झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १७ कात्तिक । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताउनुभयो । उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो । काङ्ग्रेसका महामन्त्री…

Read More

ताप्लेजुङ, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयोे । देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ । शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उहाँको जोड छ । मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना…

Read More

दमक, १७ कात्तिक । झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गर्नुभयो । संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए । उहाँका अनुसार झापामा सातसहित मोरङमा…

Read More

काठमाडौँ, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा बङ्गलाादेशसँग २–१ गोल अन्तरले पराजित भयो । पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । उक्त प्रतियोगिताअन्तर्गत आजै अपराह्न हुने…

Read More

भद्रपुर, १७ कात्तिक । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताउनुभयो । अभियुक्तलाई सोही कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।झापामा चालु आर्थिक वर्षको चार महीनामा मात्र…

Read More

भद्रपुर, १७ कात्तिक । भद्रपुर–१० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक दायित्व अन्र्तगत वीपी चौक सरसफाई तथा दुर्गा पञ्चायन मन्दिरमा फूलवारी निर्माण सम्पन्न गरेको छ । संस्थाका सदस्यहरु, स्थानीय बासिन्दा तथा शुभ चिनतकको टोलीले हाम्रो वी पी चौक राम्रो वी पी चौक निर्माण अभियान अन्र्तगत सरसफाई तथा फूलवारी निर्माण गरेका हुन् । अभियानमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीले ऐकेबद्धता जनाउँदै सहभागितता प्रकट गरेका थिए । कार्यक्रममा सत्य लक्ष्मी कृषि सहकारीका अध्यक्ष नयाँनाथ पाण्डे, सचिव कमलप्रसाद अधिकारी, कोषध्यक्ष मोहनकुमार श्रेष्ठले समेत अभियानमा सकृय सहभागिता जनाएर सरसफाई तथा फूलवारी निर्माणमा सहयोग गरेका थिए…

Read More

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

Read More

भद्रपुर, १७ कात्तिक । एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ । सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२।२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो । प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो । रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान…

Read More

तेह्रथुम, १७ कात्तिक । तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताउनुभयो । सङ्घीय संरचना अनुरुप प्रदेश नं १ सरकार मातहतमा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई कार्य क्षेत्र बनाइ उक्त कार्यालय स्थापना भएको र यसले दुबै जिल्लाका स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने भएको छ । कार्यालयले महामारी रोग निन्यत्रण तथा विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्दै…

Read More

पशुपतिनगर, १७ कात्तिक । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Read More