
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गर्नुभएको हो । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ । उहाँले आर्थिक एवम् सामाजिक विकाससहित भौतिक पूर्वाधार निर्माणको दीर्घकालीन योजना र दृष्टिकोण, आगामी चैतमा आयोजना हुने…
काठमाडौँ, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अङ्कक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै छ अङ्क…
काठमाडौँ, १३ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा योगदान पु¥याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गर्नुभएका उहाँहरूले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
मोरङ, १३ फाल्गुन । प्रदेश नम्बर १ को धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई सडक देखि अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका–८ बस्ने २७ वर्षका बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार ११ वर्षका…
सुनसरी, १३ फाल्गुन । सुनसरीको ईटहरीबाट प्रहरीले लागूऔषध सहित आइतवार २ जनालाई पक्राउ गरेको छ । दिउँसो २ बजे ईटहरी उप–महानगरपालिका–४ श्री कृष्ण पेट्रोल पम्प स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडि सवार बर्जु गाउँपालिका–३ बस्ने १९ वर्षका बिक्रम कुमार रायलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक–५० एम्पुल, एभिल–५० एम्पुल र डाईजेल्याव–५० एम्पुल बरामद गरेको हो । मोटरसाईकल र चालक तत्काल फरार भएका थिए । फरार मोटरसाईकल र चालकलाई खोजतलासमा गर्ने क्रममा साँझ ६ बजे सोही गाउँपालिका बस्ने ३२ वर्षका हेमन्त रायलाई ईटहरी चौकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको…
भद्रपुर, १३ फागुन । भद्रपुर नगरपालिका वडानम्बर १० ले हात्तीपाईले रोग सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न गरेको छ । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीले सरोकारवालालाई प्रशिक्षण गरेका थिए । यसैगरी भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले पनिं एक दिने अन्तरक्रियात्मक रूपमा हात्तीपाईले (फाईलेरिया) रोग निवारण सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले वडाको प्रत्येक टोल टोलमा पुगेर घरदैलो मार्फत हात्तीपाइलेको निशुल्क औषधि खुवाइने जानकारी गराइएको थियो । विगत बर्षहरुमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले तीन दिन सम्म औषधि खुवाउने गरेकोमा यस बर्षदेखि स्थानीय सरकारको मातहात कार्यक्रम आएकोले ७ देखि १० दिन सम्म औषधि खुवाउदै अभियान संचालन गरिने जनस्वास्थ्य…
सान नेपाल गौरादह, १२ फागुन । गौरादह नगरपालिका वार्ड नं.–७ मा रहेका धार्मिक मठ–मन्दिरहरु सरसफाई अभियान सञ्चालन गरिएको छ । स्थानिय युवाहरुको समूह ग्वालडुब्बा युवा समूहको आयोजनामा उक्त क्षेत्रमा रहेका राधाकृष्ण मन्दिर, नानाक्चन बाबा मन्दिर तथा ग्वालडुब्बा महाराजथान मन्दिर परिसरमा सरसफाई गरी सरसफाई अभियान सञ्चालन गरिएको हो । गर्मी याम शुरु हुन लागे सँगै फोहर तथा सडेगलेका दुर्गन्धित वस्तुहरुका कारण जनजीवनमा प्रत्यक्ष प्रभाव पारी मानिसहरुलाई अस्वस्थ पार्ने हुनाले सरसफाई अभियान सञ्चालन गरिएको समूहका अध्यक्ष भोला चक्रवर्तीले बताए । सरसफाई अभियानमा स्थानीयबासी, संघसंस्थाका जीम्मेवार प्रतिनिधिहरु, जनप्रतिनिधि, जनपथ प्रहरी तथा ट्राफीक प्रहरीहरुको सहभागीता रहेको जनाईएको छ । सरसफाई अभियानलाई सार्थकता दिन स्थानीयबासीहरुको…
द्रोण अधिकारी भद्रपुर, १२ फागुन । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठे पनि नियामक मौन रहेको पाइएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहिन इटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकाम्स स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको हो । सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत सरकारी…
कास्की, १२ फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज भएको क्वार्टरफाइनल खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । शेर्पा क्लबका लागि खेलको २७औँ मिनेटमा विदेशी खेलाडी प्याट्रिक गोहाले गोल गरेका थिए । दोस्रो हाफमा आर्मीले तीन गोल फर्कायो । खेलको ७१औँ र ८०औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए भने खेलमा थप गरिएको पाँच मिनेटको इञ्जुरी समयको पहिलो मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरे । दुई गोल गरेका आर्मीका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ भए…
काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानुपर्ने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज आयोजना गरेको ‘वर्तमान अवस्था र भावी सोच’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ जनसङ्ख्या कृषि व्यवसायमा संलग्न भए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । “हाम्रो देशका लागि यति ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रिकीकरण प्रयोग गरी जनसङ्ख्याको ठूलो हिस्सालाई अन्यत्रको विकास निर्माणमा उपयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “जबर्जस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति…