झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताउनुभयो । मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन…

Read More

काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै नै बेथिति देखिएकाले यसको पनि नियमित अनुगमन गर्नुस्, आवश्यक परे मन्त्रालय सहयोग गर्न तयार छ ।” रकमको हिसाबले धेरै थोरै जे भए पनि उपभोक्तालाई ठगी गर्नेहरु सबैभन्दा ठूलो भ्रष्टाचारी भएको उल्लेख गर्दै उहाँले त्यस्ता…

Read More

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । “देशमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहने छ”, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका…

Read More

काठमाडौँ, १ चैत । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । भारतीय यात्रुका लागि…

Read More

पाँचथर, १ चैत । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको दुवै मिर्गौला फेल भएपछि परिवार पीडामा परेको छ । सरितालाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताउनुभयो । कमजोर आर्थिक अवस्था भएका माझी परिवारलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम जुटाउन गाह्रो भएको छ । सरिताका ससुरा जसबहादुर माझीका अनुसार सरिताको उपचारमा हालसम्ममा रु दुई लाख रुपैयाँ खर्च भइसकेको छ । सरिताको एउटा मिर्गौला प्रत्यारोपण गर्न झण्डै रु १२ लाख रकम आवश्यक पर्ने माझी परिवारको भनाइ छ । सरिताको उपचारमा आर्थिक अभाव भएपछि माझी परिवारले सहयोगका लागि आग्रह गरेको छ । सरिताका श्रीमान…

Read More

बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोही होला । त्यही प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहँदैनन् । बलिउडमा सुन्ने गरिन्छ कि सलमानले ऐश्वर्याको प्यारको लागि जेपनि गर्न पछि हटेनन् । तर कमैलाई मात्र थाहा छ कि सलमानको माया पाउनकोलागि ऐश्वर्याले के मात्र गरिनन् । खासमा ऐश्वर्या र सलमानको प्रेमसम्बन्ध १९९७ मा शुरु भएको थियो । त्यस समयमा सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । भने ऐश्वर्या बलिउडमा आफ्नो स्थान बनाउन संघर्षरत थिइन् । साथै सलमानको पाकिस्तानकी सोमी अलीसँग प्रेमसम्बन्ध थियो । खबरको अनुसार विश्व सुन्दरीको ताज परिरिएपछि…

Read More

क्राइस्टचर्च, १ चैत । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । “यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भन्नुभयो । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।” “अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको…

Read More

काठमाडौँ, १ चैत । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि विसं २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताउनुभयो । “उपत्यकामा धेरै सवारीसाधनसँगै हर्न बजाउने सवारीसाधनको सङ्ख्या बढेको छ, त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई कडाइ गरेको…

Read More

भद्रपुर, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार सम्मेलन गरी खोलामा अनियन्त्रित रुपमा उत्खनन गर्ने कार्यलाई रोक्न कडा कदम चाल्ने चेतावनी दिएको हो । सो अवसरमा समितिका संयोजक पोर्तेलले गत पुस २४ देखि फागुन २७ गतेसम्म जिल्लाका विभिन्न नदी र क्रसर उद्योगमा स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन पनि सार्वजनिक गर्नुभयो । झापाका अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लङ्घन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।…

Read More

सन्तोष शर्मा बनियानी, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी झापाको एकता प्रक्रिया टुंगिएको छ । आज नेकपा जिल्ला पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहमध्ये ६ वटामा पूर्वमाओवादी केन्द्र र ९ वटा स्थानीय तहमा पूर्व एमालेले नेतृत्व गर्ने निर्णय गरेसँगै एकता प्रक्रिया टुंगिएको नेकपा नेता मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुर, मेचीनगर, शिवसताक्षी नगरपालिका र हल्दिबारी, गौरीगञ्ज तथा झापा गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्नेछ । त्यस्तै, बिर्तामोड, कनकाई, दमक, गौरादह, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति, कचनवकल, बाह्रदशी र कमल गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने सहमति भएको उहाँले बताउनुभयो । ‘अब तीन दिनभित्रमा नेतृत्वको नाम छनोट हुनेछ’,…

Read More