
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन्। समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ। ” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन सोमबार सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक सङ्घ ९गोदान० सित स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै…
विमलबहादुर विष्ट डोटी, २५ चैत । जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ। बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन। दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गरेका हुन् डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत हरियो झण्डा गाड्ने अभियानको थालनी गरिएको वडाध्यक्ष शाहले बताए। “हामी बालश्रममुक्त जिल्ला घोषणा गर्ने अभियानमा छौं, बालश्रमिक नभएको घरमा हरियो झण्डा गाडेका छौँ”, उनले भने, “बालश्रमिक राख्ने घर तथा पसलमा गाडेका छैनाँै, बालश्रमिक राख्नेलाई नगरपालिकाले दिने सुविधाबाट बञ्चित गरिनेछ।”…
वासिङ्टन, २५ चैत । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन्। राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन्। उहाँन गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन्। म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन्। उनी अमेरिकी कङ्ग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व पनि हुन्। “जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,” निल्सनले लेखेको अवकाशपत्रमा उल्लेख…
भारतले पाकिस्तानमाथि सैन्य कारबाहीको तयारी गरेको पाकिस्तानले दावी गरेको छ । पाकिस्तानका विदेश मन्त्री शाह महुमद कुरेशीले भारतले १६ देखि २० अप्रिलकोबीचमा पाकिस्तानविरुद्ध सैन्य आक्रमणको तयारी गरेको आरोप लगाएको बीबीसीले जनाएको छ । भारतले अप्रिलको तेस्रो साता पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेको गोप्य सूचनामार्फत थाहा पाएको पाकिस्तानका विदेशमन्त्रीले दावी गरेका छन् । भारतले भने पाकिस्तानको दाबीको खण्डन गरेको छ । पाकिस्तानी विदेश मन्त्रीको दाबी खण्डन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ‘भारत पाकिस्तानी विदेश मन्त्रालयको गैर जिम्मेवार आरोप खारेज गर्दछ । पाकिस्तानको आरोपको उद्देश्य युद्धको उन्माद फैलाउनु मात्रै हो ।’ उनले भनेका छन् ‘यस्तो लाग्छ पाकिस्तानको यो आरोप आतंकवादीलाई…
काठमाण्डौ, २५ चैत । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।…
काठमाडौँ, २५ चैत । जेन ट्राभल्सले अस्ट्रेलिया उडान आरम्भ गरेको छ। गत अप्रिल ८ तारिखबाट उडान आरम्भ गरको ट्राभल्सले हप्ताको सातै दिन र चौबिसै घण्टा इमेल तथा फोनबाट सेवा प्रदान गर्दै आएको छ। ट्राभल्सबाट सेवा लिन zentravels.com.auअन गर्नुपर्ने ट्राभल्सले जनाएको छ। अस्ट्रेलियाका यात्रुले यसै वेभसाइटका माध्यमबाट सम्पर्क गर्न सक्ने ट्राभल्सले जनाएको छ। नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या दिनानुदिन बढिरहेको छ। सन् २०१९ को जनवरीमा अस्ट्रेलिया सरकारको एजुकेशन एन्ड ट्रेनिङ विभागका अनुसार नेपाली विद्यार्थी तेस्रो स्थानमा पर्दछन् । अर्थात् नेपाली विद्यार्थीको सङ्ख्या तेस्रो स्थानमा रहेको छ। अस्ट्रेलियाका अनुसार झन्डै ५ लाखको हाराहारीमा विदेशी विद्यार्थी रहेकोमा त्यसको करिब ८ प्रतिशत…
बलिउड अभिनेता बरुण धवनकी गर्लफ्रेन्डलाई उनकी एक महिला फ्यानले मार्ने धम्की दिएकी छन् । बरुणको घर अगाडी बरुणलाई भेट्न घन्टौ बसेकी एक महिला फ्यानले बरुणलाई भेट्न नपाएपछि उनकी गर्ल फ्रेन्ड नताशा दलाललाई नोक्सान पुर्याउने चेतावनी दिएको फिल्मफेयरले जनाएको छ । बरुणलाई भेट्न उनको घर अगाडी कुरेर बसेकी ति महिला फ्यानले बरुणलाई भेटेन नपाएपछि शुरुमा आफैलाई चोट पुर्याउन खेजेको र पछि उनले नताशालाई मार्ने धम्की दिएको बताइएको छ । लगातारको अनुरोधपछि बरुणको घर छोड्न नमाने पछि स्थानीय प्रहरीलाई खबर गरिएको बरुणका सुरक्षाकर्मिले जानकारी गराएका छन् । हाल कलंक फिल्मको प्रमोसनमा व्यस्त बरुण, यस फिल्ममा आलिया भट्ट, अनिल कपुर, माधुरी दिक्षित, सिद्धार्थ…
काठमाडौँ, २५ चैत। नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो। समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागि पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको…
विराटनगर, २५ चैत । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ। समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गरेका हुन्। मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो। मन्त्रालय प्राङ्गणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ। मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी…
लण्डन । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । यो घटनामा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए । उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ । लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए । उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा…