झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ चैत्र । झापाको कन्काई नगरपालिका–३ पूर्व बसपार्क नजिक आइतवार मोटरसाईकलको ठक्करबाट १ जनाको मत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका–८ बस्ने ४० वर्षका बावुलाल टुडुलाई राती साढे ८ बजे ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते टुडुलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक शिवसत्ताक्षी नगरपालिका–९ बस्ने ४१ वर्षको सनम राई समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।

Read More

बुधबारे, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हस्ताक्षर अभियान सुरु गरेको छ । संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न देशभर हस्ताक्षर अभियान शुरु भएको राप्रपाका सहमहामन्त्री भक्ति सिटौलाले बताएका छन् । उनले हस्ताक्षर अभियान चैत २३ गते सम्म देशभर चल्ने जानकारी दिए । आइतबार झापा बुद्धशान्तिको बुधबारे चोकमा हस्ताक्षर अभियान कार्यक्रममा बोल्दै उनले भनिने गरिएको दोस्रो ठूलो जनआन्दोलनका नाममा जनताले चहाँदै नचाएको धर्मनिरपेक्ष मुलुक घोषणा गरेर जनतालाई ठूला दलले धोका दिएको आरोप लगाए । राप्रपा बुद्धशान्तिका अध्यक्ष नारायण न्यौपानेको सभापतित्व तथा राप्रपा झापा सहसचिव रन्जु प्याकुरेलको प्रमुख आतिथ्यमा कार्यक्रम…

Read More

इलाम, १८ चैत्र । इलामको सूर्योदय नगरपालिका–९ बरबोटेमा आइतवार मासु काट्ने बामफोकले घाँटी रेटेर १ पुरुषले आत्महत्या गरेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेका सोही स्थान बस्ने ३९वर्ष का बिजय राईले राती साढे ९ बजे मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेका थिए । घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल झापा पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १८ चैत्र । झापाको शिवसत्ताक्षी नगरपालिका–३ मा आइतवार नगरमा डुवेर १ जनाको मृत्यु भएको छ । नहरमा डुबेर सोही स्थान बस्ने ६९ वर्षकी धनकुमारी पाण्डेको मृत्यु भएको जिल्ला इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आइतवार राती ११ बजे देखी हराएर बेपत्ता भएकी पाण्डेलाई प्रहरी र स्थानीयवासीद्वारा खोजतलास गर्ने क्रममा सोमवार बिहान कन्काई नहरमा डुबीरहेको अस्थामा फेला पारेको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई सम्पूर्ण कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

दमक, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताउनुभयो । देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुहँुदै उहाँले भन्नुभयो, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उहाँको भनाइ थियो । त्यस…

Read More

काठमाडौँ, १८ चैत । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् । त्यस्तै समूह बी मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन् ।…

Read More

भद्रपुर, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न आज १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत प्रस्थान गर्नुभएको छ । गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त…

Read More

काठमाडौं, १८ चैत । रोजगार अनुमति (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ । ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी नेपाली युवाले कोरियाको भाषा परीक्षामा आवेदन दिएका हुन् । चैत्र ८ गतेदेखि १० दिनका लागि खुला गरिएको परीक्षाको आवेदनको अन्तिम दिन आइतबार ८ बजेसम्म ९२ हजार १ सय ५० ले आवेदन दिएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १८ चैत । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएँका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो । स्थानीय मिडियाका अनुसार फोटोग्राफरको नाम री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरेको अरोप लागेको छ । यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको…

Read More

काठमाडौँ, १८ चैत । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो । मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More