झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १६ असोज । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ । दुबै टोली यसअघिका दुई÷दुई खेलमा पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । समूह ‘ए’ मा रहेको नेपाल र युएई यसअघि भारत र अफगानिस्तानबाट पराजित भइसकेका हुन् । नेपाल यही असोज १३ गते भारतसँग र सोमबार अफगानिस्तानसँग पराजित भएको हो । चितवन टाइगर्स फाइनल…

Read More

इलाम, १६ असोज । अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहालले अर्गानिक प्रमाणपत्र लिनका लागि तीन वर्ष प्रक्रियामा लाग्ने र रु नौ लाखसम्म लागत लाग्ने गरेको छ । ‘अर्गानिक प्रमाणपत्र लिनका लागि साह्रै धेरै रकम तिर्नुपर्छ, कसरी किसानले त्यत्रो रकम तिर्न सक्छन्’ दाहालले भन्नुभयो,“यो सबै रकम किसान आफैैले तिर्नुपर्छ, त्यही…

Read More

पोखरा, १६ असोज । अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । उहाँले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतार्नुभएको हो । उपाधिका लागि उहाँले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुहुनेछ । त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने…

Read More

इनरुवा, १६ असोज । विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ । सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उहाँको खोज तलास शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

Read More

सान नेपाल गौरादह, १६ असोज । वर्षायाम सकिए सँगै सडक आसपासमा उम्रिएको झाडीहरु हटाउने कार्य अभियानकै रुपमा सञ्चालन हुन थालेको पाइएको छ । मुख्य सडक तथा ग्रामिण सडकमा समेत जथाभावी पलाएको झाडी हटाएर सडक सफाई गर्नको लागि सडक डिभिजन कार्यालयले पनि कार्य अगाडी बढाउन थालेको देखिएको छ भनें स्थानियतहमा रहेका वडा कार्यालयहरुले समेत सफाइ अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच गौरादह नगरपालिका वार्ड नं. २ ले सडक सरसफाई अभियानलाई तिव्रता दिने भएको छ । वडा कार्यालयले गौरादह ठेकिटोला सडक खण्डको गौरादह वडा नं. २ को क्षेत्र भित्र सडक आसपासमा रहेका बोटबिरुवा, झाडी तथा अन्य संरचना हटाउन वडा कार्यालयले निर्णय…

Read More

पशुपतिनगर, १६ असोज । पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं। २०६९ सालबाट निर्माण शुरु भएको अतिथि सदन पाथीभरा मन्दिर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनलाई सरल र सस्तो शुल्कमा खान तथा बस्ने व्यवस्था रहेको छ । छ कोठे अतिथि सदनमा एक हल, एक कार्यालय सञ्चालन र चार कोठा पर्यटक आवासका लागि सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दौलत राईले बताउनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा वर्षेनी नेपाल, भारत, भुटान र…

Read More

बिर्तामोड, १५ असोज । झापाको भद्रपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले एक सयभन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । केन्द्रले ‘२८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’को अवसरमा आज भद्रपुर नगरपालिका क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्येष्ठ नागरिक समाजको गहना भएको बताउनुभयो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षा भीमप्रसाद ढकालले ज्येष्ठ नागरिक सदैव पूज्य भएकाले एक दिन सम्मान गरेर मात्र नभई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक, मेची अञ्चल अस्पतालका डा.टंकप्रसाद वाराकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।

Read More

बिर्तामोड, १५ असोज । झापाको मेचीनगरबाट प्रहरीले आज मरिच बरामद गरेको छ । मेचीनगर–४ प्रसादगौडास्थित मदन पाण्डेको घरमा लुकाइ छिपाइ राखेको अवैध मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अवैध मरिच लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पाण्डे घरमा छापा मार्दा ४५० केजी मरिच बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उक्त मरिचको बजार मूल्य रू २ लाख ५६ हजार ५०० रहेको छ । प्रहरीले मरिचसहित मेचीनगर–७ का ४६ वर्षीय गोपाल बुढाथोकी र मेचीनगर–४ का ४२ वर्षीय अम्बर थापामगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् । केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । यो मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश…

Read More

काठमाडौँ, १५ असोज । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन…

Read More