
काठमाडौं, ५ मंसिर । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।
लेखा विषय पढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ ।
वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।
युवतीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको छ, डिएसपी चन्दले भने । आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

