सारीविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुख कटान सहमतिको सिफारिश गरिदिएबापत सेवाग्राहीसँग सहायक…
बिर्तामोड, १२ वैशाख । झापाको बिर्तामोड नगरपालिका–४ स्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुडालले पत्रकार सहारा उपचार कोषका लागि ८ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । बिहीबार पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लक्ष्मी काफ्लेलाई सहकारीका अध्यक्ष चुडालले उक्त रकम हस्तान्तरण गरे । चुडाललाई ६२औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा झापा जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी सञ्चालकका रुपमा नगद ३ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको थियो । सो रकममा उनले व्यक्तिगत रकम ५ हजार रुपैयाँ थप गर्दै पत्रकार सहारा उपचार कोषका लागि प्रदान गरेका हुन् । सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदानस्वरुप आफूले…
सङ्खुवासभा, १२ वैशाख । जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन् । अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा एक वर्षअघि सरुवा भएर गएका हुन्। डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा दयाशङ्करलाल कर्ण पनि कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए । प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ । कर्मचारीले मागेअनुसारको सुबिधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपातसमेत भएको थियो । कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाहसमेत खस्कँदै गएको…
भद्रपुर, १२ वैशाख । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए । विसं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा हरेक वर्ष एक÷एक र २०७५ मा १० ले एचआइभी एड्सका कारण ज्यान गुमाउनुपरेको हो । हाल झापामा ६१६ एचआइभी सङ्क्रमितले सरकारका तर्फबाट वितरित औषधि नियमित सेवन गरिरहेका छन् । एचआइभी सङ्क्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क रहेको झापामा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ । झापामा जिल्ला जनस्वास्थ्य कार्यालय…