
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, ३१ असोज । गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका छेत्रमा बसोबास गरी पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको छाता सस्था ‘ग्रामीण पत्रकार मञ्च’ गठन गरिएको छ । यस छेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था स्थापना गर्न आवश्यक रहेको साथै विभिन्न संघ सस्थाका सदस्य र बौद्धिक व्यक्तित्वहरुको सुझाब सल्लाहलाई मध्यनजर गरी संस्था स्थापना गरिएको हो । नव गठित ७ सदस्यीय मञ्चको अध्यक्षमा बेनु अधिकारी, उपाध्यक्षमा झगेन्द्र खड्का, सचिवमा आत्माराम राजवंशी, सहसचिवमा युवराज रेग्मी, कोषाध्यक्षमा सान्ती सुब्बा रहेका छन् । त्यस्तै, सदस्यहरुमा सान नेपाल र मदन राजवंशी रहेका छन् । मञ्चको सल्लाहकार समितिको संयोजकमा गौरादह नगर प्रमुख रोहितकुमार साह साथै सल्लाहकार समिति सदस्यमा गौरीगञ्ज…
काठमाडौं, ३१ असोज । मिरान्डाको इन्जुरी टाइमको गोलको मदतमा ब्रजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएको छ र चार देशको मैत्रिपूर्ण प्रतियोगिताको उपाधि जितेको छ । साउदी अरबमा भएको खेलमा ब्राजिलले लिओनल मेस्सी विनाको अर्जेन्टिनालाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा इन्जुरी टाइममा मिरान्डाले गोल गरे । किङ्ग अबदुल्ला स्पोट्र्स स्टेडियममा नेइमार, काउटिन्हो, रोबर्टो फिर्मिनोले गोल गर्न नसकिरहेका बेला उनले गोल गरेका थिए । अर्जेन्टिनी टोलीमा भने मेस्सीका साथै सर्जिओ एग्युरो, गोन्जालो हिगुइन र एन्जल डि मारिया पनि थिएनन् ।
झापा, ३१ असोज । महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा…
सान नेपाल गौरादह, ३० असोज । दशैँको शुभकामना आदान–प्रदान गर्ने उद्देश्ले वडा कार्यालय गौरादहले सञ्चालन गरेको नगर भलिबलको उपाधि वडा नं. २ ले हात पारेको छ । मंंगलबार भएको वार्ड नं. ७ र २ बीचको फाइनल खेलमा वार्ड नं. २ ले ७ लाई २७÷२९, २५÷२३, २५÷१५ को सेटमा पराजित गरेको थियो । मंगलबारकै दिन भएको जनप्रतिनिधि र नगर भित्रका शिक्षक कर्मचारीसहितको मैत्रीपूर्ण खेलमा कर्मचारीको टिम विजयी भएको हो । विजेता र उपविजेता तथा तेश्रो हुने टिमलाई क्रमसः २५ हजार र १५ हजार र ८÷८ हजार सहित सिल्ड पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि…
जुम्ला ३० असोज । बसपार्क नजिकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेल्दै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरेको हो । उक्त रकम जफत गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायतका क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
सान नेपाल गौरादह, ३० असोज । गौरादह ७ ग्वालडुब्बामा सञ्चालन भइरहेको वडा स्तरिय खेलकुद नगर भलिबल प्रतियोगितामा सोमबार भएको सेमी फाइनल खेल बाट वडा नं. ७ र २ फाइनलमा प्रवेश गरेका छन् । खेलकुद विकास समिति गौरादह ७ ले आयोजना गरेको खेलमा हिजो सम्पन्न दुई सेमिफाइनल खेलमा वार्ड नं. ७ ले ४ लाई २५÷१७ र २६÷२४ को सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरी वार्ड नं. २ ले ३ लाई २६÷२४, २३÷२५ र २५÷२० को सेटमा पराजित गरेको छ । आज वार्ड नं. ७ र २ का बिच खेल भइरएको छ । आज नै जनप्रतिनिधी र नगरपालिका कर्मचारी बिच मैत्रिपुर्ण…
अनिल वाग्ले विर्तामोड, ३० असोज । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेज नेपालका प्रवन्धक खेम संग्रौलाले एक आमाबुवा नै भएकाका १७ बर्षे युवाको शैक्षिक उन्नयनको लागि ५ लाख रुपैंया सहयोग प्रदान गरेका छन् । झापाका संग्रौलाले २०७४ सालको असोज २१ गते काभ्रेको मंगलटारमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका मोहन लुईंटेल र उनकी श्रीमति भावना लुईंटेलका छोरा सुजनलाई उच्च शिक्षा अध्ययनका लागि सो रकम हस्तान्तरण गरेका हुन् । उनले आफूले गरेको सहयोगले एक युवाको भविश्य सुन्दर हुने अपेक्षा गरेको बताएका छन् । त्यस्तै विनोद शिवाकोटी तथा सरोज रायले संयुक्त रुपमा सुजनलाई एक लाख सहयोग गरेका छन् भने अन्यले पनि सहयोग गरेका छन्…
अमेरिकाको एक रेष्टुरेन्टमा आएका पाहुनाले महिला वेटरलाई छुन खोजे पछि हङ्गामा भएको छ । यो घटना फुटेजमा रेकर्ड भइरहेको हुन्छ। ती युवाले पछाडिबाट छुन खोजेका हुन्छन् । युवतीले थाहा पाउँछिन् र युवाको कमिज समातेरै लखेट्छिन् । यो फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना थाहा पाउनासाथ प्रहरी घटनास्थल पुगेर ती युवालाई गिरफ्तार गर्छ। एमिलिया नामकी ती युवतीले गरेको कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहको छ। महिला माथि हुने हिंसा लाई कम गर्न महिला स्वयम्नै जागरुक हुनुपर्ने सन्देश पनि यो भिडियोले दिन खोजेको छ। एजेन्सी
धनुषा, ३० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताउनुभयो । हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने…
प्रतिक्षित नेपाली चलचित्र ‘जय भोले’ मंगलबारबाट प्रदर्शनमा आएको छ । हरेक हप्ता नेपाली चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि फूलपातीलाई लक्षित गरि मंगलबार प्रदर्शनमा आएको हो । यसअघि नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ पनि घटस्थापनालाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आएको थियो । ‘छक्का पञ्जा ३’ ले राम्रो व्यापार गरिरहेका बेला ‘जय भोले’ले त्यसलाई चुनौती दिएको छ । चलचित्रले देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सद्वारा राजधानीमा सञ्चालित आफ्ना ५ वटा हलबाट चलचित्रलालाई प्रदर्शनको पहिलो दिन कुल २४ सोज उपलब्ध गराएको छ । यसै चलचित्रमार्फत बाह्र वर्षपछि भेट्रान निर्देशक अशोक शर्मा निर्देशनमा फर्किएका छन् । एक पछि अर्को चलचित्र हिट दिएका अभिनेता खगेन्द्र…