झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, १९ माघ । उदयपुरको त्रियुगा नगरपालिका(६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा १ जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पीडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजी भन्ने रामबहादुर बिकले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले निजलाई घटनास्थलबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बिकको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

विराटनगर, १९ माघ । कृषि, जलविद्युत् र पर्यटन क्षेत्रका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलद्वारा शुक्रबार यहाँ आयोजित प्रदेशस्तरीय विश्वविद्यालय सम्भाव्यता अध्ययन अन्तरक्रिया एवं सुझाव सङ्कलन सरोकारवालाले जल, जङ्गल र जमीनलाई आधार बनाएर विश्वविद्यालय स्थापनामा जोड दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वदेश तथा विश्वबजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने सोचले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कार्य भइरहेकोे बताउँदै फूलको आयात निरुत्साहित गर्नका लागि सोसम्बन्धी एउटा विश्वविद्यालय इलाममा स्थापना गर्न सुझाव आएको जानकारी दिनुभयो । उहाँले कृषि, पर्यटन, जनविद्युत् जनशक्ति…

Read More

सान नेपाल गौरादह, १९ माघ । झापाको गौरादह नगरपालिकामा शुक्रबार बाट मेडिम्याक्स नामक १५ शैयाको अस्पताल सञ्चालनमा ल्याइएको छ । गौरादह लगायतका दक्षिणी क्षेत्रका स्थानीयबासीलाई स्वास्थ्य सेवा दिने उद्देश्यले हस्पिटल सञ्चालनमा आएको हो । अस्पतालमा फिजिसियन डा. रोशन आङ्दाम्बे द्धारा नियमित स्वास्थ्य जाँच गरिने तथा बिरामीहरुको चापलाई मध्य नजर राखि आवश्यकता अनुसार डाक्टरहरुको व्यवस्था गरिने अस्पतालका सञ्चालक शुसिल मिश्रले जानकारी गराए । अस्पतालमा प्रत्येक दिन प्याथोलोजी , भिडियो एक्स रे , एक्स रे सेवा उपलब्ध रहेको मिश्रले जानकारी गराए । त्यसैगरी मुट का विरामीहरुलाई ध्यानमा राख्दै इ.सि.जी.सेवा समेत सञ्चालनमा आएको छ वताईएको छ । हस्पिटलको उद्घाटनको अवसरमा सम्पूर्ण सेवामा विशेष…

Read More

सान नेपालगौरादह, १९ माघ । गौरादह नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । माघ ११ गते सम्पन्न तेस्रो नगरसभाले अनुमानित चालु खर्च तर्फ ५३ लाख ७० हजार घटाएको वताउँदै शुक्रबार पत्रकार सम्मेलन गरि संसोधित बजेट विवरण सार्वजनिक गरिएको हो । नगरसभाले आ.व. २०७५÷०७६ को चालु खर्चलाई संशोधनसहित पारित गरेको छ । गत जेष्ठमा वसेको दोश्रो नगरसभाबाट पास भएको १२ करोड २६ लाख ९० हजार लाई संशोधन गरी ११ करोड ७३ लाख २० हजार बनाइएको छ । जसमध्ये पौष समान्त सम्ममा २ करोड ८४ लाख १६ हजार ३६ रुपैयाँ खर्च भएको देखिएको छ । नगरपालिकाले फजुल खर्च गरेको भन्दै चौतर्फी विरोध…

Read More

झापा, १९ माघ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’ नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत…

Read More

काठमाडौँ, १८ माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो । “चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना…

Read More

खड्काको निधनप्रति झापा अनलाइन परिवार गहिरो दुःख व्यक्त भद्रपुर, १८ माघ । झापाको भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकी सम्पादक सुभद्र खड्काको आज निधन भएको छ ।खड्काको आज भद्रपुर–६ स्थित निवासमा ३ः४५ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारकी धर्मपत्नी ३४ वर्षीया सुभद्र लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विगत केही वर्षयता उहाँ भरपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँको शनिबार बिहान ९ बजे स्थानीय मेची नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।सञ्चार क्षेत्रमा कर्मशील भएर लाग्नुभएकी खड्काको निधनप्रति झापा अनलाइन परिवार गहिरो दुःख व्यक्त गर्दछ ।

Read More

सन्तोष शर्मा बनियानी, १८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को आज उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक र सांस्कृतिक चेतका कारण सफल भएको छ”, उहाँले भन्नुभयो, “साहित्य क्षेत्रकै योगदानका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।” मुख्यमन्त्री राईले प्रगतिशील गीत, साहित्यिक रचना, उपन्यास पढेर र सुनेर आफू वामपन्थी आन्दोलनमा लागेको स्मरण गर्नुभयो । साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेको…

Read More

कृष्णराज गौतम काठमाडौँ, १८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्न उक्त नीति मन्त्रिपरिषद्मा छलफलका क्रममा छ । वातावरण संरक्षण, जलवायु परिवर्तनका कारणबाट पर्ने असरको न्यूनीकरण, लैङ्गिक समानता, सबै नागरिकका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, व्यवस्थित पूर्वाधारको विकासलगायत विषय नयाँ नीतिमा छन् । हाल छरिएर रहेका नीतिगत व्यवस्थासमेत एकीकृत…

Read More

नुवाकोट, १८ माघ । जिल्लाका धार्मिकस्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ कविलासमा वैदिक गुरुकुल स्थापना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका–२ कविलासको ब्रह्मक्षेत्रमा वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवन पद्धति पुनःस्थापनाका लागि स्वमूल्याङ्कन केन्द्र नेपाल स्थापना गर्ने योजनालाई मूर्तरुप दिन आगामी फागुन १३–२१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको बृहत् ब्रह्मक्षेत्र विकास कार्यक्रम मूल समितिका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । वैदिक सनातन धर्म संरक्षण समाज र ब्रह्मक्षेत्र विकास कोषको आयोजनामा हुने श्रीमद्भागवत धनधान्याचल विराट् ज्ञान महायज्ञबाट आर्थिक स्रोत जुटाएपछि वैदिक गुरुकुल स्थापना गरिने वैदिक सनातन धर्म संरक्षण समाजका उपाध्यक्ष महेन्द्र ढकालले बताउनुभयो । कविलास, ब्रह्मक्षेत्रमा विभिन्न ऋषिमुनिले परापूर्वकालमा तपस्या…

Read More