झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ असोज । झापाको कनकाई नगरपालिका–५ स्थित चप्रामारीमा आगलागी हुँदा रू ६ लाख ३० हजार बराबरको क्षति भएको छ । कनकाई–५ चाप्रामारीका टेकबहादुर सुबेदीको घरमा आइतबार आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Read More

गौरादह, ८ असोज । डिएक्सएन मकाउको वार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय एक होटलमा भएको भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो । एन.आर.एन. मकाउका अध्यक्ष श्रीमती शान्तिदेवी अधिकारी, समाजसेवी राम कार्की तथा नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गरुङको विषेश आतिथ्यतामा भएको कार्यक्रमले अध्यक्ष पदमा मिलन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा श्रीमती गंगा बस्नेत, सचिवमा तुलसिराम पौडेल, चोक्ता तामाङ (डेनी), बिजय बज्राचार्य कोषाध्यक्षमा अनिल श्रेष्ठ र प्रेम तामाङ रहेका छन् । संस्थाको नवगठित समितिको सदस्यहरुमा प्रेमराज आचार्य, रेनुका प्रसाई, अनिश प्रसाई, चुडामणी पराजुली, दिपेश मास्के, गंगा बहादुर श्रेष्ठ, कृष्णशरण कार्की, डिक बहादुर श्रेष्ठ, इश्वर थापा,…

Read More

गौरादह, ७ असोज । उर्लाबारी–८ अठियाबारीमा सुयल थापा बन्धुहरुको प्रथम केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । सुयल थापाहरुको भेलाले तदर्थ समितिका कार्यवाहक अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दुर्गाबहादुर थापा र भूपेन्द्र थापा, महासचिवमा रमेश कुमार थापा, सचिवमा सम्झना थापा, कोषाध्यक्षमा चक्र थापा रहेका छन् । सोही साधारणसभाले शंकरमान थापाको संयोजकत्वमा ३ सदस्यीय समिति सर्वसम्मत गठन गरेको छ । सोही सभाले बिरल थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । साधारणसभामा समितिका सदस्य रमेशकुमार थापाले सञ्चालक समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सुयल थापा बन्धुहरुका जेष्ठ…

Read More

बिर्तामोड, ७ असोज । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ८ लाख १२ हजार ३३२ रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी नाफा गर्न संस्था सफल भएको हो । अघिल्लो वर्ष करपछिको नाफा २ लाख ३१ हजार दुई रुपैयाँ थियो । यस वर्ष संस्थाले २ लाखबढी कर बसझाएको छ । संस्थाको करअघिको सञ्चालन नाफा १० लाख १५ हजार ४१४ रुपैयाँ रहेको छ । संस्थाले आ. व. ०७४÷०७५ मा व्याजलगायतका शीर्षकमा १ करोड ५० लाख ४४ हजार १७५ रुपैयाा आम्दानी गरेको छ भने १ करोड ४० लाख…

Read More

शिवसताक्षी, ७ असोज। झापाको‌ ऐ‌तिहासिक धार्मिक पर्यटकीय क्षे‌त्र सताक्षीधाममा विद्युत् पुगे‌को‌ छ । पूर्व–पश्चिम र‌ाजमार्ग झिलझिले‌दे‌खि ५ किलो‌मिटर‌ दक्षिण चुर‌े‌ पहाडको‌ फे‌दीमा झापा र‌ इलामको‌ सिमानामा पनेर्‌ यस क्षे‌त्र ऐ‌तिहासिक क्षे‌त्र भएर‌ पनि उपे‌क्षामा पर‌े‌को‌ थियो‌ । यस धार्मिक क्षे‌त्रमा विद्युत् तथा स्वच्छ खाने‌पानीको‌ अभाव र‌हँदा यस धार्मिक स्थलमा नियमित रुपमा बस्दै‌ आएका झण्डै‌ एक सय जना साधुसन्त, करि‌ब ४० घर‌परि‌वार‌ र‌ एउटा आवासीय गुरुकूल विद्यालयका विद्यार्थीहरु समे‌त कष्टकर‌ जीवन जिउँदै‌ आएका थिए । बषेर्‌नी यस धार्मिक स्थानमा जाने‌ हजार‌ौ‌ँ‌ भक्तजनहरुले‌ समे‌त सास्ती खे‌प्दै‌ आएका थिए । ने‌पाल विद्युत् प्राधिकर‌णको‌ २७ लाखको‌ बजे‌टमा सो‌ क्षे‌त्रमा तार‌ टाँगी यसै‌ वर्षदे‌खि विद्युत् विस्तार‌ गरि‌एको‌ हो‌ । विशे‌ष…

Read More

सुनसरी, ७ असोज । १२ बर्षिय बालिकालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिक–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिक पक्राउ परेका हुन् । बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । दुर्गाबहादुरले धरान उपमहानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

विराटनगर, ७ असोज । विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५(२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन । हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको…

Read More

दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ? सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ । यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्ये एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्दा हुन्छ । यो आदिवासीका खासगरी महिलाहरु पाको उमेरसम्म पनि जवान र सुन्द्यर देखिन्छन् । पाकिस्तान अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा यो जनजाति समुदाय बस्दछ । अनौठो त के भने यो समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् । यो समुदायका…

Read More

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन्– ‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न…

Read More

इलाम, ७ असोज । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घको आज बसेको बैठकले तत्काल रु ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरिएको महासङ्घका सचिव ख्याम भुजेलले जानकारी दिनुभयो । कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ । बैठकले वार्षिकरुपमा मेचीका उदयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष रु एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु ६० हजार रहेको छ ।

Read More