
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २५ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन्। विप्लवको विज्ञप्तीमा भनिएको छ “केपी(प्रचण्ड सरकारले केही समय देखि देशभरी फासिष्ट दमन अभियान तीव्र वनाएको छ। दमनका क्रममा २३ गते विहान ५ वजे कपिलवस्तु शिवराज नगरपालिका वार्ड नं ९ को अञ्चलपुरका युवा दुर्गा वहादुर रोकालाई घरबाट समातेर…
गुलरिया, २५ फागुन । बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो । गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ । गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्यनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले…
काठमाडौं, २५ फागुन । पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन व्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन् । ‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ,’ सोही क्षेत्रका ज्येष्ठ नागरिक…
काठमाडौं, २५ फागुन । देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले पटकपटक थपेर स्थानीय तहको संख्या ७ सय ५३ बनाएको थियो । ८७ गाउँपालिका, १ महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका हुन् । केन्द्र फेर्नेमा गाउँपालिका धेरै केन्द्र (सदरमुकाम) फेर्नेमा…
विराटनगर, २५ फागुन । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबर जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका–८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । टाईम्स अस्पताल रंगेलीको सहकार्यममा आयोजना गरिएको उक्त १ दिने स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरणमा कार्यक्रममा ११ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सोही अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समुदायसँग चिया कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी,…
कनकाई, २५ फागुन । १०९ औँ नारी दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकामा चौथो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा गत फागुन १८ गतेदेखि सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल नारी दिवसको अवसर पारेर शुक्रबार गरिएको हो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको महिला टिमबीच भएको फाइनल खेलमा कनकाई नगरपालिकाले शिवसताक्षीलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजयी कनकाई नगरपालिकाले नगद ६० हजार र उपविजयी बनेको शिवसताक्षी नगरपालिकाले नगद ४० हजार पुरस्कार पाए । बिजयी तथा उपविजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायातले…
कनकाई, २५ फागुन । नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने क्रान्तिकारी महिला नेत्री योगमाया न्यौपानेको शालिक आज झापाको कनकाई नगरपालिकामा अनावरण गरिएको छ । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कनकाई–३ मा निर्मित योगमायाको अर्धकदको शालिक झापा क्षेत्र नं २ का सांसद पवित्रा खरेलले अनावरण गर्नुभएको हो । सांसद खरेलले ७७ वर्ष पहिले महिलामुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट महिलामुक्ति र समानताका लागि देशमा अवसर प्राप्त भएको बताउनुभयो । शालिक निर्माणमा कनकाई नगरपालिकाले रु १८ लाख, कनकाई सामुदायिक वनले रु ५१ हजार र स्थानीयवासी तुलाराज बस्नेतले रु ५० हजार सहयोग गरेको योगमाया शालिक निर्माण समितिका अध्यक्ष शर्मिला कुँवरले…
भद्रपुर, २४ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताउनुभएको छ । झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताउनुभयो । “कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो काम गरेको देख्न नचाहने देशभित्र र बाहिरका शक्ति कमी कमजोरी खोज्न पुल्ठो बालेर हिँडिरहेका छन्”, उहाँले भन्नुभयो, “हामी जनतासँग गरेका सबै वाचा पूरा गर्दै अघि बढेका छौँ, उनीहरु असफल हुने छन् ।”
झापा, २४ फागुन । नेपाल मानव धर्मका प्रणेता सद्गुरूदेव श्री सतपालजी महाराजले युग परिवर्तनका लागि मानिसको मन बदल्नुपर्ने बताउनुभएको छ । झापाको धुलाबारीमा शुक्रवार सम्पन्न ‘विराट सत्संग समारोह २०७५’ लाई सम्बोधन गर्दै सद्गुरूदेव महाराजले ढुंगा, माटो, पानी बदलेर युग परिवर्तन गर्न नसकिने बताउनुभयो । ‘युग परिवर्तनका लागि ढुंगा, माटो, पानी बदल्नु पर्दैन, युग परिवर्तनका लागि मानिसको मनलाई बदल्नुपर्छ,’ उहाँले भन्नुभयो । बिहीवारदेखि धुलाबारीमा शुरू भएको समारोहमा उहाँले सन्त तुलसीदासको भनाइ उदृत गर्दै अध्यात्ममा सन्त समागम र हरिकथा महत्वपूर्ण रहेको बताउनुभयो । ‘सत्संगमा आउँदा हाम्रो मनमा धेरै प्रश्न हुन सक्छन् । तर निर्मल मनले सत्संग सुनेमा सबै शंकाको समाधान हुन्छ,’ उहाँले…
बिर्तामोड, २४ फागुन । मगमग झापा गोल्डकपको पहिलो सेमीफाइनल खेलमा आयोजक झापा बिजयी भएको छ । झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको छ । यद्यपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा थ्री स्टारका रजिन…