झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खुदुनाबारी, २१ भदौ । अर्जुनधारामा संञ्चालित प्राङ्गारिक कृषिमा आधारित तीज गीत प्रतियोगिता कार्यक्रममा प्रगति महिला कृषक समूह प्रथम भएको छ । प्रगति महिला कृषक समूह अर्जुनधारा–१० मा क्रियाशिल सामाजिक संस्था समेत हो । त्यस्तै द्धितीय नमूना महिला कृषक समूह भएको छ । तृतीय स्थान निर्वाचित जनप्रतिनिधि भएका थिए भने सान्त्वना सरस्वती महिला समूहले प्राप्त गरेको छ । अर्जुनधारा नगरलाई प्राङ्गारिक कृषि उपज उत्पादन गर्न प्रेरित गर्ने उद्धेश्यले अर्जुनधारा नगरपालिका र कृषि विकास शाखाको आयोजनामा गरेको उक्त कार्यक्रममा उनीहरुलाई नगद र प्रशंसा–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा भाग लिई प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई नगद पुरस्कार क्रमश…

Read More

सुरुङ्गा, २१ भदौ । आगामि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा ,र पूर्वाञ्लल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताउनुभयो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ ह्जार र ३१ ह्जार पाउनेछन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २…

Read More

फिल्म ‘प्यार का पञ्चनामा’ र ‘सोनू के टीटु की स्वीटी’ जस्ता हिट फिल्ममा काम गरिसकेका अभिनेता कार्तिक आर्यन एक पटक फेरि चर्चामा आएका छन् । कार्तिकलाई यतिबेला बलिउडमा एकपछि अर्को गर्दै फिल्ममा काम गर्ने अफरहरु आइरहेका छन । तर अहिले उनी फिल्मका लागि नभई उनले बोलेको कुराका कारण चर्चामा छन् । फेशन डिजाइनर अनाइता अदजानियाको च्याट शो ‘फीट अप विद द स्टार्स’ को पछिल्लो प्रोमो अनाइताले उनको इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसमा अनाइताले कार्तिकलाई रमाइला रमाइला प्रश्नहरु सोधिरहेकी छिन् । यसैबीच अनाइताले कोसँग बच्चा जन्माउन चाहनुहुन्छ ? भन्ने प्रश्नमा कार्तिकले अभिनेत्री कट्रिना केफको नाम लिएका छन । साथै कट्रिनाको…

Read More

काठमाडाँै, २१ भदौ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिनुभयो । “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौँ” उहाँले भन्नुभयो, “परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन् सोही जिल्ला नभई अर्को जिल्लामा गई परीक्षा दिनुपर्ने छ ।” परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालीम दिनेछ । आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ…

Read More

झुलन रेग्मी झापा, २१ भदौ । विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको चेतनास्तर बढेपछि समाजमा बाल विवाह न्यूनीकरण हुँदै गएको छ । पछिल्लो समय सामुदायिक तथा नीजि विद्यालयहरुमा गठन भएका बाल क्लबहरुले विभिन्न चेतनामूलक कार्यक्रम गर्न थालेपछि बालबालिकाहरुमा परिवर्तन आएको हो । केही वर्ष अघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले बीचैमा पढाइ छाड्ने क्रम बढेको थियो । धेरैजसो विद्यार्थीहरु कक्षा छाडेर कम उमेरमै बिहे गर्ने समस्या रहेको थियो । तर, अहिले त्यस्तो समस्या नरहेको झापा धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल बताउँछन् । उनले विद्यार्थीमा शिक्षाको चेतनास्तर बढेपछि बाल बिवाहका घटना कम हुँदै गएको बताए । झापाका अधिकांश विद्यालयमा बाल क्लव गठन गरिएका छन्…

Read More

काठमाडौँ, २१ भदौ । मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ । टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रहयो । राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइं) र हङकङसँग पराजित भएको थियो ।

Read More

हेटौँडा, २१ भदौ । मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटाँैडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुइँटेलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ…

Read More

दमक, २१ भदौं । शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताउनुभयो । दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा दमकका आयोजक…

Read More

भोजपुर, २१ भदौ । जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो । बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो भने कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ । बोहोराले गत जेठ ६ गते, कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ ।…

Read More

कैलाली, २१ भदौ । कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बताएको छ । लागुऔषधसहित पक्राउ परेकी शाहीलाई लागुपदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो ।

Read More