
भद्रपुर, १५ फागुन । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तरगत भद्रपुर नगरपालिकाले औषधी खुवाउने अभियान सुरू गरेको छ । नगर स्वास्थ्य शाखाले १० नम्बर वडा कार्यालयमा हात्तीपाईले रोग बिरूद्धको औषधि खुवाएको हो ।
१० वडा नम्बर कार्यालयमा आयोजित शुभराम्भ कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेशराज मैनाली, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वराल लगायतले एक साथ हात्तिपाईले रोग विरुद्घको औषधि खाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
जनस्वास्थ्य कार्यालयका कुलवहादुर पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापाका १५ वटै स्थानीय तहका प्रत्येक टोल टोलमा घैरदैलो पुगेर तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले औषधि खुवाउने बताए । विगत बर्षहरुमा महिला स्वास्थ्य स्वयम सेवीहरुले तीन दिन सम्म औषधि खुवाउने गरेकोमा यसवर्ष स्थानीय तहहरुले सात देखि १० दिनसम्म औषधि खुवाइने बताइको छ । ७० बर्षमाथिका जेष्ठ नागरिक, ७ दिन सम्मका सुत्केरी महिला, २ बर्ष मुनिका बालबालिका र दीर्घ रोगीहरू बाहेक झापामा ८ लाख व्यक्तिलाई औषधि खुवाउने लक्ष्य लिएको जनाइएको छ । कार्यक्रकको सञ्चालन भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

