
रोजगारीको शिलशिलामा केन्या पुगेका १२ जना नेपाली महिला पक्राउ परेका छन्।
हिजो अप्रिल १३ अप्रिलका दिन केन्याको मोम्बासा काउन्टीको रंगिला बार (मधुशाला चमेनागृह) बाट १२ नेपाली महिला पक्राउ परको केन्याको स्थानीय पत्रिकाले जनाएको छ।
प्रहरीका अनुसार उक्त मधुशालामा गैर कानुनी रुपमा अन्तरराष्ट्रिय महिला बेचबिखन संगठित समूह (सिन्डिकेट) सक्रिय रहेकोले उक्त मधुशालामा छापा मारिएको प्रहरीले जनाएको छ।
यसै शिलशिलामा चमेनागृहका संचालक असिफ अमिराली अलिभाई जेजेठालाई प्रकाउ गरिएको छ। उनीसंग क्यानडाको राहदानी भएको प्रहरीले खुलासा गरेको छ। यस भन्दा अगाडि पनि मानव बेचबिखनको बिषयमा ५ जना पक्राउ परेका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

