
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
आगामी ९१ औं एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ । अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले बेस्ट फरेन ल्यांग्वेज (गैरअंग्रेजी भाषी फिल्म) विधामा प्रतिस्पर्धा गर्न पाउनेछ । प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स…
अर्जुनधारा, २५ भदौ । घर परिवार र चेलीमाइतमा मात्र सीमित तीज पर्वलाई विभिन्न संघसंस्थाहरुले महत्वका साथ आ–आफ्नो तरिकाले मनाउँदै आएका छन् । संस्थाका सदस्यहरु बीच रकम संकलन गरी विभिन्न तीज गीतमा नाच्दै तडकभडकका साथ तीज मनाउने चलन समाजमा व्याप्त छ । तर, अर्जुनधारा–५ स्थित फूलबारीमा भने फरक शैलीमा तीज पर्वलाई मनाइएको छ । स्थानीय युवाहरुको सक्रियतामा यस ठाउँका महिला दिदीबहिनीहरुलाई चेली मानी सामूहिक रुपमा दर खुवाउँदै तीज मिलन कार्यक्रम मनाइएको हो । गाउँमै गाउँकै चेलीहरुलाई भेला गरी सामूहिक रुपमा तीज मनाउँदै दर खुवाउँदा खुशी लागेको स्थानीय टीका प्रसाई बताउँछिन् । ‘अहिले चाड पर्वको नाममा विकृति फैलिएको छ,’ प्रसाईं भन्छिन्, ‘त्यस्तो…
नेपालगञ्ज, २५ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । “ बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।” सभापति देउवाले भन्नुभयो, ‘हामी अरुका कारणले चुनाव हारेका…
बिर्तामोड, २५ भदौ । नेपाल दशनामी जिल्ला महिला समिति झापाले हिन्दू नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज मिलन कार्यक्रम तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । महिला समितिले काँकडभिट्टामा शनिवार तीज मिलन कार्यक्रमको आयोजना गरी दशनामी समाजका चेलीवेटीलाई सामूहिक दर खुवाउनुको साथै ५ जना आमाहरुलाई दोसल्ला ओडाई सम्मान समेत गरेको थियो । महिला समाज झापाकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा सम्पन्न तीज मिलन तथा अधिवेशनको प्रमुख अतिथि नेपाल दशनामी समाजका पुर्व उपाध्यक्ष तथा सल्लाहकार केदार प्रसाद गिरी रहेका थिए । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुःन पार्वता गिरीलाई नै चयन गरेको छ…
काठमाडौँ, २५ भदौ । बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही…
भद्रपुर, २५ भदौ । भद्रपुर नगरपालिकाको शिक्षा शाखाले भद्रपुर क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याएका शिक्षक–शिक्षिकालाई सम्मान र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको छ । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार नगरपालिकाको सभाहलमा आयाजना गरिएको समारोहमा सेवा निवृत्त ३८ जना शिक्षक–शिक्षिकालाई सम्मान र ११ जना विद्यार्थीलाई छात्रवृत्तिद्वारा पुरस्कृत गरिएको हो । नगर बाल सञ्जालका अध्यक्ष सुशील खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवा निबृत्त शिक्षकहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । शैक्षिक स्रोत केन्द्र भद्रपुरका योगेन्द्र पौडेलले सञ्चालन र स्रोत व्यक्ति प्रेम भुजेलले स्वागत गरेको कार्यक्रममा एसईई परीक्षमा…
काठमाडौँ, २५ भदौ । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ । कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान…
भद्रपुर, २५ भदौ । परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । नाटकलाई रङ्गकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गर्नुभएको हो । मूलतः सन् १९५० को दशकको अमेरिकी समाज र व्यक्तिको चरित्र चित्रण नाटकमा गरिएकामा त्यसलाई नेपाली समाजसँग जोड्ने काम निर्देशक खातीले गर्नुभएको छ । उहाँलाई निर्देशनमा मण्डला थिएटरका रङ्गकर्मी इंगी होपो कोइच सुनुवारले…
मेचीनगर, २५ भदौ । झापाको मेचीनगर—८ मा रहेको आदर्श माध्यमिक विद्यालय आयावारी यसवर्ष झापा जिल्लाकै उत्कृष्ट विद्यालय र सोही विद्यालयका शिक्षक गीता ओझा यस वर्षको प्रदेश नम्बर १ को उत्कृष्ट शिक्षकका रुपमा घोषित भएका छन् । विभिन्न कामका साथ जिल्लाका सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाउन सफल उक्त विद्यालय १ नम्बर प्रदेशबाट पुरस्कृत भएको प्रधानध्यापक हेमकुमार खड्काले जानकारी दिए । विद्यालय तथा उत्कृष्ट शिक्षक ओझा पुरस्कृत समेत भएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्र काठमाडौँबाट तयार गरिएको परीक्षण साधन अनुसार सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको मूल्याङ्कन सिफारिसका आधारमा विद्यालय प्रथम भएको हो । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५१…
सागर गौतम अर्जुनधारा, २४ भदौ । अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसले पाँचौ क्याम्पस सञ्चालन परिषद् भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले नीति, विधिका कारणले प्राविधिक समस्या रहेको बताउँदै इमान्दारिता पूर्वक न्यायोचित वितरण प्रणाली अपनाई वैज्ञानिक तरिकाले अघि बढ्ेको बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोज कुमार ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा समितिका संयोजक तुलसी प्रसाद खतिवडाले आ.ब. ०७४÷०७५ को आय व्ययको लेखा प्रतिवेदन संक्षिप्त विवरण प्रस्तुत गरेको थिए । खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनमा आय तर्फ ८३ लाख ५३ हजार ३ सय ३९ रुपैंया २० पैंसा र व्यय तर्फ १ करोड ७…