झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हिलिहाङ, ९ असोज । पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि रु ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । रङ्गशाला निर्माणको लागि सामान्यतः नौदेखि १९ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्दछ । रङ्गशाला निर्माणको लागि अहिलेसम्म स्थानीय रामचन्द्र नेपालले १९ रोपनी नौ आना, वीरेन्द्रकुमार लावतीले तीन रोपनी नौ आना, तुलाराम तामाङले तीन रोपनी आठ आना, सीतादेवी नेपालले दुई रोपनी आठ आना, रोहितप्रसाद लुईंटेलले दुई रोपनी र कमल नेपालले आठ आना जग्गा नगरपालिकाको नाममा पास गराइदिनु भएको छ…

Read More

बनियानी (झापा) ९ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोडस्थित रामचोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ दुर्गापुरका ३३ वर्षीय मीनबहादुर डाँगी रहेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे.८प ६५ नम्बरको मोटरसाइकल अनियन्त्रित सोही दिशातर्फ गइरहेको डब्यूबी ५९ ए ३७५४ नम्बरको भारतीय लहरीमा सोमबार राति करिब ९ बजे ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डाँगीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख राईले बताउनुभयो । ‘मोटरसाइलकमा पछाडी…

Read More

इलाम, ९ असोज । नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइँटेल र कोषाध्यक्षमा राजीव न्यौपाने चयन हुनुभएको छ । समितिको सदस्यमा शिवकुमार थापा, दुर्गाभवानी पोखरेल, प्रकाश नेपाल र नरेन्द्र थापा चयन भएका छन् । अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दीपकराज शर्मा, दिनेश महत, विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लीला थापा, विवेक घिमिरे, रेश्मा अधिकारी, मीना खतिवडा, सरस्वती लिम्बू, कृष्णकला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई…

Read More

दमक, ९ असोज । झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गर्नुभयो । नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो । सो बजार सञ्चालन गर्न दमक नगरपालिकाको सहयोगमा दुई करोडभन्दा बढीको संरचना निर्माण गरिएको हो । सो क्षेत्रमा चारपाङ्ग्रे सवारीसधान निषेध गरिनुका साथै बजार हातामा विश्रामस्थल निर्माण गरिएको छ । दमकको मुख्य बजार नमूना बजारमा अब राति १० बजेसम्म पसल तथा व्यापार व्यवसाय सञ्चालन हुनेछ । रात्रीकालीन बजारमा बाल उद्यानको समेत व्यवस्था…

Read More

विभा झा समाज जटिल बन्दै‌ गएको‌ छ । विकास र‌ विनास सँगै‌ घुमिर‌हे‌को‌ छ । समाज जति भौ‌तिक रुपमा विकसित हुँदै‌छ त्यति नै‌ संस्कृतिक र‌ धार्मिक रुपमा सिँचिएको‌ ‘संस्कार‌’ विकृत हुँदै‌ गएको‌ छ । युवालाई र‌ाम्रो‌ संस्कार‌ भन्दा पनि आधुनिकताको‌ नाममा चम्के‌को‌ बिकृति नै‌ आकर्षक भएको‌ छ । के‌ही युवाहरुलाई परि‌श्रम भन्दा पनि ‘शो‌खपूर्ण’ जीवनशै‌लीको‌ शो‌ख चढे‌को‌ हुन्छ र‌ हर‌हालतमा पुर‌ा गर्न खो‌ज्छन । यिनमा आधुनिकताको‌ नाउँमा इन्टर‌ने‌ट , पो‌नोर्‌ग्राफी , उच्छ्रिङ्खलता, उदण्डताको‌ असर‌ पर‌े‌को‌ हुन्छ । परि‌श्रमी र‌ विवे‌की युवालाई र‌ाजनीति मन पदैर्‌न । र‌ाजनीतिको‌ कुर‌ा गफमामात्र गर्न चाहन्छन । भित्र हुलिन चाहदै‌नन् । उनीहरुलाई थाहा छ र‌ाजनीति महँगो‌ छ र‌ ‘जे‌’ पनि हुन्छ । त्यसै‌ले‌ सके‌ विदे‌श पलायन…

Read More

काठमाडौं, ९ असोज । संघीय सरकारले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी वार्षिक ६ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको छ । यही असोज ५ मा मन्त्रिपरिषदले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृति गरेको थियो । कार्यविधिअनुसार त्यस्ता कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रको बजेट चार करोड रुपैयाँ रहने व्यवस्था गरिएको सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्तो कार्यक्रम प्रदेश र स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्नुपर्नेछ । आजको अन्नपु्र्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ९ असोज । अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड (स्वास्थ्य) सरकारी आवास ९हाउजिङ० लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ। शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ। करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो। नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ। अमेरिकी सरकाका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ। अमेरिकी सरकारको डिपार्टमेन्ट…

Read More

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क पर्छ । यस्ता घटनाका चाङ लाग्दै गएका छन् । छोटो समयमै झन्डै दर्जन पुगेका छन् । दशैंमा दाउ पारे सिन्डिकेटवालाले सिन्डिकेटधारी यातायात समिति र संघले सडकमा सर्वेसर्वा अधिकार प्रयोग गरेका थिए । कम्पनी ऐनअन्तर्गतका र स्वतन्त्र व्यवसायीका सवारी गुडाउन नपाउने उनीहरूको सिन्डिकेट थियो । उनीहरूले राज्यलाई…

Read More

पाँचथर, ९ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्कि दिएर ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए । पक्राउ…

Read More

शान्तिनगर, ९ असोज । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई १÷० गोल अन्तरले पराजित गर्दे चारआलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५ औ मिनेटमा चारआलीका जमिन लक्समले डिबक्स एरियाबाट प्रहार गरेको बल शनिश्चरेको डिफेन्सको खुट्टामा लागेर अनगोल भएको थियो । सोही अनगोलको मदतमा चारआली क्वाटरफाइनलमा प्रबेश गरेको हो । सोमबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका प्रसान्त लक्सम घोषित भए…

Read More