
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २७ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित छन् । प्रतिपक्षसँग यतिबेला अनगिन्ती राष्ट्रिय मुद्दा छन् तर कांग्रेस त्यस्ता मुद्दातिर होइन, आफ्नै पार्टीभित्र जुधिरहेको छ । दसंैको मुखमा महँगीले जनता आक्रान्त छन् । हत्या–हिंसाका घटना कम भएका छैनन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अझै कानुनी दायरामा ल्याइएको छैन । शान्ति–सुरक्षाको स्थिति कमजोर बन्दै गएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना राजनीतिक दाउपेचले अनिश्चित बनेको छ । वाइडबडी जहाज खरिद अनियमितता प्रकरण छताछुल्ल छ । राजधानीकै सडक बन्न सकेका…
भद्रपुर, २७ असोज । हेमोडाइलाइसिस बिरामीलाई लक्षित गरी झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई एक थान एलइडी टेलिभीजन प्रदान गरिएको छ । क्रियाशिल पत्रकार महिला झापा शाखाका अध्यक्ष माया पकुवालको पहलमा अस्पतालको हेमोडाइलाइसिस सेवा विभागमा ३२ इञ्चको एलइडी टेलिभीजन प्रदान गरिएको हो । अध्यक्ष पकुवाल नेतृत्वमा गएको टोलीले अस्पतालका मेसु डा। पिताम्बर ठाकुरलाई उक्त टेलिभिजन हस्तान्तरण गरेका हुन् । हेमोडाइलाइसिस विभागमा जाँचका लागि आउने बिरामीले तीन देखि चार घण्टा उपचार गराउनु पर्ने र सो समय बिताउन बिरामीलाई समस्या हुने गरेकाले एक थान टेलिभिजन प्रदान गरिएको अध्यक्ष पकुवालले बताइन् । उनका अनुसार क्रियाशिल पत्रकार महिला झापासहित डा। अशोक तायल, महिला नेतृद्धय शर्मिला…
काठमाडौं, २७ असोज । ‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् । शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए । पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै…
दमक, २७ असोज । झापाको दमकमा रहेको मालपोत कार्यालयमा कार्यरत तिन जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत सहित २ जना नायव सुब्बालाई पक्राउ गरेको हो । आयोगका प्रबक्ता रामेश्वर दंगालका अनुसार पक्राउ पर्नेमा मालपोत अधिकृत अग्नि घिमिरे, नायव सब्बाद्वय डिल्ली कोइराला र जयन्द्रराज खड्का रहेका छन् । उनीहरुलाई काठमाडौमा कार्यरत हुँदा दमककै जग्गा बेजिल्ला पास गर्दा भ्रष्टचार गरेको आरोपमा पक्राउ गरिएको प्रबक्ता दंगालले बताएका छन् । दमक वडा नं. ४ मा रहेको किता नं. ४८७३ र ४८७५ नम्बरको जम्मा दुई विगाह ५ धुर जग्गा नक्कली धनीपुर्जा र नक्कली जग्गा धनी बनाई वेजिल्लाबाट बिक्री…
काठमाडौँ, २७ असोज । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट ९टायरा०, तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ । केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो । दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ ।…
काठमाडौँ, २७ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषीका रूपमा प्रस्तुत गर्ने र सत्यतथ्य अनुसन्धान नगरी अपराध ढाकछोप गर्न खोज्नेहरू सजायका भागिदार हुन् । ‘कसैले कुनै कसुरदारलाई बचाउने नियतले निजले गरेको कसुरसम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन,’ संहिताको दफा ९३ मा भनिएको छ,…
इलाम, २६ असोज । पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् । चिया उत्पादन मात्र गर्नुभन्दा प्रशोधन समेत गरेको चियाको उचित मूल्य पाइने भएकाले जिल्लामा प्रशोधन केन्द्र स्थापना हुन थालेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईको भनाइ छ । जिल्लामा आठ उद्योगमध्ये साउनयता मात्रै सहकारीमार्फत चार प्रशोधन उद्योग स्थापना भएका छन् । निजी कम्पनीका रुपमा मात्र स्थापना हुने चिया प्रशोधन केन्द्रसमेत पछिल्लो समय सहकारीमार्फत सञ्चालन हुन थालेका जिल्ला चिया…
विराटनगर, २६ असोज । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखण्डनको कुरा उठाउने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई खण्डित बनाई रज्य विद्रोहको कुरा गरी राष्ट्रिय एकतामा खलल पु¥याउनेलाई कारवाही गर्नु सरकारको दायित्व रहेको प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता गच्छदारले संविधान कुनै धार्मिकग्रन्थ नभएको बताउँदै जनताबाट निर्मित वर्तमान संविधानलाई पूर्णता दिन समयानुसार संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसभित्र रहेको गुटउपगुट समाप्त गरी एकता कायम गराउनका लागि नै नेपाल लोकतान्त्रिक फोरमले समायोजन गरेको विचार व्यक्त गर्नुभयो । नेता गच्छदारले काङ्ग्रेको आन्तरिक विवादको कारण बस्न नसकेको…
विराटनगर, २६ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा नवस्थापित कार्यालयको आज उद्घाटनका क्रममा उहाँले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताउँदै फराकिलो र गुणस्तर सडक एवं मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन…
इटहरी, २६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक सुशासन कायम राख्न प्रत्येक नागरिकले सडकका विषय एवं ट्राफिक नियमका विषयमा ज्ञान राख्न जरुरी रहेको बताउनुभएको छ । प्रदेश मन्त्रालयद्वारा आज इटहरीमा आयोजित सडक सुशासन विषयक छलफलमा उहाँले सडक उपभोग एवं सडक सुरक्षाका विषयमा सचेत भएर लाग्न नसकेसम्म जतिसुकै राम्रो र सुविधा सम्पन्न सडक निर्माण भए पनि सडकमा दुर्घटनामा कमी नआउने भएकाले सडक उपयोगका विषयमा सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।