
झापा, २ असार । दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी–५२ बमवर्षक विमान दुर्घटना भएको छ । दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ११स्२० बजे विमान नियमित परीक्षण अभियानमा रहेका बेला दुर्घटना भएको हो । दुर्घटनापछि आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडेको थियो, जुन माइल टाढाबाट पनि देखिन्थ्यो ।
कर्नेल जेम्स हेयसले पत्रकारहरूसँग भनेका छन्, ‘आज एडवर्ड्स एयर फोर्स बेसले एउटा भयानक त्रासदी देखेको छ र हामीले आठ महान् अमेरिकी गुमायौँ ।’ उनका अनुसार मृतकहरूमा सैन्य कर्मचारी, सरकारी कर्मचारी र सरकारी ठेकेदार छन् । यसअघि एयर बेसले प्रारम्भिक संकेतले कोही पनि जीवित नरहेको देखाएको छ ।
Facebook Comments Box


