
इटहरी, २६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक सुशासन कायम राख्न प्रत्येक नागरिकले सडकका विषय एवं ट्राफिक नियमका विषयमा ज्ञान राख्न जरुरी रहेको बताउनुभएको छ ।
प्रदेश मन्त्रालयद्वारा आज इटहरीमा आयोजित सडक सुशासन विषयक छलफलमा उहाँले सडक उपभोग एवं सडक सुरक्षाका विषयमा सचेत भएर लाग्न नसकेसम्म जतिसुकै राम्रो र सुविधा सम्पन्न सडक निर्माण भए पनि सडकमा दुर्घटनामा कमी नआउने भएकाले सडक उपयोगका विषयमा सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
