
विभा झा
समाज जटिल बन्दै गएको छ । विकास र विनास सँगै घुमिरहेको छ । समाज जति भौतिक रुपमा विकसित हुँदैछ त्यति नै संस्कृतिक र धार्मिक रुपमा सिँचिएको ‘संस्कार’ विकृत हुँदै गएको छ । युवालाई राम्रो संस्कार भन्दा पनि आधुनिकताको नाममा चम्केको बिकृति नै आकर्षक भएको छ । केही युवाहरुलाई परिश्रम भन्दा पनि ‘शोखपूर्ण’ जीवनशैलीको शोख चढेको हुन्छ र हरहालतमा पुरा गर्न खोज्छन । यिनमा आधुनिकताको नाउँमा इन्टरनेट , पोनोर्ग्राफी , उच्छ्रिङ्खलता, उदण्डताको असर परेको हुन्छ ।

परिश्रमी र विवेकी युवालाई राजनीति मन पदैर्न । राजनीतिको कुरा गफमामात्र गर्न चाहन्छन । भित्र हुलिन चाहदैनन् । उनीहरुलाई थाहा छ राजनीति महँगो छ र ‘जे’ पनि हुन्छ । त्यसैले सके विदेश पलायन हुन्छन नसके स्वदेशी जागिर खाएर चित्त बुझाउछन । जागिरमा पनि अनेक लफडा छ तर चुप लागेर नतमस्तक भएर बसे लामो अवधि टिक्छन । युवालाई सबै थाहा छ । राजनीतिले सपना बाँड्छ , बडो आकर्षक शैलीमा आशा बाड्छ र जनता यसैमा रुम्मलियेर बसौर् काट्छ र बिश्वस्त हुन्छ एक दिन स्वर्गलोक धर्तीमा आउला र नेपाल पनि स्विट्जरलैंड होला नेताहरुले भने जस्तो । सुन्दर देशको सोझा जनता !
शिक्षाको व्यवस्था कम्जोर छ । आमा बुबाको रकम तिनेर् हैसियतमा बच्चाको स्कुल निर्धारित छ र पनि उपलब्धिमुलक छैन । किताबी ज्ञान रट्टामारको परम्परा छ । किशोरकिशोरीहरु युवामा परिणत हुदासम्म पढाई सकेर वा नसकेर ‘काम’ छिटै पाउदैनन् । पाइहाले न्यूनतम ज्यालामा खट्नुपनेर् अवस्था । केही युवा त्यसैमा सम्झौता गर्छन र सके जति अगाडी लम्कन खोज्छन । केहीलाई चित्त बुझ्दैन । यस्तो युवाजमात जसको न कुनै काम छ न त उद्धेश्य नै समाज र परिवारका लागि घातक हुन्छ । यस्तोमा आपराधिक मनोवृतिका वा उदण्ड प

्रवृतिकाले राजनीतिको शक्ति र पहुँच राम्ररी बुझ्दछ । तिनलाई थाहा छ देशका जिम्मेवार व्यक्ति वा शक्तिशाली नेता भएमा वा पँहुच राम्रो भएमा ‘जे’ गरेपनि हुन्छ नेपालमा । जीवन स्वतः बिलासपुर्ण हुन्छ । आफु ‘सर्वशक्तिमान’ भईन्छ । कुनै राजनैतिक दलसँग आबद्ध भएमा वा साठगाठ बढाएमा जस्तो पनि कुकृत्य गरे पनि संरक्षण पाउछन् । चाहे त्यो दलाली होस् वा अपराध । यिनीहरु कानुनको भय बाट निर्भय हुन्छन । राज्य , राजनीति , र सरकारले कानुनको निस्पक्षता र द्रुत कार्यान्वयन गरेर कानुन को भय सृजना गरेको छैन वा भनौ गर्न खोज्दैन वा गदैर्न । जस्तै निर्मलाकाण्ड, सुन तस्करी काण्ड, हत्या, बलात्कार, अपहरण तथा अन्य गम्भीर अपराधहरु।यसरी अपराधलाई दण्डित गनेर् संयन्त्र हराउदै जानुले मानवता हराउदै गएको हो । यसको प्रभाव जनतालाई सुरक्षा प्रदान गनेर् राज्यले खटाएको व्यक्ति हरुमा पनि परेको छ । उनीहरुको साम, दाम र भेद नीति बुझिनसक्नु छ । यस्ता केही व्यक्तिहरुले गर्दा पुरै प्रणाली नै समाजमा विकृत देखिन थालेको छ ।
सहज रुपमा राज्य र सरकारले दिनैपनेर् न्याय सरकारले अन्धो र बहिरो भएर रमिते भै बसेको तथा जनतालाई न्याय र शुसासन प्रदान गर्न कसम खाएका व्यक्तित्वहरु को पदीय धर्म मा बिचलन आएको देखिन्छ । सरकारले एक मुठ्ठी अपराधीहरुलाई बेलैमा तह लगाएको भए समाजमा कानुनको भय सिर्जना हुन्थ्यो । अपराधी को मनोबल यति बिधि बढथेन कुकर्म गर्नलाई । समाजमा अराजक स्तिथि पैदा हुन्थेन ।
कुनै ठूलो काण्ड हुँदा सरकार व्युझाउँन नेपाल जानु पर्छ अर्थात् काठमाडौँ जानु पर्छ । मानौ नेपाल र काठमाडौँ पर्यायबाची शब्द र ठाउँ हो । देशभरीका जनता ठाउँ–ठाउँमा सभा र भाषण गर्नु पर्छ । जस्तो सुकै गम्भीर अपराधमा पनि अपराधीहरुको पहुँच ’माथि’ सम्म छ भने सरकार तल झरेर तल रहेका आफ्ना जनताको पुकार छिटो सुन्दैन । निर्मलाहरुले पनि सहज रुपमा न्याय पाउने भए जनताले सरकारको अनुभूति गर्न सक्थ्यो ।
‘देश मेरो हो’ भन्ने भाव सही अर्थमा हरेक नेता र हरेक सरकारले मनन गरिदिएको भए हरेक ‘नागरिक मेरै हुन्’, ‘आफन्त नै हुन्’ भन्ने भाव हुन्थ्यो । देशका कुनै पनि काप्चाका कुनै पनि नेपालीलाई सरकार ‘मेरो अभिभावक’ हो भनि महशुश हुन्थ्यो । नेता ‘मेरो मार्गदर्शक’ हो र देशले खटाएका हरेक जिम्मेवार व्यक्ति ‘मेरो सेवक’ हो भनि जनताले घमण्ड गथेर् होला । तर यहाँको चलन देवले जानुन । देश कमाउने भाँडो र पेशा मोटाउने भाँडो भएको छ ।
अपराधी जतिसुकै बलियो होस्, सजाय दिने काम सरकारको हो, राज्यको हो सम्बन्धित व्यक्तिले बुझ्नु पर्छ । विकृत मनसायका युवालाई यस्ता कुराहरु थाहा भएर होला समाजमा अपराध बढदो छ । जनतालाई सास्ती भो , अन्याय भो, भन्ने कुरा सरकारले स्वतः बुझ्नु पनेर् हो । जनताले ब्युताउन आउनु पदैर्न , रगतको आशु रुदै सरकार सँग न्यायको भिख माग्नु पदैर्न । बेलैमा न्याय पाउने जनताको हक हो । जनता नै सरकार को मूल धन हो, सबथोक हो भनि सरकारले आत्मसात गर्नुपर्छ । अनि न्याय पनि समय मै दिइएन भने अन्याय हुन्छ भनि हेक्का राख्ने काम सरकारको हो, राज्यको हो । सरकार र नेताहरु आ–आफ्ना ठाउँमा इमान्दार भएर जिम्मेवारी बुझी दिए समाजमा घट्ने र घटाउँने काण्डहरु निर्मुल नभए पनि धेरै नियन्त्रण हुन्छ । कानुनी भयले आपराधिक मनोवृतिलाई अंकुश लगाउन जरूरी छ । जनताले सरकार आफ्नो हो भनि महशुश गर्न पाउनु पर्छ न कि कुनै अपराधीले । यो कुरामा सरकार सधँै सजग रहनुपर्छ ।
(लेखक झा अंग्रेजी विषयकी प्राध्यापक हुन्)
बिर्तामोड, झापा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
