
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोहम्मद सदरुल विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो । एक वर्षको अवधिमा प्रदेशले दुई अधिवेशनबाट २४ ऐन पारित गरेको, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण गर्दै यस प्रदेशको बलियो अर्थतन्त्रको आधार कृषिलाई बनाउने, कृषि, पर्यापर्यटन, वन तथा वातावरणका क्षेत्रमा योजनावद्ध रुपमा कार्यक्रम अगाडि बढाएको…
झापा, २ फाल्गुन। झापाको मेचीनगर नगरपालिका–५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा १ युवकलाई पक्राउ गरिएको छ । बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने २३ वर्षका कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेवन गरेका राईले बुधवार दिउँसो १२ बजे ७६ बर्षीया वृद्धालाई घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनि निजको श्रीमानले दिएको उजुरीको आधारमा सिमा प्रहरी चौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, २ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले सदरमुकाम क्षेत्र चन्द्रगढीबाट बजार अनुगमा सुरू गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण अनुगमन टोली भद्रपुर १० ले चन्द्रगढी क्षेत्रमा गरेको अनुगमनका क्रममा अधिकाम्स होटलमा फोहोर तथा प्रदुषित खाना बिक्री वितरण भइरहेको, अखाद्य पदार्थ मिश्रण रहेको, किराना पसलले मूल्य सूचि नराखेको, म्याद गुज्रेका खाद्य पदार्थ बेचिरहेको लगायत जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बेथिति पाइएको छ । डिभिजनका प्रमुख भरतबहादुर पुरीको नेतृत्वमा गएको टोलीले बजारमा नियम विपरित कार्य गर्ने होटल सञ्चालक तथा किराना पसल सञ्चालकलाई सुधार गर्न ७ दिने निर्देशन दिएको छ भने नसच्चिए दास्रो पटक आउँदा पनि…
बिर्तामोड, २ फागुन । झापाको मेचीनगर–१२ स्थित कालीझोडामा फागुन ७ गतेदेखि ‘जिल्लास्तरीय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । नव कालिका युवा क्लबको संरक्षणमा रहेको नव कालिका खेल मैदानलाई रंगशालामा स्तरोन्नती गराउने उद्देश्यले प्रतियोगिता आयोजनामा गर्न लागिएको खेल संयोजक बसन्त सुब्बाले जानकारी दिए । ‘खेल मैदानलाई क्षेत्रीय रंगशालाको रुपमा स्तरोन्नती गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो’, प्रतियोगिताबारे जानकारी दिन बिहीबार मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । फागुन ७ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका आठ वटा टीमको सहभागिता रहने क्लबका सचिव जनक ल्वागुनले बताए । प्रतियोगितामा दमक फुटबल टे«निङ सेन्टर, काँकरभिट्टा फुटबल टे«निङ…
भद्रपुर, २ फागुन । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको बाल क्लबका संरक्षक शिक्षक रमेश दाहालले बताउनुभयो । जिल्लाकै नमूना क्लबका रुपमा रहेको यस क्लबमा आबद्ध विद्यार्थीले नै बाख्राको हेरचाह गर्दै आएका छन् । “बाख्राको हेरचाह र खानपानको व्यवस्था आफैँ विद्यार्थीले गर्छन्”, उहाँले भन्नुभयो, “बिहान बेलुका भने विद्यालयमा रहेका पालेले सहयोग गर्नुहुन्छ ।” विद्यालयमा प्राविधिक…
काठमाडौँ, २ फागुन । सबै नागरिकलाई रोजगारीको प्रत्यायभूत गर्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक समारोहबीच प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैलाई रोजगारी अनिवार्य भएको बताए । सरकारले सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जन गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरेको जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार कार्यक्रम सञ्चालन गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरी ७ सय ५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रियासमेत अगाडि बढाइसकेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ…
एजेन्सी । बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ । सो सिनले टेलिभिजनलगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काटछाट गरिएको सीबीएफसीले जनाएको छ । साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ ।
झापा, २ फागुन । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीय किशोरी ईश्वरा गदाल हराएको १० महिना बितिसकेको थियो । आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन् । तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन् ।’ दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँसु थाम्नै सकिनन् । ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागको छ ।’ पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवस गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो । उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन् । नगरका सामाजिक विकास अधिकृत अनन्त…
सान नेपाल नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशहरुमा अध्यात्म अभियन्ताको रुपमा चर्चित नाम हो डा. जय प्रकास अग्रवाल । दशकौँ देखि आध्यात्मिक जागरण अभियानमा विश्वव्यापी रुपमा देखापर्नु भएका डा. अग्रवाल नेपालीहरुका लागि पनि निकै लोकप्रिय नाम हो ।हिन्दी, अंग्रेजी, नेपाली, तिब्बतीयन र मारवाडी भाषामा प्रवचन दिन सक्ने अग्रवालको जन्म २००३ सालमा भारतको कालिङ्पोङ्मा भएको हो । स्कोटिस् युनिभर्सिटी मिसन इन्स्टिच्युट दार्जीलिङबाट प्रारम्भिक र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा लिनु भएका अग्रवाल न्योरोलोजी (मेडिकल साइन्स) विषयमा विद्यावारिधी गर्नु भएको हो । मेटा फिजिकल अर्थात् अपरा विद्याको विषयमा धारावाहिक प्रवचन दिँदै चर्चाको शिखरमा पुग्नु भएका दार्शनिक व्यक्ति अग्रवाल, अध्यात्म र विज्ञान बीचमा…
काठमाडौं, २ फागुन । सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम रोजगरा तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । मन्त्रालयले यो कार्यक्रम प्रदेश र स्थानीय तहसँग समन्वय गरी रोजगार सेवा केन्द्रमार्फत कार्यान्वयन गर्नेछ । सूचीकृत बेरोजगार परिवारलाई सरकारले एक सय दिनको न्यूनतम तलबको ५० प्रतिशत (झन्डै २२,४१७ रुपैयाँ) निर्वाह भत्ता दिनेछ । स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रले आउँदो चैत्र महिनाभरि…