झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

भद्रपुर, ५ मङ्सिर । झापाको भद्रपुर–५ स्थित मेची नदीमा निर्मित मेची पुल निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि सञ्चालन आउन सकेको छैन । निर्माण कार्य शुरु भएको १० वर्षपछि पूर्णता पाए पनि पुलसँग जोडिने नेपाल–भारत दुवैतर्फको सडक निर्माण हुन नसक्दा पुल सञ्चालन आउन नसकेको हो । पुलसँग जोड्ने सडकका लागि नेपालतर्फको १.४५७ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा १.२९० किलोमिटर सडकको मुअब्जा विवाद टुंगो लग्न सकेको छैन । सरकारको रू ३३ करोड लागतमा बनेको मेची पुलको मङ्सिर तेस्रो साताभित्र उद्घाटन गर्नलाई हुलाकी सडक आयोजना क्षेत्रीय कार्यालय इटहरीले पहिलो चरणको सडक खाली गराउने काम शुरु गरिसकेको छ । ‘मङ्सिरको दोस्रो साताभित्र…

Read More

हेटौंडा, ५ मंसिर । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट ५७ लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् । पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई…

Read More

काठमाडौं, ५ मंसिर । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ । द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले भने –‘आयोगले आफ्नो म्यान्डेटअनुसार काम गर्नुप¥यो । संक्रमणकालीन न्याय टुंग्याउनैपर्छ ।’ द्वन्द्वका क्रममा भएका घटनामा संलग्न व्यक्तिहरुको छानविन प्रक्रिया निकै लम्बिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले अहिलेसम्म ६३ हजार उजुरी संकलन गरे…

Read More

काठमाडौं, ५ मंसिर । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषय पढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । युवतीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको छ, डिएसपी चन्दले भने । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

रूपेन्द्र शेर्मा उर्लाबारी, ५ मंसिर । मोरङको उर्लाबारी–७ इटहरा रोडस्थित भक्तिराम अधिकारीको घरमा मंगलबार दिउँसो आगलागि हुँदा करिब एक करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागिबाट नगद, गरगहना, लत्ताकपडा, काठपात, फर्निचर, खाद्यान्न, कागजपत्र, भाँडावर्तन, किराना पसलका सामग्रीलगायत अधिकारीको घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । अधिकारीको घरको भुईतल्ला सर्टरसहितको पक्की, माथिल्लो तल्ला काठको र टिनको छानो थियो । उनी होलसेल र खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए । आगलागिबाट अधिकारीको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । स–परिवार आफन्तको विवाहमा गएका बेला अधिकारीको घरमा आगलागि भएको हो । तालाचाबी लगाइएको अवस्थामा घरभित्रबाट आगोसहित…

Read More

बुधबारे, ५ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकामा मंसिर ३ गतेदेखि जारी ‘एनएमसी बुद्धशान्ति कप’ प्रदेश नम्बर १ स्तरीय नकआउट पुरुष भलिवल प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ । हिजो भएको पहिलो सेमीफाइनल खेलमा संखुवासभालाई सोझो सेटमा हराउँदै आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङलाई ३–२ को सेटमा पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको संखुवासभा आयोजकसँग स्तव्ध भयो । प्रदेश नम्बर १ भित्रका दुई विभागिय टीम सहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा नेपाल प्रहरी र भोजपुरले समान २÷२ सेट जितेपनि अन्तिम सेटको खेल खेलाउन समय अभाव भएपछि बुधबार विहान ७ बजे पुनः खेलाइने आयोजकका अनिल वाग्लेले…

Read More

सन्तोष शर्मा झापा, ५ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् । आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामुहिक खेती गर्दै खेती विस्तारमा जुटेका हुन् । गत वर्ष आलु पकेट क्षेत्र घोषणा भएपछि यहाँका कृषकले १८ बिघामा आलु खेती गरेका थिए भने यस वर्ष खेती विस्तार गर्दै ४० बिघामा आलु खेती गर्न लागिएको आलु पकेट क्षेत्रका संयोजक यामबहादुर राईले जानकारी दिनुभयो । ‘आलु पकेट क्षेत्रलाई घोषणा भएपछि यहाँका कृषक सामुहिक अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन्’, संयोजक राईले भन्नुभयो, ‘यहाँका ६० जना कृषकले अहिले तीन वटा…

Read More

काठमाडौँ, ४ मङ्सिर । अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् । गाउँ÷ नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव…

Read More