झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १ असोज । गएको एक वर्षमा सीमा सुरक्षा प्रहरी कार्यालय रानी विराटनगरले भारत छिर्न लागेका २०६ जनाको उद्धार गरेको जनाएको छ । जसमा महिला १०६, बालिका ६४ र बालक ३६ जना छन् । अवैध तरिकाले भारत छिर्न लागेका ती मानिसलाई केरकार गर्दा दलालको फन्दामा परेकाले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । केरकारमा माइती नेपाल, केआइ नेपाल र साना हात नेपालका प्रतिनिधि संलग्न थिए ।

Read More

काठमाडौँ, १ असोज । सङ्घीय समाजवादी फोरम नेपालले सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । सो पार्टीले आज विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो । पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । “संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार…

Read More

बिर्तामोड, १ असोज । झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाले चौबीसै घण्टा पानी वितरण शुरु गरेको छ । संस्थाको विभिन्न स्थानमा रहेको छ वटा पानी ट्यांकीमध्ये पाँच वटामा पानी शुद्धीकरण गर्ने उपकरण जडान भएसँगै आजदेखि चौबीसै घण्टा पानी वितरण शुरु गरिएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । ‘यस अघिदेखि नै चौबीसै घण्टा पानी वितरण गर्ने योजना बनाएका थियौँ’, उहाँले भन्नुभयो, ‘केही प्राविधिक समस्याले त्यो सम्भव भएन, हालै एउटा फिल्टर प्लान्ट जडान गरेर पानी वितरण सहज बनाएका हौँ ।’ खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखमा संस्थाको ३ नम्बर ट्यांकीमा फिल्टर प्लान्ट जडान गरिएको छ । उक्त…

Read More

पथरी, १ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन गर्दै दुई महिनाभित्र उपसमितिसमेत निर्माण गरी समितिको पूर्णता दिने भएको छ । ‘भाषा, साहित्य, कला, संस्कृति’ नाम दिइएको समितिको अध्यक्षमा वीरध्वज शिवा, उपाध्यक्षमा अमीर राई, सचिवमा रोहिणीप्रसाद घिमिरे, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा सरोजा खड्गीलाई चयन गरिएको छ । सदस्यमा, टीकाराम राई, देव गुरुङ, हरेन्द्र खत्री, प्रदीप आचार्य, कल्पना मिश्र र देवेन्द्र वनेम चुनिनुभएको छ । सो समितिले विभिन्न चार उपसमिति निर्माण गरी सक्रिय सर्जकलाई थप समेट्ने योजना…

Read More

उर्लाबारी, १ असोज । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल…

Read More

पशुपतिनगर, इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ । भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार सङ्कलन भए पनि…

Read More

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन सक्दैन भन्नुभयो । उहाँले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि…

Read More

मोहम्मद सदरुल/ मनोज दाहाल विराटनगर, १ असोज । नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन् । नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना गर्नेछन् । स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै देखिएको ठूलो चुनौतीलाई चिर्दै राजनीतिक दलहरु निर्वाचनमा होमिएका थिए । निर्वाचनपछि अहिले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाइ बहुमतको सरकार बनेको छ । संविधान प्राप्तिपछि अहिले मुलुकमा राजनीतिक कार्यसूचीले विश्राम लिएको छ र समृद्ध नेपाल, सुखी नेपाली बनाउन स्थानीय तह, प्रदेश…

Read More

भद्रपुर, १ असोज । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको नवौंँ वार्षिक साधारणसभाले गोकुलराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । चार वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा रमेशप्रसाद सुवेदी, सचिव रुद्रप्रसाद गुरागाई, सहसचिव सर्मिष्ठा नेपाल र कोषाध्यक्षमा मेनका शर्मालाई निर्विरोध चयन गरिएको हो । त्यसैगरी समितिका सदस्यहरुमा क्रमशः कृष्णप्रसाद वन, देवीप्रसाद कँडेल, मिथिला कोइराला, दिपककुमार कार्की, धनकुमारी खरेल, उत्तमकुमार सुवेदीलाई चयन गरिएको छ । त्यस्तै समितिको लेखा संयोजकमा खड्गनारायण श्रेष्ठलाइृ छानिएको छ भने सदस्यमा द्वारिका सुवेदी र बोधकृष्ण पौडेल रहेका छन् ।

Read More

सान नेपाल गौरादह, १ असोज । झापाको गौरादह नगरपालिकाबासीले नगरभित्र शान्ति–सुरक्षाको उचित व्यवस्था नभएको गुनासो गरेका छन् । इलाका प्रहरी कार्यालय गौरादहमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा स्थानीयबासीले चाडवाडको मुखमा बजार क्षेत्रमा हुने गरेका चोरी डकैती, लुटपाट, लागुऔषध सेवनका विषयमा नियन्त्रण गर्न आवश्यक रहेको सुझाव दिएका छन् । नगरभित्र शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्रिय हुनुपर्नेमा उनीहरुको जोड छ । इलाका प्रहरी कार्यालय गौरादहमा प्रहरी संख्या थप गर्न माग राख्दै सर्वसाधारणको जीउधनको सुरक्षा, चोरीको बिगबिगी, लागुऔषध सेवनका कारण हुने गरेको अपाराधिक गतिविधि नियन्त्रणमा प्रहरीको भूमिका कमजोर देखिएको उनीहरुको भनाइ छ । स्थानीयबासी गणेश दाहालले खुल्ला सिमानाकाका कारण आपराधिक गतिविधि बढ्न…

Read More