
झापा, ६ भदौ । खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ ।
साउदी, कतार, मलेसियामा ५, १० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् । यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् ।
तर, पैसा बुझाईसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाई छ ।
प्रहरीमा आएका उजुरीले पनि त्यहि देखाउँछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

