झापा, ८ असोज । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशमा भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले सडक, पुललगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
भारी वर्षाका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सम्भावित उद्धार तथा राहतका काममा स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्नसमेत मातहतका कार्यालयलाई निर्देशन दिइएको भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले बताए।
सडक, पुल र उपकरणको निगरानी बढाउन निर्देशन
मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित निगरानी बढाउन निर्देशन दिएका छन्। साथै, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन हुन मातहतका निकायलाई भनिएको छ।
कुनै पनि क्षेत्रमा विपद् वा पूर्वाधारमा क्षति भए तत्काल उद्धार तथा मर्मत कार्यमा परिचालित हुँदै मन्त्रालयलाई जानकारी गराउनसमेत निर्देशन दिइएको छ।
मन्त्रालयले स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्न आग्रह गरेको छ।
कोशीमा धेरै भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आगामी दिनमा मौसम थप सक्रिय रहने सम्भावना छ।
आज दिउँसो र राति कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बिहीबार पनि कोशीका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
मन्त्री आचार्यले पनि सम्भावित विपद्लाई मध्यनजर गर्दै कोशी प्रदेशवासीलाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेका छन्।भारी वर्षाको पूर्वानुमानपछि कोशीका सबै पूर्वाधार कार्यालय ‘हाइअलर्ट’मा
झापा, ८ असोज । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र बनाएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लामा रहेका मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण कोशी प्रदेशमा भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले सडक, पुललगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
भारी वर्षाका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सम्भावित उद्धार तथा राहतका काममा स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्नसमेत मातहतका कार्यालयलाई निर्देशन दिइएको भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले बताए।
सडक, पुल र उपकरणको निगरानी बढाउन निर्देशन
मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित निगरानी बढाउन निर्देशन दिएका छन्। साथै, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन हुन मातहतका निकायलाई भनिएको छ।
कुनै पनि क्षेत्रमा विपद् वा पूर्वाधारमा क्षति भए तत्काल उद्धार तथा मर्मत कार्यमा परिचालित हुँदै मन्त्रालयलाई जानकारी गराउनसमेत निर्देशन दिइएको छ।
मन्त्रालयले स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्न आग्रह गरेको छ।
कोशीमा धेरै भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आगामी दिनमा मौसम थप सक्रिय रहने सम्भावना छ।
आज दिउँसो र राति कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बिहीबार पनि कोशीका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
मन्त्री आचार्यले पनि सम्भावित विपद्लाई मध्यनजर गर्दै कोशी प्रदेशवासीलाई आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेका छन्।