
सान नेपाल
गौरादह, १९ माघ । झापाको गौरादह नगरपालिकामा शुक्रबार बाट मेडिम्याक्स नामक १५ शैयाको अस्पताल सञ्चालनमा ल्याइएको छ ।
गौरादह लगायतका दक्षिणी क्षेत्रका स्थानीयबासीलाई स्वास्थ्य सेवा दिने उद्देश्यले हस्पिटल सञ्चालनमा आएको हो । अस्पतालमा फिजिसियन डा. रोशन आङ्दाम्बे द्धारा नियमित स्वास्थ्य जाँच गरिने तथा बिरामीहरुको चापलाई मध्य नजर राखि आवश्यकता अनुसार डाक्टरहरुको व्यवस्था गरिने अस्पतालका सञ्चालक शुसिल मिश्रले जानकारी गराए ।
अस्पतालमा प्रत्येक दिन प्याथोलोजी , भिडियो एक्स रे , एक्स रे सेवा उपलब्ध रहेको मिश्रले जानकारी गराए । त्यसैगरी मुट का विरामीहरुलाई ध्यानमा राख्दै इ.सि.जी.सेवा समेत सञ्चालनमा आएको छ वताईएको छ । हस्पिटलको उद्घाटनको अवसरमा सम्पूर्ण सेवामा विशेष छुट प्रदान गरिएको र अस्पतालमा २४ सै घण्टा सेवा उपलब्ध हुने जनाईएको छ ।
उद्घाटनको दिन उपचारका लागि बिरामीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि तथा संविधान सभा सदस्य दिपक कार्कीले व्यानर बाचन गरेर अस्पतालको उद्घाटन गरेको थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

