झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, ६ असोज । नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो अधिवेशनले सन्तोष पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङलिङमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी चयन हुनुभएको छ । यस्तै सचिवमा सीताराम गुरागार्इं, सहसचिवमा पासाङकिपा शेर्पा र कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । सदस्यमा रञ्जना गुरुङ, प्रदीप गुरुङ, अनिसा शेर्पा, नरनाथ भट्टराई, कुवीरमान राई, मोहन निरौला र भोमादेवी पोख्रेल रहेका छन् । अधिवेशनले केन्द्र र प्रदेश पार्षद्कोसमेत टुङ्गो लगाएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा प्रतिनिधि युवराज गौतमको उपस्थिति साथै निवर्तमान जिल्ला अध्यक्ष धर्मप्रसाद पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।…

Read More

काठमाडौँ, ६ असोज । कवि रमेशमोहन भट्टराईका दुई कृति ‘माया’ खण्डकाव्य र ‘सृष्टि’ कविता सङ्ग्रह आज विमोचन गरियो । पचहत्तर वर्षीय भट्टराई नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको विमोचन गर्दै वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीले साहित्य सृजनाले समाजलाई शताव्दियौँपछि सम्म पनि जिवित राख्ने बताउनुभयो । आफूले अनुसन्धानको सिलसिलामा भेटेको १५ सय वर्ष पुरानो शिलालेखमा अङ्कित संस्कृत कविता पनि जीवन्त लागेको अनुभव सुनाउँदै उहाँले आफ्नो अवकासित जीवनमा पनि कवि भट्टराईले महत्वपूर्ण कृति प्रकाशनमा ल्याएकोमा प्रशंसा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभू घिमिरेले मान्छेको चाहनामा जन्म पनि छैन र मृत्यु पनि छैन भन्दै…

Read More

राजविराज, ६ असोज । सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आज तोडफोड गरिएको छ । रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच्चा ज्यूँदै फेला परेको भन्दै आक्रोशित स्थानीयवासीले तोडफोड गरेका हुन् । सर्पदंशमा परेका बच्चालाई उपचारका लागि ल्याए पनि सिधै मृत घोषणा गरी शव परीक्षण कक्षमा राखेको र पछि बच्चा ज्यूँदो फेला परेको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको अस्पताल प्रशासनले जनाएको छ । मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल…

Read More

मङ्गलबारे, (इलाम) ६ असोज । व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसुति स्याहार भत्तावापत रु तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज…

Read More

इरान, ६ असोज । इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ । सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ । घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुने बताइएको छ ।

Read More

भद्रपुर, ६ असोज । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो । सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताउनुभयो । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स जानुभएको थियो ।

Read More

काठमाडौँ, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताउनुभयो । असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १०…

Read More

बागलुङ, ६ असोज । सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।

Read More

भद्रपुर, ६ भदौ । शाह इन्जिनियरिङ निर्माण सेवाको निर्माण कार्यमाथि गुणस्तरीयताको प्रश्न उठेको छ । उपल्लो सेटिङमार्फत सरकारी भौतिक संरचना निर्माण ठेक्का हात पार्ने गरेको सो कम्पनीले निर्माण गरेका अधिकांश संरचना गुणस्तरहीन निर्माण भएको पाइएपछि प्रश्न उठेको हो । सो निर्माण कम्पनीले करौडौं रकममा ठेक्का लिएका झापाका आधा दर्जनभन्दा बढी सरकारी भवनहरू निर्माणको कुनै पनि काम सन्तोषजनक पाइएका छैनन् । एक दशकयता सो कम्पनीबाट निर्माण सम्पन्न भएका जिल्ला प्रशासन, मालपोत लगायत कार्यालयका भवनले गुणस्तरहीन सामान प्रयोग गरेको पुष्टि गरिसकेका छन् । पछिल्लो पटक निर्माणाधिन नापी कार्यालयको भवनको निर्माण सम्पन्न गरेर हस्तान्तरणको तयारीमा रहेको सो कम्पनीको काममा शहरी विकास तथा भवन…

Read More

भद्रपुर, ६ असोज । प्याब्सन भद्रपुर नगर समितिले विद्यालय तहमा रहेका विद्यार्थीको अन्तरनिहित प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । नगर संयोजक डिल्ली दुलालको अध्यक्षता तथा प्याब्सन झपाका अगुवा व्यक्तित्व सुरेश राईको प्रमुख आतिथ्यमा भद्रपुर–४ स्थित इष्ट पोइन्ट अंग्रेजी माविको प्राङ्गणमा विविध कार्यक्रम सम्पन्न गरिएको हो । नगर क्षेत्रमा रहेका २० वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा चित्रकला, बतृत्वकला, हाजिरी जवाफ लगायत अतिरिक्त क्रियाकलापमा प्रतिष्पर्धा गरेका थिए । इष्ट पोइन्ट अंग्रेजी माविका प्रधानअध्यापक कपिल पौडेलका अनुसार स्थानीय तहमा प्याब्सनको अधिकार प्रत्यायोजन भए पश्चात पहिलो पटक नगर समितिले आफ्ना माताहतका विद्यार्थी बीच सामुहिक अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको हो ।…

Read More