
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २४ भदौ । नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिनुभयो । उहाँले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै अनुभूति पाउन नसकेकाले भेला दलितका अधिकारप्रति केन्द्रित हुने बताउनुभयो । भेलाले मानवतावादी सिद्धान्तलाई लागू गर्न सरकारलाई दवाव दिने र अहिले भइरहेका बलात्कारका घटनाबारे विशेष प्रस्ताव पारित गर्ने उहाँले बताउनुभयो । प्रत्येक तीन तीन वर्षमा हुने भेलाले…
कास्की, २४ भदौ । कास्कीको बेगनास तालमा शनिबार दिउँसो भएको डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटिएको छ । आइतबार अपरान्ह् सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्ने क्रममा शव फेला पारेका हुन् । नवलपरासी गैंडाकोटका ३२ वर्षीय रवि खनाल, सात वर्षीय शङ्कर खनाल, आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचिन पौडेल, पाँच वर्षीय रञ्जित गैह्रे र १७ वर्षीया मनिषा बजगाईँको शव फेला परेको हो । शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णुवरसिंह थापाले जानकारी दिनुभयो । डुङ्गा गन्तव्यभन्दा करीब २०० मिटर वरै दुर्घटना भएको थियो ।…
इलाम, २४ भदौ । इलाम सदरमुकाममा तीन वटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो । पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ । गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको हो ।
भोजपुर, २४ भदौ । एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भन्नुभयो, “उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन । लामो समयदेखि उडान हुन नसस्दा…
काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित हुनुहुन्थ्यो । मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो । सरकारले साउन २४ गतेदेखि रथी…
भद्रपुर, २४ भदौ । माछा मार्ने क्रममा करेन्ट लागेर झापाको शिवसतासी नगरपालिका–१ का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दिनेश दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकैको खोलामा शनिबार करेन्ट लगाएर माछा मार्ने क्रममा दाहाल घाइते भएका थिए । उनको आज उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो ।
काठमाडौँ, २४ भदौ । कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले आधिकारिक नक्सामा लिम्पियाधुरा छुटेको…
नवलपरासी, २४ भदौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्कविहीन भएकी छिन् । प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको स्थानीय सहबान अन्सारीले जानकारी दिनुभयो । घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको बताइएको छ । पासी एकाएक सम्पर्कविहीन भएपछि आफन्त र शुभचिन्तक चिन्तित बनेका छन् । पासीको अवस्थाबारे कसैलाई जानकारी भएमा नेपाली सम्पर्क नं ९८२१५३३८७७ र भारतीय सम्पर्क नं ७८००७२७६९५ मा सम्पर्क गरिदिनुहुन आफन्तले सबैलाई अपिल…
झापा, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश…
इलाम, २४ भदौ । हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेका अनुसार पूर्वी इलामको सूर्योदय नगरपालिकाको वडा नम्बर १, २, ३ मा एक÷एक वटा ट्रान्सफर्मर चट्याङबाट क्षति पुगेको हो । यस्तै सूर्योदय नगरपालिकाकै वडा नम्बर ११ मा २ वटा,…