
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चौतारा, १६ कात्तिक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करीब २३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र क्षेष्ठका अनुसार तातोपानी धाराभन्दा माथि २०० मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो…
काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । विगत पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो । चियापानमा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि…
काठमाडौँ, १६ कात्तिक । राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् । २९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो । कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन् । पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो । राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने…
बनियानी, १६ कात्तिक । झापाको कनकाई नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । कनकाई नगरपालिका–४ स्थित कोटिहोममा नाम, थर नखुलेको मागी खाई हिँड्ने करिब ५५÷६० को पहाडे मुलको व्यक्ति शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ‘मृतको पहिचान खुलेको छैन’, प्रवक्ता बस्नेतले भन्नुभयो, ‘अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार शव पोष्टमार्टमका लागि लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको र थप अनुसन्धान कार्य भई रहेको छ ।
बिर्तामोड, १६ कात्तिक । ठगी मुद्दामा एक वर्ष कैद सजाय सुनाइएका फरार झापा अर्जुनधारा–११ का कृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा २०७४ जेठ ८ गते श्रेष्ठलाई झापा जिल्ला अदालतले एक वर्ष कैदको फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई अदालतमा पेश गरी कैद भुक्तानका लगि कारागार चलान गरिएको छ ।
काठमाडौँ, १६ कात्तिक । तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ । अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड । यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन, टेलिफोन कल उठाए वा कलब्याक गरे मात्रै पुग्छ । जापानी भाषामा वाङगिरी भनिने यस्तो तरिकाबाट प्रयोगकर्ता सजिलै ठगिन सक्छन् । जापानी भाषामा वाङगिरीका अर्थ हुन्छ घन्टी बनाउनु र छाड्नु । ठगहरुले विभिन्न देशका…
काठमाडौँ, १६ कात्तिक । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ। तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६…
खाँदबारी, १६ कात्तिक । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताउनुभएको हो । “प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भन्नुभयो, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उहाँले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको…
काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । नियमित स्वास्थ्य परीक्षणपछि उहाँ पूर्व अवस्थामा फर्कनुभएकाले आज शुक्रबार डिस्चार्ज गर्न लागिएको डा। अरूण सायमीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँ सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनुहुने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
महेन्द्रनगर, १६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ। ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले भने, ‘केन्द्रदेखि जिल्लासम्म थुप्रै टोली अनुसन्धानमा खटिएका छौं।’ ‘अनुसन्धानका थुप्रै पाटा हुन्छन्, ती सबै प्रयोग गरिएको छ’, उनले भने, ‘ प्रहरीले सम्पूर्ण शक्ति लगाएको छ।’ निर्मलाका आमाबुवा न्यायका लागि भौंतारिरहेका छन्। हत्यारा पक्राउ पर्लान् र न्याय पाइएला भन्ने उनीहरूको…