
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २ बैशाख । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्ष्भित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए । उनले भने– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छांै । तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ ।’ आजको…
काठमाडौं, २ बैशाख । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रि«य विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ । यस अवधिमा वैदेशिक रोजगारमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् । यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ ।…
काठमाडौं, २ बैशाख । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो । मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उतीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ । बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा पटकपटक अनुतीर्ण भएपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ…
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन । मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भएको छ । केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे…
काठमाडौं, २ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो । तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए । यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो । लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो । ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए । अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर गर्यो । यो घटना इतिहासकै नौलो थियो । यता अख्तियारकै प्रहरी सहायक निरीक्षक जन्म अधिकारी…
मोरङ, २ चैत । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ । बिहान १० बजे स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको मेड इन यूएसए लेखिएको पेस्तोल थान १, म्याग्जिन थान १ र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारी बरामद गरेको हो । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’– राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताए। ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो। यसअघि सरकारले श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने सामाजिक सुरक्षाका लागि आजको अभियान नयाँ फड्को हुने ठानिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स…
मन्जु मिश्र नेपाल सानो छ भनेर कितावमा पढ्दै आएको भएपनि नेपाललाई सर्सती एक फन्को लगाउन भने पाइएको थिएन । मेची–महाकाली भएर छरिएर रहेको नेपालको पश्चिम सिमानामा जन्मिएर यत्रो उमेर भैसक्दा मेची चाहिँ कस्तो हुन्छ भन्ने कल्पनाको चित्रमात्र देख्ने गरेको मेरो आँखाले यसपटक भने प्रदेश नम्वर एक देख्ने मौका पाए अर्थात कोशी पारी । १४ अंचल ७५ जिल्ला भनेर चिनिएको नेपाल अहिले सात प्रदेशमा बाडिएपछि भएपनि मेरा लागि प्रदेश नम्बर एक भन्न चाहिँ मेची अञ्चलमात्र हो । हामी उता हँुदा पूर्वेलीलाई ‘मेचीवाला’ भन्ने गर्छौ । मन्जु मिश्र सुदूुरपश्चिीमेलीहरु ठाडो भाषामा यताका मानिसलाई मेचीवालानै भन्ने गर्छन् । म काठमाण्डौँ बसेर पढ्दा एउटी…
तेहरान, १ वैशाख। इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन्। गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ। पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो। यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो। अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन्। बाढीले इरानमा घरहरु, सडकहरु, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको…
रोजगारीको शिलशिलामा केन्या पुगेका १२ जना नेपाली महिला पक्राउ परेका छन्। हिजो अप्रिल १३ अप्रिलका दिन केन्याको मोम्बासा काउन्टीको रंगिला बार (मधुशाला चमेनागृह) बाट १२ नेपाली महिला पक्राउ परको केन्याको स्थानीय पत्रिकाले जनाएको छ। प्रहरीका अनुसार उक्त मधुशालामा गैर कानुनी रुपमा अन्तरराष्ट्रिय महिला बेचबिखन संगठित समूह (सिन्डिकेट) सक्रिय रहेकोले उक्त मधुशालामा छापा मारिएको प्रहरीले जनाएको छ। यसै शिलशिलामा चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजेठालाई प्रकाउ गरिएको छ। उनीसंग क्यानडाको राहदानी भएको प्रहरीले खुलासा गरेको छ। यस भन्दा अगाडि पनि मानव बेचबिखनको बिषयमा ५ जना पक्राउ परेका थिए । एजेन्सी