
झापा, २ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तरत लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा मनोपरामर्स/ जनचेतना प्रदान गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले लागूऔषधमा संलग्न २२ जनालाई १८ ग्राम १५० मिलिग्राम बाउन सुगर, ५०२ चक्की प्रतिवन्धित औषधी, मोटरसाईकल १ थान, स्कुटर १ थान, सिटि सफारी १ थान सहित पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले विर्तामोड-६ का देबेन्द्र बि.क.लाई १ ग्राम ४२० मिलिग्राम, झापा दमक ३ का बिकास भुजेल, भद्रपुर ७ की सरिता राजबंशीलाई ६ ग्राम ०९० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का गणेश प्रसाद ओलीलाई ३०० मिलिग्राम ब्राउन सुगर, बिर्तामोड ४ का चाल्स लिम्वु, उमेश लिम्वुलाई ३ ग्राम ९०० मिलिग्राम गाँजा सहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी नगरपालिका-२ का बीरगंज आंङदम्बेलाई स्पारेष्ट १०० ट्यावलेट, ट्रामाडोल १०० ट्याव्लेट सहित पक्राउ गरेको छ ।
यसैगरी कोशी प्रदेश प्रहरी (PIT) र इलाका प्रहरी कार्यालय धरान, इटरी र चतराले बराहक्षेत्र १ सुनसरीका योगेश न्यौपानेलाई स्पास्मो २९० चक्की, कोरेक्स १ बोतल र धरान २० का बिक्रम उदासलाई २ ग्राम २१० मिलिग्राम ब्राउन सुगर, इटहरीका मोहन परियार, सुमन पासवान, दिपेश राना मगर, सक्षम के.सी.लाई २०० मिलि ग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान १७ का प्रकाश राईलाई ६४ किलोग्राम गाँजा सहित, सप्तरी कन्चनरुप ९ का शिबनारायण महत्तोलाई नाईट्रोजन-१२ चक्की, प्रदिप यादवलाई १ ग्राम ६० मिलि ग्राम ब्राउन सुगर सहित र धरान रेल्वे स्थितबाट वेवारिसे अवस्थामा रहेको ३२ किलोग्राम गाँजा बरामद गरेको छ । यसै गरी कोशी प्रदेश प्रहरी (PIT) र इलाका प्रहरी कार्यालय रानीले मोरङ कटहरी ३ का कमल रामलाई ५९० मिलिग्राम, सुनसरी दुहबी ८ का संदिप कार्कीलाई ४६० मिलिग्राम, पथरीशनिश्चरे ८ का शंकर माझीलाई ७२० मिलिग्राम र प्रहरी चौकी कर्सियाले धनपालथान ४ का गोपाल सहनीलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।


