
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २८ असोज । निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको झन्डै साढे दुई बर्षदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को निलम्बनमा रहेको नोपली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना बढेको छ । यससम्बन्धमा कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ । नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासलाई सधैँ जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेको शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचित क्यानले दाबी गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
विराटनगर, २८ असोज । बोक्साको आरोपमा पटक-पटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छेन । रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ बर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतबर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो । घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।
काठमाडौं, २८ असोज । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग । प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह (आधारभूत ६ देखि ८) मा २५ हजार ४ सय २५ र माध्यमिक तह (९ र १०० मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३…
जनकपुर, २८ असोज । धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ । घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ । एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।
भद्रपुर, २७ अशोज । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को १२ औं वार्षिक साधारण सभा चन्द्रगढी स्थित वीरेन्द्र मा विको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा भद्रपुर ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोखरेल, राष्ट्र सेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, सहकारी संघ झपाका सञ्चालक सदस्य खडानन्द गुरागाई, स्वर्गद्वारी सहकारीका गोपालबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष विवेक पोखरेलले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७ सय ३० महिला तथा ७ सय १७ पुरुष गरी १ हजार ४ सय ४७ जना…
चन्द्रकला भण्डारी भद्रपुर, २७ असोज । झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने बिहानी खाजा भएको छ । जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । धुलाबारीकी रुपसरी राजवंशी केही वर्षयता जाडो मौसममा चोकमा बसेर भक्का बेच्छिन् । यसबाट उनले परिवारको गुजारा चलाएकी छन् । ‘‘हामी जाडो मौसममा सधँै चियासँग भक्काको खाजा खाने गर्छौं’’, रुपसरीको पसलमा भक्का किन्न आएका मुस्लिम समाज झापाका अध्यक्ष अमिन अली भन्नुहुन्छ,“बच्चादेखि वृद्धासम्म सबैका लागि यो…
काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताउनुभएको छ । प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उहाँले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।” गृहमन्त्री…
भक्तपुर, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भन्नुभयो । उहाँले नेपालले दुई…
भद्रपुर, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो । झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए । बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट…
भीमदत्तनगर,२७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा…