झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, १५ फागुन । गत माघ २९ गते प्रेस चौतारी नेपाल र आदिवाशी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार शुद्धिकरणको विरोध गर्दै गरेको तालाबन्दी तत्काल खोल्न प्रेस सेन्टर झापाले दुबै सङ्गठनलाई आग्रह गरेको छ । प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती र सचिव लीलाराज झापालीले विज्ञप्ति जारी गर्दै महासंघ झापामा लगाएको तालाबन्दिप्रति आपत्ति प्रकट गर्दै ताला अविलम्ब खोल्न आग्रह गरेको हो । प्रेस सेन्टर झापाको बुधवार सुरुङ्गामा बसेको बैठकपछि संगठनले चौतारी र फोनिजले पत्रकार महासंघले गरेको सङ्गठन शुद्धिकरणजस्तो अतिलोकप्रिय कार्यक्रमको विरोध गरेर समग्र पत्रकारिता जगतकै खिल्ली उठाएको समेत निर्णय गरेको छ । तालाबन्दी पत्रकार आचारसंहिता, नेपाल पत्रकार महासंघको विधान, महासंघ केन्द्रिय…

Read More

भद्रपुर, १५ फागुन । नेपाल विद्यार्थी संघ झापाले भद्रपुर नगरपालिकाको आयोजनामा सम्पन्न अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा एकाडेमी चन्द्रगढी प्रथम भएको छ । नगर क्षेत्रका १४ वटा विद्यालयको सहभागितामा भएको नगरपालिका स्तरिय प्रतियोगितामा शिशु निकेतन मा वि दोश्रो र विदुर मावि तेस्रो भएका छन् । नेवि संघ भद्रपुर नगरका कार्यवाहक नगर सभापति अनुप अधिकारीको सभापतित्व, नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोख्रेलको प्रमुख आतिथ्यता, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको विशिष्ट आतिथ्यता तथा नेबिसंघ झापाका सचिव नारायण नेपाल, जिल्ला सदस्य निर्मल दाहाल, कचनकवल गाँउ समिति सभापति सागर राजवंशी ,कन्काइ क्याम्पस बिर्तामोड स्ववियु सभापति संजय राई लगायत आतिथ्यतामा…

Read More

भद्रपुर, १५ फागुन । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तरगत भद्रपुर नगरपालिकाले औषधी खुवाउने अभियान सुरू गरेको छ । नगर स्वास्थ्य शाखाले १० नम्बर वडा कार्यालयमा हात्तीपाईले रोग बिरूद्धको औषधि खुवाएको हो । १० वडा नम्बर कार्यालयमा आयोजित शुभराम्भ कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनाली, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वराल लगायतले एक साथ हात्तिपाईले रोग विरुद्घको औषधि खाएर कार्यक्रमको शुभारम्भ गरेका थिए । जनस्वास्थ्य कार्यालयका कुलवहादुर पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापाका १५ वटै स्थानीय तहका प्रत्येक टोल टोलमा घैरदैलो पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले औषधि…

Read More

अनिल वाग्ले बुद्धशान्ति, १५ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकामा ३५ प्रकारका औषधि भण्डार गरेर राखिएको छ । ती औषधि नागरिकलाई निशुल्क रुपमा वितरण गरिन्छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर गाउँपालिकाले निशुल्क औषधि र स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । राज्यले प्रदान गर्ने औषधिको अभाव हुन नदिन गाउँपालिकाले पनि बजेट नै छुट्याएर थप औषधि खरिद गर्दै गाउँपालिका क्षेत्रका नागरिकलाई वितरण गर्दै आएको छ । ‘अध्यक्षसँग जेष्ठ नागरिक’, ‘उपाध्यक्षसँग आमा समूह’ र ‘जनप्रतिनिधिसँग जनता कार्यक्रम’ लागू गरेर सोहि कार्यक्रम मार्फत स्वास्थ्य सेवा र औषधि पुर्याइरहेको छ । गाउँपालिकाले ३५ प्रकारका औषधि निशुल्क वितरण गर्न यी कार्यक्रम मार्फत प्रर्याप्त बजेट छुट्याएर नागरिकलाई औषधि…

Read More

मोरङ, १५ फाल्गुन । मोरङको कटहरी गाउँपालिका–२ मा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को १ त ४४१४ नंम्बरको ट्रयाक्टरले बिपरीत दिशा तर्फ जाँदै गरेको को १९ प ७५५७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक धनपालथान गाउँपालिका–२ बस्ने ७२ बर्षीय प्रमानन्द झा गम्भीर घाईते भएका थिए । घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट तत्काल खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनरगर पुर्‍याएता पनी चेक गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटमको लागि कोशी अञ्चल अस्पताल पठाईएको छ भने ट्रयाक्टर र ट्रयाक्टर…

Read More

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको प्रारम्भिक कारण मौसमको खराबी भएको जानकारी दिनुभयो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो । सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज…

Read More

पोखरा, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् । दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् । शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ लगिएको छ ।

Read More

सुकेटार, १५ फागुन । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) दुई वटा शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याई अन्य शव लिन घटनास्थलतर्फ गएको छ । सबै शव सुकेटार ल्याइएपछि सो हेलिकप्टर काठमाडौँ फर्कनेछ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर काठमाडौँ फर्किने क्रममा ताप्लेजुङको दारेभिरमा दुर्घटनामा परेको थियो ।

Read More

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ । गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् । शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७…

Read More

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । ताप्लेजुङको दारेभीरमा भएको दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री अधिकारी र पाइलट छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । हेलिकप्टरमा आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।

Read More