झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, १९ असोज । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन ९बुधबार र शुक्रबार० उडान गर्ने तालिका सार्वजानिक गरेको छ । यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम…

Read More

काठमाडौँ, १८ असोज । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याउनुभयो । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् । भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ…

Read More

काठमाडौँ, १८ असोज । मुलुकभर कूल ५७ हजार शिक्षक दरबन्दी अपुग रहेको निष्कर्षसहित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले दिएको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्ययोजना बनाउन थालेको छ । विद्यालय विद्यालय, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा कूल ५७ हजार ५६ शिक्षक अपुग दर्शाइको सो प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलाई निर्देशन दिएपछि अध्ययन गरी योजना बनाउन मन्त्रालय जुटेको हो । नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गत असार ४ गते गठित नौ सदस्यीय कार्यदलले यही असोज २ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेदन दिएको थियो । कार्यदलले तह र जिल्लागत आधारमा शिक्षक अपुगको विवरण र…

Read More

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् । “बलात्कार घृणित अपराध हो ।” उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् । प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।

Read More

भद्रपुर, १८ असोज । भद्रपुर भन्सारमा ३ दिनयता व्यापारिक समूहले राजश्व काट्न नआँदा ५० लाख बढी राजश्व रकम घाटा भएको छ । दैनिक १५ लाखदेखि २० लाखसम्म राजश्व संकलन गर्दै आएको भन्सारमा सोमवार सूर्य अडर्स एण्ड सप्लायर्सको नामा १३ पोका कपडा राजश्वतिरेर लानेक्रममा ५ पोका बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको विषयमा विवाद हुँदा व्यापारिक समूहले ३ दिनयता राजश्व तिर्न नआउँदा ५० लाख बढी राजश्व घाटा भएको हो । दुई महिनादेखि मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारमा स्थिर कर्मचारी नहुँदाको फाइदा लिन व्यापारिक समूहले कर्मचारीसित मिलिभगतमा राजश्व छल्ने क्रम बढेपछि प्रहरीले व्यापारिको पिछागरी सामन पक्रन थालेको छ…

Read More

काठमाडौँ, १८ असोज । एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने…

Read More

अमेरिकामा ४४ वर्षकी एक महिलाले आफ्नी १४ वर्षकी छोरीमाथि पैसा चोरी गरी भागेर बेपत्ता भएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा निकै डरलाग्दो रहस्य खुलेको छ । ४४ वर्षकी सारा प्याकर नामकी ती महिला अमेरिकाको एबिंग्टनमा आफ्नी १४ वर्षकी छोरी ग्रेससँग बस्थिन् । छोरी ग्रेसलाई साराले २००७ मा आफ्ना पूर्वपतिसँग मिलेर धर्मपुत्री बनाएका थिए । पछि सारा पतिसँग छुट्टिएर ब्वाइफ्रेण्ड सुलिवनसँग बस्थिन् । एक दिन ग्रेस हराइन् । साराले ग्रेसले ३ सय डलर चोरेर भागेको भन्दै प्रहरीमा उजुरी गरिन् । जब प्रहरीले अनुसन्धान गर्दै गयो त्यसपछि उनको बलात्कार र हत्या भएको रहस्य खुल्यो । ग्रेसलाई आमाकै ब्वाइफ्रेण्ड सुलिवनले बलात्कार गरेर…

Read More

पछिल्लो समय चलचित्र बजारमा नयाँ नामको भन्दा पनि सिक्वेलले काम चलाउने प्रवृत्तिको विकास हुँदै गइरहेको छ । चलचित्रको नयाँ नाम जुराउने झन्जटबाट मुक्त हुनका निम्ति पनि यो प्रवृति फलदायी हुने गरेको छ । अझ अघिल्लो चलचित्र सामान्य चले पनि त्यसैको सिक्वेलका रुममा चलचित्र निर्माण हुन्छन् । तर नाम एउटै भए पनि न त कथा अघिल्लो चलचित्र सँग मेल खान्छ । न त अन्य कथा वस्तु । एउटा नाम बाहेक अरु सबै नयाँ हुन्छ । चलचित्र चलाउनकै निम्ति पनि यो जुक्ति लगाउने गरेका छन् । यसैबीच चलचित्र विर विक्रमको पनि सिक्वेल बन्ने भएको छ । दयाहाङ राई र अनुप विक्रम शाही…

Read More

विराटनगर, १८ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भन्नुभयो । उहाँले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानकारी दिँंदै प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताउनुभयो । प्रदेशसभाको आजको विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको राजधानी र नाम कायम गर्दा कसैको पनि योगदान र बलिदानलाई बिर्सन नहुने बताउँदै त्यसमा लिम्बूवान् शब्द…

Read More

भद्रपुर, १८ असोज । सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आजले वीरता जेसिज विद्यालय पोशाक, झोलालगायत सामग्री सहयोग प्रदान गरेको छ । सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच वृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसिजले ती सामग्री प्रदान गरेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड–१ मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशी भएका छन् । उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम (कक्षा– ९), पवन बास्के (कक्षा– ७, सिद्धान्त वेस्रा (कक्षा– १, निशा हेमरम (कक्षा– ७, बिनु हस्दा (कक्षा– ७, निशान हेमरम (कक्षा– ५), प्रवीन बास्के (कक्षा–…

Read More