झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तेह्रथुम, २९ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो । यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको जानकारी उहाँले दिनुभयो । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा…

Read More

झापा, २९ भदौ । झापा गाउँपालिकालाई यही असोज २ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको छ । गाउँपालिकामा बिहीबार भएको बैठकले सो निर्णय गरेको हो । झापा गाउँपालिकामा रहेका साविकका ३ वटै गाउँ विकास समितिहरुलाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अन्तिम गुणस्तर अनुगमन गरिसकेको छ । घोषणा समारोहलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । घोषणा समारोहको अघिल्लो दिन असोज १ गते विद्यालय, कार्यालय, बजार तथा सार्वजनिक स्थल सरसफाइ गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा साविक शरणाामतीमा सहारा नेपाल र साविक…

Read More

सान नेपाल गौरादह, २९ भदौ । झापा गौरादह–१ स्थित डिट्ठा चोक निवासी बबिना ताजपुरिया रगत सम्बन्धी आई.टी.पी नामक गम्भीर समस्याबाट ग्रस्त भएकी छिन् । आर्थिक अवस्था दयनीय भएको ताजपुरिया परिवारले छोरीको स्वास्थ्य उपचारको लागि सबैसँग आर्थिक सहयोगको याचना गरिरहेको छ । स्थानीयबासीले ‘बबिना ताजपुरिया बचाउ अभियान’ शुरु गरी स्वदेश तथा विदेशबाट करिब १ लाख आर्थिक सहयोग संकलन गरेको बताइएको छ । संकलित रकमबाट बबिनालाई काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलमा उपचार गराई घर ल्याइएको र थप उपचारका लागि आर्थिक संकलन गर्न आवश्यक रहेको उनका बुवा दिलबहादुर ताजपुरिया बताउँछन् । ताजपुरिया बचाउ अभियानका संयोजक सकेन्द्र ताजपुरियाले बबिनालाई बचाउनका लागि आर्थिक संकलन गर्न सबैसँग…

Read More

झापा, २९ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग…

Read More

काठमाडौँ, २९ भदौ । सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल नगर्ने सङ्घको नाममा आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्ने नगराउनु ।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गर्नुभएको थियो । सङ्घले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।…

Read More

रामेछाप, २९ भदौ । तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो । बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिईन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी…

Read More

विराटनगर, २८ भदौ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं १ स्थित ६ जिल्लामा सडक सुशासन अभियान लागू गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले सो अभियान सुचारु गर्न लागिएको जनाएको छ । पहिलो चरणअन्तर्गत मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुर जिल्लाका १० किलोमिटर क्षेत्रको राजमार्गलाई विकास गरी नमूना सडक सुशासन अभियान लागू गर्नेछ । अभियानअन्तर्गत मोरङ विराटनगरको मेनरोड, सुन्दरहरैचा र गछिया राजमार्ग, सुनसरीको इटहरी बुढीखोलादेखि रामधुनी झुम्का बजार, झापा विर्तामोडको मुक्तिचोकदेखि सुरुङ्गाको माईखोला पुलसम्म नमूना सडक निर्माण गरिनेछ । यसैगरी इलामको किटेनी जोरकलमदेखि हर्कटे, धनकुटाको पात्लेखोलादेखि कागतै चोक र उदयपुरको…

Read More

बिर्तामोड, २८ भदौ । झापाको कनकाईमा शारीरिक सुगठन खेलाडी राम दाहाललाई आज ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । लायन्स क्लब अफ कनकाईले बिहीबार आयोजना गरेको दोस्रो पदस्थापन कार्यक्रम दाहाललाई सम्मान गरिएको हो । शारीरिक सुगठन (बडिबिल्डिङ)–को माध्यमबाट खेलाडी दाहालले मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकाले सम्मान गरिएको क्लबका सन् २०१७–२०१८ का अध्यक्ष सुरेन्द्र प्रधानले जानकारी दिए । ‘हरेक वर्ष उत्कृष्ट नागरिकका रुपमा क्लबले एक जनालाई सम्मान गर्ने गरेको छ’, अध्यक्ष प्रधानले भने, ‘दाहालले अथक परीश्रम गरेर खेलकुदको माध्यमबाट झापा मात्र नभई नेपाललाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गर्नुभएको छ, उहाँको कार्यको मूल्यांकन गर्दै सम्मान गरेका हौँ ।’ दाहाललाई कार्यक्रमका…

Read More

लस एन्जलस, २८ भदौ । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन् । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको गोलीकाण्डलाई प्रहरीले घरेलु हिंसाको रुपमा व्याख्या गरेको छ । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले अपराह्न ५।१५ बजे गोली चलेको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिनुभयो । हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका थिए । गोली लागेर तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको छ ।…

Read More

काठमाडौँ, २८ भदौ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो । बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के…

Read More