झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बर्दिया, १७ भदौ । सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । भदौ ५ गते जंगलमा माछा मार्न हिँडेका बेला बेपत्ता भएका इन्द्रबहादुर थारुको खोजी गरिदिन परिवारले निवेदन दिए । बेपत्ता भएको नौ दिनपछि बिहीबार थारुको शव भारतीय जंगलमा फेला पर्‍यो । क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि भारतीय सुरक्षाकर्मीले बहराइच पुर्‍याएका…

Read More

सन्तोष शर्मा झापा, १६ भदौ । लागुऔषध ओसार–पसारमा प्रहरीले कडाइँ गरे पनि झापामा भित्रिने क्रम रोकिएको छैन । लागुऔषधका कारोबारीहरुले नयाँ–नयाँ उपाय अपनाएर सीमावर्ती भारतीय क्षेत्रबाट लागुऔषध भित्र्याउने गरेका छन् । बिहीबार मात्र प्रहरीले मोटरसाइकलको हेल्मेटमा लागुऔषध ब्राउन सुगर लुकाएर ल्याइरहेको अवस्थामा दुई युवालाई पक्राउ गरेको छ । झापा मेचीनगर–६ स्थित मेचीपुलबाट प्रहरीले चेकजाँचका क्रममा मेचीनगर–६ बर्मेली टोलका २७ वर्षीय कुशल धिमाललाई पक्राउ गरेको हो । उनले हेल्मेटभित्र लुकाएर १७ ग्राम ब्राउन सुगर ल्याएको प्रहरीले जनाएको छ । उक्त ब्राउन सुगरको बजार मूल्य करिब रू ६८ हजार पर्छ । मोटरसाइकल पछाडि सवार सोही स्थानका २२ वर्षीय भरत आचार्यलाई समेत प्रहरीले…

Read More

सान नेपाल गौरादह, १६ भदौ । गौरादह सामुदायिक पुस्तकालयले आफ्नो ११ औं पुस्तकालय दिवस हाजिरी जवाफ कार्यक्रम गर्दै मनाएको छ । नगरभरका १९ वटा नीजि तथा सामुदायिक माविका विद्यार्थीहरु बीच प्रतियोगितात्मक हाजिरी जवाफ कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । सामुदायिक पुस्तकालयका अध्यक्ष लवहरी दाहालको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हेमन्त कार्की तथा विशिस्ट अतिथिमा पुर्व क्याम्पस प्रमुख तथा जेष्ठ नागरिक संघका नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले, प्रज्वल क्याम्पसका प्राचार्य तथा गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख सुरेश बहादुर पौडेल त्यस्तै अतिथिहरुमा राजयोग शिविर ॐ शान्ति गौरादह प्रमुख बबिता न्यौपाने, सत्य साही केन्द्रका नगर अध्यक्ष मन्दिरा कार्की रहेका थिए…

Read More

सान नेपाल गौरादह, १६ भदौ । डाँफे बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई जम्मा गरी भव्यताका साथ तीज पर्व मनाएको छ । हिन्दुहरुको महान पर्व तीजलाई हर्ष उल्लासका साथ मनाउन यस क्षेत्रका महिलाहरु तथा शेयर सदस्यहरुलाई अतिथि सदनको सभाहल गौरादहमा जम्मा गरी तीज पर्व मनाएको हो । कार्यक्रममा महिलाहरु रातो सारी लगाएर नेपाली तिज सम्वन्धी लोकगितमा सामुहिक र एकल नृत्य प्रदर्शन गरेका थिए । प्रधान कार्यालय दमकमा रही सेवा केन्द्र गौरादहमा रहेको संस्थाले आयोजना गरेको तिज सम्वन्धी कार्यक्रममा संगिनी र वालन गीत गाउनुका साथै नृत्य समेत गरेका थए ।त्यस अवसरमा विषेश तिज वचत खाता सञ्चालन गर्ने शेयर सदस्यहरु मध्ये…

Read More

खोटाङ, १६ भदौ । एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आउनुभएकी जुरीमायाँ राई किताब लेखपढ गर्नसक्ने हुनुभएको छ । स्थानीय सरस्वती मावि गएर बाह्रखरी र अङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उहाँ अहिले वाईवलसमेत पढ्न सक्ने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बी जुरीमायाँ भन्नुहुन्छ, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दा हल्ला भयो भन्छन् । त्यही भएर आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हुँ ।” विसं २००१ साउन ८मा जन्मनुभएकी उहाँ गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहनुभएको हो । उहाँको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ । पढाइप्रति…

Read More

दमक, १६ भदौ । झापाको गौरादह ९ बैगुनधुरा दहगाउँका मिर्गौला पीडित बोधराज खनाल बचाऔं अभियान सञ्चालन गरिएपछि देशविदेशबाट उनको उपचारमा सहयोग जुट्ने क्रम बढेको छ । स्थानीयबासीहरुले कृष्ण गौतमको नेतृत्वमा सो अभियान सहयोग समिति गठन गरिएसंगै उनका शुभचिन्तकहरुले देशविदेशबाट सहयोग जुटाईरहेका हुन् । बालकल्याण मावि माहाभाराका भुतपूर्व विद्यार्थी तथा सोहि विद्यालयमा कार्यरत विद्यालय कर्मचारी भिमप्रसाद खनालका छोरा बोधराजको सहयोगका लागि सो विद्यालयका भुतपूर्व विद्यार्थीले समेत सहयोग जुटाएका हुन् । सोही विद्यालयका भुपू विद्यार्थी समेत रहेका झापाली समाज अष्ट्रेलियाका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा जुटेको कूल ७० हजार रुपैयाँ सहयोग रकम आज पीडित परिवारको घरमै पुगेर जनप्रतिनिधिहरुको रोहबरमा परिवारलाई हस्तान्तरण गरिएको छ…

Read More

काठमाडौँ, १५ भदौ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमावर्ती इलाकामा हुने गरेको डुबान समस्याका सम्बन्धमा संयुक्त कार्यदलले अध्ययन गरिरहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनको समापनपश्चात् आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तामा उक्त विषयमा सन्तुष्टि व्यक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्ताका क्रममा केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका वार्तामा भएका समझदारी क्रमशः कार्यान्वयन भइरहेकामा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको थियो । समझदारीअनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिकरुपमा छलफल भइरहेको बताउँदै आन्तरिक…

Read More

काठमाडौं, १६ भदौ । बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । सोही कारण थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

हेटौंडा, १६ भदौ । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको ुसंघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरीु विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए । ुसंघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिनेु उनले भने, ुकेन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।ु संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए । प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र…

Read More

काठमाडौँ, १५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ । पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उद्धार तथा उपचार कार्यलाई छिटोछरितो, सहज र सरल बनाउन कार्यविधि लागू गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिनुभयो । कार्यविधि आजैदेखि लागू हुनेछ । कार्यविधिले साहसिक क्रियाकलापका क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल सम्बन्धित एजेन्सीले…

Read More