झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झुलन रेग्मी झापा, ११ असोज । झापा मे‌चीनगर‌–९ की र‌मिला किसानले‌ १४ वर्षको‌ उमे‌र‌मा सो‌ही ठाउँका सुन्दर‌लाल किसानसँग विवाह गरि‌न् । ०६६ सालतिर‌ दुवै‌ले‌ भागी बिहे‌ गर‌े‌का हुन् । मन पर‌ापर‌ भएपछि दुवै‌ले‌ कलिलै‌ उमे‌र‌मा बिहे‌ गर‌े‌र‌ घर‌जम गर‌े‌ । मे‌चीनगर‌–९ कै‌ सागर‌ किसानले‌ सात कक्षामा पढ्दापढ्दै‌ छिमे‌की मञ्जु किसानसँग भागी बिहे‌ गर‌े‌ । दुवै‌को‌ बिहे‌ गनेर्‌ उमे‌र‌ भएको‌ थिएन । मे‌चीनगर‌कै‌ चन्दा किसानले‌ पनि कम उमे‌र‌मै‌ गएको‌ साल बाहुनडाँगीका एक किसान समुदायकै‌ युवकसँग बिहे‌ गरि‌न् । यी तीनवटा बाल विवाहका प्रतिनिधि घटना मात्र हुन् । झापामा बसो‌बास र‌हे‌को‌ लो‌पो‌न्मुख किसान जातिमा बाल विवाह प्रथाले‌ जर‌ा गाडे‌को‌ छ । अशिक्षाले‌ गर्दा किसान समुदायभित्र कम उमे‌र‌मै‌ विवाह गनेर्‌ चलन…

Read More

विराटनगर, १० असोज । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहनुभएका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने जानकारी दिनुभयो । उहाँले पुरानो विधानअनुसार केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनीत गर्नेजस्ता सुझावलगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने बताउनुभयो । महामन्त्री खड्काले संविधानले व्यवस्था गरेअनुसार माथिदेखि तलसम्म समावेशी, समानुपाति रुपले विधान संशोधन गरिने बताउनुभयो । साढे तीन महिनामा मुलुकका ७७ जिल्लामा क्षेत्रीय समितिदेखि गाउँ समिति, भ्रातृ सङ्गठनबाट आवश्यक सुझाव…

Read More

काठमाडौँ, १० असोज । ‘अबको गन्तव्य ः असुरक्षित गर्भपतनको अन्त्य’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ । ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ । असुरक्षित गर्भपतनकै कारण वर्षेनी ४७ हजार महिला तथा किशोरीले अकालमा ज्यान गुमाउने गर्दछन् । विसं २०५९ अजोज १० गते सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिइएको थियो । सुरक्षित गर्भपतन सेवा र परिवार नियोजनको सेवा मौलिक अधिकारअन्तर्गत रहेको छ । हालै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐनसमेत जारी भएको छ…

Read More

एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ यही असोज १२ देखि देशभर प्रदर्शनमा आउने भएको छ । यहाँ आज भएको पत्रकार सम्मेलनमा निर्मात्री गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताउनुभयो । “सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न मिल्दैन तर यो चलचित्र एकै ठाउँमा बसेर हेर्न मिल्ने खालको छ”, गौतमले भन्नुभयो । चलचित्र पूर्णरुपमा प्रेम कहानीमा आधारित रहेको बताइएको छ । चलचित्रका नायक समुद्र पण्डितले सो चलचित्र एक पटक सबैले हेर्नैपर्ने खालको रहेको बताउनुभयो । चलचित्रमा ‘अनु’ र ‘राग’ लाई प्रमुख पात्रका रुपमा उभ्याइएको छ । चलचित्रले सामाजिक सन्देश बोकेको नायक पण्डित बताउनुहुन्छ । चलचित्रमा पाँच गीत समाविष्ट छन् ।…

Read More

फिदिम, १० अजोज । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । आज फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिमिरेले प्रदेश सरकारलाई हालसम्म मन्त्रालय व्यवस्थित गर्न समय लागेको जानकारी दिनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, “अब प्रदेश सरकारका अङ्गलाई विस्तार गरेर सुशासन, विकास र सहज सेवा प्रवाहमा केन्द्रित हुन्छौँ ।” उहाँले बिहीबार शिक्षा र स्वास्थ्यको प्रादेशिक निर्देशनालय धनकुटामा स्थापना हुन लागेको जानकारी दिनुभयो । आफ्नै संरचना निर्माण भएपछि प्रदेश सरकार बजेट…

Read More

गाईघाट, १० असोज । बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो । विसं २०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा…

Read More

भद्रपुर, १०  असोज । ऐतिहासिक नगर भद्रपुरको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिएर असोज २८ गते मिनी म्याराथन प्रतियोगिता गरिने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा नगरपालिकाको अस्तित्व स्थापित गर्ने लक्ष्य लिएर नगर स्तरीय भद्रपुर दौड प्रतियोगिता हुने भएको हो । विभिन्न व्यक्ति, संघ संस्था शुभचिन्तक लगायतको आर्थिक सहयोगमा विजयादशमीको अवसरमा सवै जात, धर्म, वर्ग र समुदायको साझा कार्यक्रमका रूपमा नगर स्तरीय भद्रपुर दौडको अवधारणा ल्याइएको वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । वडाध्यक्ष सुब्बाका अनुसार ३ लाख ५ हजार खर्च हुने प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार, दोश्रो १५ हजार तेस्रो १० हजार र सान्त्वना समेत रहने…

Read More

सान नेपाल गौरादह, १० असोज । सुनचाँदीका गहना बनाउने कालिगढहरुको भेलाले सुनचाँदी कालिगढ व्यवसायी संघको नगर समिति सर्वसम्मत चयन गरेको छ । गौरादह सुनचाँदी व्यवसायी संघको अध्यक्षमा कमल लाम्गादे सर्वसम्मत रुपमा चयन भएका हुन् । गौरादह नगरपालिका–२ मा भएको भेलाले नगरपालिका क्षेत्र भित्रका सुनचाँदी कालिगढ व्यवसायीहरुको भेलाले लाम्गादेको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर शंखर, सचिवमा रमेस रपाल, सहसचिवमा पुरन रसाइली रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा इन्द्रजित लामिछाने रहेका छन् । नवगठित समितिको सदस्यमा बापुन चौधरी, शंखर बम्बाइया, सरन गजमेर, पर्बिन रसाइली, भीम बि.क., विनोद सुनुवार र सञ्जिव सरकार रहेका छन् । यसअघि सुनचाँदीका…

Read More

कनकाई, १० असोज । झापाको कनकाईमा जारी ‘प्रथम टिभिएस अन्तरप्रदेश टि–ट्वान्टी क्रिकेट’ प्रतियोगिताको आजको खेलमा विराटनगर बिजयी भएको छ । आज भएको दोस्रोल सेमिफाइन खेलमा खुकुरी क्लब भैरहवालाई ५ विकेटले पराजित गर्दै विराटनगरले फाइनलको यात्रा तय गरेको हो । यो जीतसँगै प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लब राजविराजबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो इनिङमा ब्याटिङ रोजेको भैरहवाले ७ विकेट गुमाउँदै १३० रन जोडेको थियो । जसका लागि भैरहवाका ब्याटम्यान्स मिनाल गुरुङले २९ र निश्चल चौधरीले ३५ रन जोडेका थिए । १३१ रनको विजय लक्ष्य पाएको विराटनगरले १८ ओभर ३ बलमा ५ विकेट गुमाउँदै चुनौती पूरा गरेको थियो ।…

Read More

अनिल वाग्ले बाुधबारे, १० असोज । बुद्धशान्ति–१ का शहीद बेदप्रसाद र नारायण आचार्यको सम्झनामा आज १६ औं स्मृति सभा सम्पन्न भएको छ । बुद्धशान्ति १ को भोडेटारमा शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानले स्मृति सभाको आयोजना गरेको हो । १६ वर्षअघि तत्कालीन शाही नेपाली सेनाद्वारा हत्या गरिएका उनीहरुको सम्झनामा भएको स्मृति सभा प्रतिष्ठानका अध्यक्ष छत्रबहादुर तिम्सिनाको सभापतित्व तथा शहीद आचार्यहरुकी ममतामयी माता हिरामाया आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेकपाका झापा जिल्ला अध्यक्षद्धय चिन्तन पाठक र विजय साम्पाङको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका जिल्ला तथा गाउँस्तरका नेता तथा कार्यकर्ताको उपस्थितिमा शहीदहरुको सम्झना र उनीहरुले परिर्वतनका निम्ति गरेको योगदान…

Read More