
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ६ बैशाख । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौँकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, ६ बैशाख । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । सरकारको प्रवक्तसमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बुबाआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैँ राख्न सकिदैँन, राखिदैँन ।’ आजको नागरिक दैनिकमा खबर छ ।
अमेरिका, ६ बैशाख । अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो । यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो । बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मकालागि बोण्ड अर्थात धरौटीमा रिहागर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो। बुधवार जारी भएको महान्यायधिवक्ताको निर्णय संगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म अध्यागमनको जेलमा नै बस्नुपर्ने हुन्छ । अध्यागमन हिरासतमा आप्रवासीलाई राख्ने…
रूपेन्द्र शेर्माउर्लाबारी, ६ बैशाख । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित इलाका प्रशासन कार्यालयले जन्मका आधारमा नागरिकता लिएका आमा–बुबाका ८९ सन्तानलाई नागरिकता बितरण गरेको छ । गत चैत १९ गते संघीय सरकारको गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिएका बाबु–आमाका सन्तानलाई वंशजको नागरिता दिन परिपत्र जारी गरेपछि तीन दिनभित्र त्यति संख्यामा सो कार्यालयबाट नागरिकता बितरण गरिएको हो । गृह मन्त्रालयले यस्तो परिपत्र जारी गरेलगत्तै जन्मका आधारमा नागरिकता लिएका सन्तानहरुको नगरपालिका र गाउँपालिकाका बिभिन्न वडा कार्यालयहरुमा सिफारिस लिनेहरुको घुंइचो लागेको थियो । लामो प्रतिक्षापछि सरकारले यस्तो घोषणा गरेपछि ती कार्यालयहरुमा उनीहरुको भिड लाग्नु स्वभाविक नै हो । तर, गृह मन्त्रालयको परिपत्रविरुद्ध सर्वाेच्च अदालतमा रिट परेपछि…
काठमाडौं, ५ बैशाख । पत्रकार अर्जुन गिरी काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई रिहा गरेको हो। पत्रकार गिरीको तर्फबाट बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ताहरु, स्वागत नेपाल, भक्तिराम घिमिरे, मानबहादुर लामिछानेले बहस गरेका थिए। केही दिन अघि पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीले केही दिनअगाडि ‘ठग ! बदमास वीपेन्द्रराज बतास’ भन्दै लेखेको समाचारलाई आधार बनाएर बतासले सिआइबीमा गिरिविरूद्ध साइबर क्राइमको मुद्दा हालेका थिए । विपिन बतास विपेन्द्रराज बतासले पोखराका दुई व्यवसायी जनकराज पहारीको २ करोड २५ लाख रुपैयाँ र मनोज श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरी ४ करोड २३…
कुनै समय बलिउडको लोभलाग्दो जोडी थियो ऋतिक रोशन र सुजैन खान । तर, सन् २०१४ मा यो जोडीले डिभोर्स गर्ने निर्णय लियो । एकाएक यो निर्णयले पूरै बलिउड नै आश्चर्यमा परेको थियो । ऋतिक रोशन बलिउडको उचाइमा थिए भने उनलाई घरपरिवारबाट पनि राम्रै सहयोग भएको अनुमान गरिएको थियो । तर, घरभित्र उनीहरुको सम्बन्ध टुक्रिने अवस्थामा पुगिसकेको थियो । विवाह गरेको १३ औ वार्षिकी मनाउनुको केही दिन अघि यो जोडीले छुट्टिने निर्णय लियो । अर्जुन रामपाल सुजैनको मिल्ने साथी थिए । उनीसँग अफेयर भएका कारण डिभोर्स भएको हल्ला बाहिर आयो । अर्जुन र उनकी श्रीमतीले उक्त समाचारको खण्डन गरे । यसको…
काठमाडौं, ५ वैशााख । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन । प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए। सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् । उनको पार्टीमा…
माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ । यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । यस्तो दुखाई गर्मीका झन् बढ्ने डाक्टरहरु बताउँछन् । गर्मीमा तापक्रम बढ्ने र घामको तेज किरणको कारण माइग्रेनको दुखाई बढ्छ । यसका साथै, गलत खानपान, वायु प्रदुषण, डिहाइड्रेशन, सोडा, चिसो पेयपदार्थ, क्याफिनयुक्त पदार्थको सेवनले माइग्रेनलाई…
हेटौंडा, ५ वैशाख । विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा काठमाडौँ त्रिभुवन राजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ । यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको ना ४ ख ७९६० नंको मिनी ट्रकमा भीमफेदी गाउपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–८ कमानेमा वडा कार्यालय अगाडि सडकमा राखिएको प्रेसरकुकुर बम तथा हेटौँडा नारायणगढ सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१८ को तिनताप्केमा सडकमा राखिएको प्रेसरकुकुर बमलाई नेपाली सेनाको बम डिष्पोज टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले…
सम्बन्धविच्छेदका घटनामा श्रीमान श्रीमतीको विभिन्न कुरामा विवाद भएको हामीले देखेका छौं । साना साना कुरामा विवाद भएपछि पनि श्रीमान श्रीमती सम्बनधविच्छेदको निर्णयमा पुग्छन् तर हालै यस्तोघटना भएको छ जसले न्यायाधीश नै चकित परेका छन् । यहाँ युवतीले श्रीमानसँग विवाद भएर होइन बरु श्रीमानको ज्यान बचाउनको लागि अदालतमा सम्बनधविच्छेदको निवेदन दिएकी थिइन् । यो रोचक घटना भारतको मध्यप्रदेशमा घटेको हो । युवतीले अदालतमा सम्बनधविच्छेदका लागि निवेदन दिएपछि काउन्सिलिङका क्रममा उनले आफूले सम्बन्धविच्छेद गर्न नचाहेको बताइन् । युवतीका अनुसार उनले प्रेमविवाह गरेकी हुन् । यो बिहेमा उनका माइती विरोधी छन् र उनका पतिलाई मार्न चाहन्छन् त्यसैले उनले पतिको ज्यान बचाउन सम्बन्धविच्छेद गर्न…