
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धर्म गौतम दिनदिनै बढ्दै गएका बलात्कारका घटनाबाट जो कोही पनि चिन्तित हुनु, क्षुब्ध बन्नु स्वाभाविक हो । यस्ता जघन्य अपराधका घटना किन भइरहेका छन् भनेर जो कोहीका मनमा प्रश्न उठ्नु पनि स्वाभाविक हो । यसरी आप्mना मनमा उब्जिएका प्रश्नको उत्तर खोज्ने तरिका आ–आप्mनै किसिमको हुनसक्छ । एउटा भनाइ छ, हामी कुनै पनि कुरालाई तिनकै स्वरुपमा होइन आपूm अनुरुप देख्ने गर्छौं । यसको पछिल्लो र आश्चर्यजनक उदाहरण छ । नेकपाकी एक महिला सांसदले सार्वजनिक रुपमा भनिन्, बलात्कार कांग्रेसको सरकारले मलजल गरेको समस्या हो । शब्द उनका बेग्लै होलान् तर उनको अभिव्यक्तिको भाव यही थियो । अब भन्नुस्, यी भद्र महिलाको बुझाइ…
नेपालगञ्ज, ६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ भन्नुभयो । पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन भन्नुभयो । यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर…
भद्रपुर, ६ भदौ । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।
बिर्तामोड, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जिल्ला आइपुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रोपटक झापा आएका हुन् । उनलाई आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने भएका छन् । उनले आजै गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने ओली आजै काठमाडौँ फर्कने जनाइएको छ ।
मोरङ, ६ भदौ । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
झापा, ६ भदौ । खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५, १० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् । यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । तर, पैसा बुझाईसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाई छ । प्रहरीमा आएका उजुरीले पनि त्यहि देखाउँछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, ६ भदौ । बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् । यही अवधिमा १२ प्रतिशत १४ जना बालिका सामुहिक बलात्कारमा परेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौं, ६ भदौ । बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
गौरीगञ्ज, ६ भदौ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत नपाउने भएपछि बाल बिकास केन्द्रका शिक्षकहरु आन्दोलित भएका छन् । आन्दोलन स्वरुप बिभिन्न आठ बुँदे माग राखी बाल बिकाश केन्द्रका शिक्षकहरुले गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएका छन् । संघ प्रदेश र स्थानीय सरकारले बनाउने शिक्षा ऐनमा बाल बिकाश केन्द्रलाई शिक्षा नियमावलीको आठौ र नवौ संशोधनबाट आधारभुत तहको संरचनामा समावेश गरेर दरवन्दी कायम गर्नुपर्ने ‚ प्रारम्भिक बाल बिकास केन्द्रमा कार्यरत शिक्षकलाई सामान्य प्रकृयाबाट दरबन्दीमा समायोजन गरिनु पर्ने ‚ बाल बिकास केन्द्रका शिक्षकहरुको सेवा सर्त र सुविधा आधारभुत प्राबि तह सरह कायम गरिनु पर्ने तथा स्थायी प्रकृया अगाडि बढाउनु पर्ने…
सान नेपाल गौरादह, ६ भदौ । प्रधानमन्त्री केपी ओलीलाई आज झापाको गौरादहमा नागरिक अभिनन्द गरिने भएको छ । प्रधानमन्त्रीले आज आफ्नो निर्वाचन क्षेत्र भ्रमण गर्न लागेको अवसरमा नागरिक अभिनन्द गर्न लागिएको हो । झापा क्षेत्र नं. ३ बाट निर्वाचित प्रम ओलीले दमक, लखनपुर र गौरादहमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । निर्वाचन क्षेत्रमा हुने भ्रमणको अवसर पारेर गौरादहमा नागरिक अभिनन्दन गरिन लागिएको हो । गौरादह नपाको अगुवाईमा नागरिक अभिनन्दन गरिने नगर प्रमुख रोहितकुमार साहले बताए । नगरपालिकाको तर्फबाट गरिने नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको नगरप्रमुख साहले बताए । ‘हाम्रै क्षेत्रबाट निर्वाचित नेता संघीय सरकार प्रमुख हुनुहुन्छ, वहाँलाई अभिनन्दन…