
विराटनगर, १ असोज । गएको एक वर्षमा सीमा सुरक्षा प्रहरी कार्यालय रानी विराटनगरले भारत छिर्न लागेका २०६ जनाको उद्धार गरेको जनाएको छ ।
जसमा महिला १०६, बालिका ६४ र बालक ३६ जना छन् । अवैध तरिकाले भारत छिर्न लागेका ती मानिसलाई केरकार गर्दा दलालको फन्दामा परेकाले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
केरकारमा माइती नेपाल, केआइ नेपाल र साना हात नेपालका प्रतिनिधि संलग्न थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


