झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, २ असोज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट गर्नुभयो । एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिनुभयो ।

Read More

बनियानी, झापा, २ असोज । झापाका रू १ अर्ब रुपैयाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा रू १ अर्बको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गर्नुभएको छ । मनषा थाई फुडस् मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिनुभयो । ‘झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले हामीले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका हौँ’, अर्का सञ्चालक अजय अग्रवालले भन्नुभयो, ‘सरकारले एक घर एक रोजगारीको…

Read More

सान नेपाल गौरादह, २ असोज । गौरादह १ स्थित डिट्ठा चोक निवासी बबिना ताजपुरिया रगत सम्बन्धि आई. टी. पी नामक गम्भिर समस्या वाट ग्रस्त भएकी छिन् । आर्थिक अवस्था दयनिय भएको ताजपुरिया परिवारले छोरीको स्वास्थ्य उपचारको लागी सवै संग सहयोगको लागी याचना गरिरहेको छ । यसै विच गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष तथा टि.भि.एस. शोरुम गौरादहका प्रोपाइटर जीवनकुमार राईको अग्रसरतामा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । पछिल्लो समय राईको सामाजिक क्षेत्रमा योगदान निकै प्रसंसनिय वन्दै गएको पाइएको छ । हरेक पिडित परिवारलाई भेटेर आर्थिक तथा अन्य आवश्यक सहयोग गर्दै आएका राईको पहलमा सञ्चालित अभियानहरु सफल हुदैँ आएको…

Read More

बिर्तामाड, २ असोज । झापाको बिर्तामोड नगरपालिकाले अग्र्यानिक नगर बनाउने अभियान अन्तरगत किसानलाई निमका बिरुवा वितरण गरेको छ । नगर क्षेत्रका किसानलाई चार वर्षमा चार लाख निमका बिरुवा वितरण गर्ने अभियान आजदेखि शुभारम्म गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिबडा, कृषि अधिकृत राजेन्द्र खरेलले लगायतले किसानलाई निमको बिरुवा वितरण गर्नुभयो । नगरपालिकाले किसानहरुलाई यसपटक ४० हजार निमका बिरुवा निःशुल्क बितरण गर्नेछ भने क्रमशः चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने कार्यक्रम रहेको कृषि अधिकृत कडरियाले जानकारी दिनुभयो । यसअघि नगरपालिकाले १० हजार फलफूलका बिरुवा वितरण गरेको थियो ।

Read More

उर्लाबारी, २ असोज । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले यहाँ पहिलो पटक रक्तसञ्चार सेवा ९ब्लड बैंक० शुरु गरेको छ । गत साउन पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सो सेवाको उद्घाटन गर्नुभएको थियो । आवश्यक पूर्वाधार नहुँदा झण्डै दुई महिनापछि मात्र उपशाखाले सोमबारदेखि उक्त सेवा दिन थालेको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा शुरु भएको सो सेवाले पूर्वी मोरङका बिरामी लाभान्वित हुने उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसार्इंले बताउनुभयो । सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, सगरमाथा बचत तथा ऋण सहकारी संस्था, पवित्र बचत तथा ऋण सहकारी संस्थालगायतले सहयोग गर्दै आएका छन् । बिरामीले स्थानीय अस्पतालमा…

Read More

विराटनगर, १ असोज । गएको एक वर्षमा सीमा सुरक्षा प्रहरी कार्यालय रानी विराटनगरले भारत छिर्न लागेका २०६ जनाको उद्धार गरेको जनाएको छ । जसमा महिला १०६, बालिका ६४ र बालक ३६ जना छन् । अवैध तरिकाले भारत छिर्न लागेका ती मानिसलाई केरकार गर्दा दलालको फन्दामा परेकाले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । केरकारमा माइती नेपाल, केआइ नेपाल र साना हात नेपालका प्रतिनिधि संलग्न थिए ।

Read More

काठमाडौँ, १ असोज । सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो । पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । “संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार…

Read More

बिर्तामोड, १ असोज । झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाले चौबीसै घण्टा पानी वितरण शुरु गरेको छ । संस्थाको विभिन्न स्थानमा रहेको छ वटा पानी ट्यांकीमध्ये पाँच वटामा पानी शुद्धीकरण गर्ने उपकरण जडान भएसँगै आजदेखि चौबीसै घण्टा पानी वितरण शुरु गरिएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । ‘यस अघिदेखि नै चौबीसै घण्टा पानी वितरण गर्ने योजना बनाएका थियौँ’, उहाँले भन्नुभयो, ‘केही प्राविधिक समस्याले त्यो सम्भव भएन, हालै एउटा फिल्टर प्लान्ट जडान गरेर पानी वितरण सहज बनाएका हौँ ।’ खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखमा संस्थाको ३ नम्बर ट्यांकीमा फिल्टर प्लान्ट जडान गरिएको छ । उक्त…

Read More

पथरी, १ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन गर्दै दुई महिनाभित्र उपसमितिसमेत निर्माण गरी समितिको पूर्णता दिने भएको छ । ‘भाषा, साहित्य, कला, संस्कृति’ नाम दिइएको समितिको अध्यक्षमा वीरध्वज शिवा, उपाध्यक्षमा अमीर राई, सचिवमा रोहिणीप्रसाद घिमिरे, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा सरोजा खड्गीलाई चयन गरिएको छ । सदस्यमा, टीकाराम राई, देव गुरुङ, हरेन्द्र खत्री, प्रदीप आचार्य, कल्पना मिश्र र देवेन्द्र वनेम चुनिनुभएको छ । सो समितिले विभिन्न चार उपसमिति निर्माण गरी सक्रिय सर्जकलाई थप समेट्ने योजना…

Read More

उर्लाबारी, १ असोज । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल…

Read More