झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, १८ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–३ झिलझिले सडकखण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को६प ८९७४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको को२च ११८१ नम्बरको मारुती भ्यानसँग ठोक्किँदा मोटरसाइकल पछाडि बस्ने शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दमक–११ निवासी ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Read More

काठमाडौं, १८ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ । तीन पार्टी मिलाउन संस्थापक नेता लोकेन्द्रबहादुर चन्द्र, बुद्धिमान तामाङ लगायतले दवाव दिँदै आएका छन् । ‘हामीले तीन पार्टी मिलेर एउटै राप्रपा बनाउँ, नभए हाम्रो हालत टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद जस्तै हुन्छ भन्दै तीन अध्यक्षलाई दवाव दिइरहेका छौ’ एक नेताले भने ‘तर, तीनै जना अध्यक्षको ध्यान नेतृत्वमा मात्रै छ । त्यसैले समस्या पारिरहेको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, १८ कात्तिक । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ । सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ । सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति…

Read More

काठमाडौँ, १८ कात्तिक । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ । सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप,…

Read More

मकवानपुर, १८ कात्तिक । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउन समेत मुख्यमन्त्रीलाई चुनौती दिए । मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ । स्रोतका…

Read More

काठमाडौँ, १८ कात्तिक । नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा। सुन्दरमणि दिक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे । । उनले घटनाका सम्बन्धमा सरकार संवेदनशिल नभएको आरोप लगाए । कार्यक्रमम संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

भद्रपुर, १८ कात्तिक । विशाल लिम्बुको ह्याट्रिकले न्यु स्टार फुटबल क्लव खोपबारी झापाको भद्रपुर आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी उचालेको छ । भद्रपुर माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा रेड स्टार फुटबल क्लव बिर्तामोडलाई शुन्यको विरुद्ध तीन गोल गर्दै न्यु स्टार खोपबारीले उपाधी उचालेको हो । उपाधी उचालेसँगै न्यु स्टार खोपबारीले नगद ५० हजारसहित ट्रफि प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएका रेड स्टार बिर्तामोडले नगद ३० हजारसहित ट्रफि प्राप्त गरेको छ । उपाधीका लागि मैदानमा उत्रिएका दुवै टिमले पहिलो हाफ बराबरीमा खेल टुंगो लगाएका थिए । दोस्रो हाफ्को ३७ औ मिनेटमा न्यु स्टारका जर्सी नम्बर १० का…

Read More

डण्डीफोर आम समस्या हो । यसले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । यहाँ डण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ । ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ । आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस्…

Read More

बलिउडमा सलमान खान र शाहरुख खानको जोडी कैयौं पटक एउटै पर्दामा देखिइसकेको छ । यी दुईलाई एउटै फिल्ममा देख्नु दर्शकको लागि विशेष सौगातभन्दा कम हुँदैन । तर, अतिथि र विशेष भूमिकाबाहे यी दुवै मुख्य भूमिकामा रहेको फिल्म नआएको भने लामो समय बित्यो । अब भने यी दुवै एउटै फिल्ममा देखिने भएका छन् । खास कुरा त के भने यो फिल्ममा यी दुवै मुख्य भूमिकामा देखिँदैछन् । सलमान र शाहरुख दुवै मुख्य भूमिकामा भएको पछिल्लो फिल्म ‘हम तुम्हारे हैं सनम’ २००२ मा आएको थियो । त्यसपछि यी दुवै कुनै पनि एउटै फिल्ममा दुवै मुख्य भूमिकामा देखिएका छैनन् । १६ वर्षपछि यो…

Read More

करेन्टको सानो झट्काले पनि मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ । तर एकजना युवक यस्ता छन् जसलाई ११ हजार भोल्टको करेन्टले पनि कुनै असर गर्दैन । भारतको हरियाणस्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडा दुनियाँका एक विचित्र पात्र हुन् । २७ सय भोल्टको करेन्ट कुनै पनि मानिसलाई मृत्युको मुखमा पूराउन पर्याप्त हुन्छ । तर दीपकलाई भने ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन । स्मरण रहोस् ११ हजार भोल्टले ५ सय घरको लागि बिजुली पुग्दछ । दीपकको छातीमा करेन्ट लगाएर कयौंपटक प्रयोग पनि गरिसकिएको छ । र, यसबाट पनि त्यो पुष्टि भैसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन…

Read More