झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

धनगढी, १३ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्र कर्मकाण्डी जस्तो भएको बताउनुभएको छ । यहाँ आज आयोजित खुला अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताउनुभयो । दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्न जरुरी छ ।” सो पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज कृष्णकुमार चौधरीलेलगायतले पनि बोल्नुभएको थियो । देशको विद्यमान पस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले थालेको जनसंवाद यात्रा २०७५ का क्रममा…

Read More

विराटनगर, १३ चैत । प्रहरीले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार श्रेष्ठलाई आज मोरङबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । यसअघि सोही समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । मोरङमा विप्लव समूहको गतिविधिलाई निस्तेज पार्न र नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको केसीले बताउनुभयो ।

Read More

काठमाडौँ, १३ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४…

Read More

काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मानसिक शान्ति मैत्री, करुणा, दया, संयम, नम्रता, क्षमा, अहिंसा, प्रेम र अहङ्कारबाट तथा सामाजिक शान्ति सामाजिक न्याय र विकासबाट प्राप्त हुन सक्ने स्पष्ट गर्नुभयो । उहाँले आश्रमले चलाएको सनातन गुरुशिष्य परम्परा, लोकोपकारी र मानवीय गतिविधि तथा धर्मनिरपेक्ष आध्यात्मिकता र सांस्कृतिक सद्भावको अभियान नेपालमा पनि चलाउनका लागि आश्रमसँग मिलेर काम गर्न सकिने बताउनुभयो । मङ्गलबार आयोजित कार्यक्रममा उहाँले पद्भूषण भरत मोहनलाललाई उहाँले मलायम सिनेमामा दिनुभएको…

Read More

भद्रपुर, १३ चैत्र । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा शैक्षिक वर्ष २०७५ का उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । यस वर्ष विद्यालयले आयोजना गरेका विभिन्न कृयाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा एल.के.जी. देखि कक्षा ९ सम्मका १५४ जना उत्कृष्ट छात्र—छात्रालाई सम्मान सहित पुरस्कृत गरिएको हो । संस्थापक, निर्देशक प्रा. डा. पृथ्वीविक्रम राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय स्तरीय खेलकुदमा प्रथम, दितीय र तृतीय हुने आधारभूत तह अन्र्तगत पूर्व प्राथमिक तह, प्राथमिक तह र निम्न माध्यमिक तह तथा माध्यमिक तह गरी १५४ विधामा उत्कृष्ट हुने छात्र—छात्रालाई पुरस्कृत गरिएको थियो भने नगर स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रमका विजेतालाई सम्मान गरियो ।…

Read More

बुधबारे, १३ चैत । ज्योति अंग्रेजी मावि बुद्धशान्ति ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन सकिन्छ भन्ने अभिप्रायले वरिष्ठ वाल विशेषज्ञको सहजिकरणमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा वरिष्ठ वाल विशेषज्ञ सानु अमात्य तथा प्रनिशा गुरुङले सहजिकरण गरेका थिए । करीव ३ सय ५० अभिभावकका विच गरिएको कार्यशाला गोष्ठीमा सहजकर्ताहरुले वालवालिकाको चौतर्फी विकासका लागि शिक्षक, अभिभावकले खेल्नुपर्ने भूमिका र पूरा गर्नु पर्ने दायित्वका बारेमा सहभागीलाई जानकारी दिएका थिए । वाल विशेषज्ञहरुले वालवालिकालाई सहि मार्ग दर्शन हुन सके उनीहरुको…

Read More

काठमाडौँ, १३ चैत । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसइई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने देखिन्छ ।” बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आमनागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार,…

Read More

सप्तरी, १३ चैत ।एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ । जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत आजको परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको…

Read More

इलाम, १३ चैत । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारप्रसार गर्ने उद्देश्यले ‘देउमाई साहित्य, पर्यटन महोत्सव’ गरिने भएको छ । समाजका लागि युवाद्वारा देउमाई नगरपालिका–४ स्थित नागिडाँडामा चैत २३ र २४ गते आयोजना गर्ने महोत्सवमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टाको सहभागिता हुने छ । स्रष्टाका माध्यमबाट स्थानीयस्तरका पर्यटकीयस्थल र स्थानीय खानपानको प्रचारप्रसार गरी यहाँको पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समाजका अध्यक्ष मोती गौतमले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशभरका कविले कवितावाचन गर्ने कार्यक्रम छ भने युवाको उत्प्रेरणाका लागि सङ्घर्षशील व्यक्तिको भोगाइसमेत प्रत्यक्ष व्यक्तिबाट सुनाइने छ । सङ्घर्षका कथाका लागि महोत्सवमा कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्ले, अभिनेता दयाहाङ…

Read More

बलिउड चलचित्र ‘रन्जित’मा एकसाथ काम गरेका रणवीर कपुर र अजय देवगणले पुन एकसाथ काम गर्ने भएका छन् । उनीहरुले लुभ रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा एक साथ काम गर्न लागेका हुन् । नाम तय नभएको उक्त चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको यो चलचित्रका लागि दुई मुख्य नायकको छनोट भइसके पनि नायिका भने पक्का गर्न सकिएको छैन । निर्माण युनिट अहिले चलचित्रको नायिका छनोटमा लागिरहेको छ । चलचित्रमा नायिकाले निर्वाह गर्ने भूमिका पनि निकै शशक्त भएको निर्माण युनिटले बताएको छ । निर्देशक रन्जनकै लगानी रहने यो चलचित्रको छायांकन डिसेम्बरबाट सुरु गरिनेछ । सन्…

Read More