झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

नारायण न्यौपाने काठमाडौँ, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने कार्य गरेको भनी आयोगको काम कारवाहीप्रति व्यापक आलोचना भएको थियो । आयोगबाट प्रस्तुत गरिएको कार्यदिशामा भनिएको छ, “दबाब र प्रभावबाट मुक्त अनुसन्धान र अभियोजन कार्य अघि बढाइनेछ, आन्तरिक सुदृढीकरणमार्फत प्रभावमुक्त अनुसन्धान गरिनेछ ।” उजुरीको…

Read More

झापा, १९ असोज । सडक दुर्घटना बढेसँगै न्यूनीकरणका लागि प्रदेश १ मा ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ सञ्चालन गरिने भएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश १ मा सडक दुर्घटना बढी भएकाले महाअभियान सञ्चालन गर्न लागिएको महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । ‘मानव जीवनमा यातायातको साधान अत्यवश्यक भएको छ’, उहाँले भन्नुभयो, ‘तर, सोही आवश्यक साधन दुर्घटना र मृत्युको कारण बन्दै गएको छ ।’ सडक र यातायातका साधानको स्तरोन्नती भए पनि ट्राफिक ज्ञानको कमी र पालना नगर्नाले दुर्घटना बढ्दै गएकाले महाअभियानमार्फत् जनचेतना अभिबृद्धि, ट्राफिक प्रहरीलाई प्रविधियुक्त बनाइनुका साथै ट्राफिक लाइट व्यवस्थापन गरिने भएको छ । झापाको सहारा नेपालसहित १० वटा संघसंस्थाले…

Read More

बिर्तामोड, १९ असोज । चालु आर्थिक वर्षका साउनयता सडक दुर्घटनामा परी झापामा १६ जनाले ज्यान गुमाइसकेका छन् । सडक दुर्घटनामा परी साउनमा ८ जना, भदौ र असोज १८ गतेसम्ममा ४÷४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । सडक दुर्घटनाकै कारण हरेक पाँच दिनमा झापामा एक जनाको मृत्यु हुने गरेको कार्यालयको तथ्यांकले देखाउँछ । ‘काँकरभिट्टादेखि दमकसम्मको मुख्य राजमार्गमा धेरै दुर्घटना भएका छन्’, निरीक्षक राईले भन्नुभयो, ‘भित्र सडकमा भन्दा हाइवेमा दुर्घटनाको जोखिम बढी छ, अत्याधिक गतिका कारण सवारी साधन एकआपसमा ठोक्किने गरेको छ ।’ साउनयता पूर्व–पश्चिम राजमार्गमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु…

Read More

दमक, १९ असोज । कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गर्नुयो । दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा रु तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि…

Read More

काठमाडौं, १९ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेताहरुले गोप्य छलफल अघि बढाएको छ । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् । बर्खास्त गर्न तत्काल सम्भव नभए आईजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १९ असोज । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट…

Read More

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि प्रदेश समितिले जिल्ला समिति, गाउँ तथा नगर समिति, वडा समितिको एकीकरण गर्न गृहकार्य थालेका हुन् । एकीकरणको तयारी चलिरहेको अवस्थामा पार्टीको काम कारवाही सञ्चालनका लागि गण्डकी प्रदेश समितिले प्रदेशका सबै जिल्लामा तत्कालका लागि पार्टी संयन्त्र समेत गठन गरेको छ । गण्डकी प्रदेश समितिका अध्यक्ष हितराज पाण्डेले जिल्ला, महानगर, नगरपालिका तथा गाउँपालिकामा तत्काललाई पार्टीको काम नियमित सञ्चालन गर्न संयन्त्र गठन गरिएको जानकारी दिए । पाण्डेले…

Read More

काठमाडौं, १९ असोज । सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको छ । संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गर्नुपर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । स्रोतका अनुसार विधेयकमा गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि जनाएपछि उपप्रधानमन्त्री पोखरेलले हस्ताक्षर गरेको बताइएको छ । विधेयकमा असहमति व्यक्त नगर्ने शर्तमा मन्त्री थापा चुपचाप लागेको स्रोतको दावी छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले त्यसबारे आफुलाई जानकारी नभएको बताए । ‘गृहमन्त्रीले किन हस्ताक्षर गर्नु भएन भन्ने बुझनुपर्छ अहिले नै भन्न सकिएन’ प्रवक्ता…

Read More

काठमाडौँ, १९ असोज । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा। रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए । सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए । सो उदेश्य हासिल गर्न निर्देशिका तयार गरिएको पनि उलने बताए । नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र…

Read More

दमक, १९ असोज । विश्व पशु दिवसका अवसरमा आज झापाको दमकमा पशु संरक्षणको आह्वान गर्दै ¥याली निकालिएको छ । दमकमा तीन वर्षदेखि वर्षेनी पशु दिवसका दिन पशु संरक्षणको माग गर्दै जनचेतनामूलक ¥याली गरिआएको छ । श्रीकृष्ण रथयात्रा समितिसहित एक दर्जन बढी विभिन्न धार्मिकजन्य सङ्घसंस्थाको संयुक्त आयोजनामा पशु संरक्षणको माग गर्दै बृहत् ¥याली निकालिएको हो । विभिन्न धार्मिक तथा जातीय सङ्घसंस्थाको सहभागिता रहेको ¥यालीमा पशुको बाँच्न पाउने अधिकारको माग गरिएको थियो । ¥यालीपछि आयोजित कोणसभामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी सञ्चालिका राधा दिदीले मावनताको पहिचान अहिंसा, सद्भाव, शान्तितर्फ सबैको ध्यान जानुपर्ने औँल्याउनुभयो । ¥यालीमा स्वर्गीक मार्ग सङ्घ नेपाल, किरात धर्म तथा…

Read More