झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्रिकेटभित्र हुन अनियमितता रोक्न इन्टरपोलसँग सहकार्य गर्ने भएको छ । विभिन्न चरणमा क्रिकेट खेलाडी तथा पदाधिकारीहरु म्याच फिक्सिङमा पर्ने गरेकाले क्रिकेटलाई शुद्धीकरण गर्न आईसीसीले विश्वभर संगठन भएको इन्टरपोलसँग सहकार्य गर्न लागेको हो । इन्टरपोलको मुख्यालय पुगेर आईसीसीको भ्रष्टाचार निवारण इकाइ महाप्रबन्धक एलेक्स मार्शलले छलफल गरेका थिए । छलफलमा आईसीसी र इन्टरपोल मिलेर काम गर्ने सहमति भएको जनाइएको छ । छलफलपछि आईसीसीका एलेक्स र्माशलले भने ‘आईसीसी इन्टरपोलसँग मिलेर काम गर्न उत्सुक छौं ।’ आईसीसीले अहिले पनि विभिन्न देशका भ्रष्टाचार निवारण संस्थासँग मिलेर काम गरिएको बताउँदै उनले इन्टरपोलसँज सहकार्य गर्दा विश्वका १९४ राष्ट्रको सञ्जालसँग सजिलै जोडिने पनि उल्लेख…

Read More

काठमाडौं, २० चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन्। अध्यक्ष दाहालले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्नेमा जोड दिए। बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए। अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्तामा जोड दिए। पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्न सरकारले…

Read More

शरद शर्मा काठमाण्डौ, २० चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिप्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । सुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अबदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो । त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराउनुभयो । त्रिविले ‘टीयू एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घण्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो । ट्रान्सक्रिप्टका लागि सबै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने…

Read More

सप्तरी, २० चैत । राजविराज नगरपालिका–३, की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई प्रदान गर्नु भएको छ । जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी९राजपा०नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिनुभयो । आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित २१ हजार रुपैयाँ जन्मदिनका दिन बुधबार मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने नेता सुमनले बताउनुभयो । आराध्याले नै यसपटक जन्म दिन नमनाउने बताउँदै सो रकम हावाहुरी पीडित परिवारलाई दिएर सामाजिक काममा लगाउने उहाँले बताउनुभयो । आइतबार साँझ आएको विनाशकारी…

Read More

राधाकृष्ण डुम्रे स्याङ्जा, २० चैत । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका–७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् । स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् । आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा…

Read More

काठमाडौं, २० चैत । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो। वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ। प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए। पक्राउ परेकालाई अनुसन्धान…

Read More

दमक, २० चैत । झापामा निर्माण हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि मुआब्जा वितरण सुरु भएको छ। दमक तथा गौरादह नगरपालिका र कमल गाउँपालिकामा निर्माण गर्ने योजना रहेको औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण गर्ने क्रममा १०१ जना जग्गाधनीलाई १० करोड रुपैयाँभन्दा बढी रकम प्रदान गरिएको हो। कमल गाउँपालिका–७ का जग्गाधनीले मुआब्जा बुझेका हुन्। दमक औद्यागिक पार्क, दमक सम्पर्क कार्यालयका सञ्जय थापाका अनुसार ‌औद्योगिक क्षेत्रका लागि सिफारिस समितिले २०७४ फागुन १४ मा पहिलो पटक मुआब्जाका लागि ४३० वटा कित्ता नम्बर उल्लेख गरी सूचना प्रकाशन गरेको थियो। सिफारिस समितिमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नापी र मालपोतका कार्यालयका अधिकृत रहेका थिए। उक्त समितिको…

Read More

फिदिम, २० चैत । १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्। विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन्। बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार…

Read More

झापा, २० चैत । झापाको दमक नगरपालिका–९ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार दिऊँसो पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ८ प ८८९६ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ६ ख ४७१५ नम्बरको ट्रकले पछाडीवाट ठक्कर दिंदा मोटरसाइकल चालक ईलामको चुलाचुली गाउँपालिका(६ बस्ने १८ बर्षीय ओमन राई र सोही मोटरसाईकलको पछाडी सवार ६२ बर्षीय सुवास राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा सुवास राईको दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दकमले जनाएको छ । अर्का घाईते ओमन…

Read More

पाँचथर, २० चैत । लामो अन्यौल र अनिश्चयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाउँदै गएका छन् । देशैभरका जिल्लामा एकता कार्यदलको सिफारिसअनुसार सातवटै प्रदेश कमिटीले स्थानीय तहस्तरीय कमिटीको नामावलीलाई अन्तिम रुप दिएसँगै उनीहरुले जिम्मेवारी पाएका हुन् । पाँचथरका आठ स्थानीय तहमा नेकपाका ६०६ नेता कार्यकर्ताले स्थानीय तहमा जिम्मेवारी पाएका हुन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच केन्द्रमा पार्टी एकताको घोषणा भए पनि जिल्ला तथा स्थानीय तहमा एकताले मूर्तरुप पाएको थिएन । नेकपाको अन्तरिम विधानअनुसार यहाँका सात गाउँपालिकामा ७५ सदस्यीय गाउँपालिका सङ्गठन कमिटी बनाइएका छन्। यस्तै फिदिम नगरपालिकामा ८१ सदस्यीय नगर कमिटी बनेको छ। यहाँका स्थानीय तहस्तरका…

Read More