
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भारतको हैदरावाद पुलिसमा एउटा अनौठो काण्ड आएको छ । जसका कारण पुलिस इतिहास खोतल्न बाध्य भएको छ । मुद्दा हो सुनको लञ्चबाकस चोरीको । उक्त खाजाको डिब्बा केवल सुनबाट मात्र बनेको थिएन, त्यसमा बहुमूल्य हिरा तथा मोतिपनि जडित थिए । उक्त खाजाको डिब्बाका अलावा हैदरावादका अन्तिम सासक मिर उस्मान अली खानको निलम जडित सुनेको चियाकप, रिकापी तथा चम्चा पनि चोरी भएको छ । जम्माजम्मी तिन किलो वजनका सामान चोरी भएका छन् । जसको मूल्य झण्डै ५० करोड भारु पर्ने बताइएको छ । सोमबार मात्र पुलिसले ती बहुमूल्य सामान चोरी भएको जानकारी पायो । आइतबार राति ती सामान चोरी भएको अनुमान…
बच्चन परिवारको घरमा बुहारी बनेर भित्रिन खुट्टा उचालिसकेकी थिइन् करिश्मा कपुरले । तर, भाग्यमा नलेखिएपछि कसको के लाग्छ ? बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर पाँच वर्षसम्म अफेयरमा रहे । एउटा वैवाहिक समारोहमा उनीहरुको भेट भएको थियो । करिश्माले एक अन्तरवार्तामा हिराको औठी दिएर अभिषेकले प्रेम प्रस्ताव राखेको बताएकी छन् । ‘उनले एक्कासी हिराको औंठी दिएर मलाई प्रपोज गरे, मैले नाई भन्नै सकिनँ,’ उनले भनेकी छन् । पाँच वर्ष लामो अफेयरपछि उनीहरु वैवाहिक सम्वन्धमा बाँधिन तयार भए । दुवैका परिवारले पनि मञ्जुरी दिएपछि उनीहरुबीच ईंगेजमेन्ट भयो । विवाहको मिति तोकिएको थिएन । तर, ईंगेजमेन्टको ४(५…
काठमाडौँ, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।…
अर्जुनधारा, २२ भदौ । निजामती सेवा दिवस—२०७५ को अवसरमा आज झापाको अर्जुनधारा नगरपालिकामा उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई नगद सहित कदरपत्रले सम्मान गरेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी हेबी सवारी चालक राजकुमार परियार सम्मानित भएका हुन् । उनी उक्त नगरपालिकामा २०७२ सालदेखि सवारी चालकको भूमिकामा छन् । नगर प्रमुख रानाले निजामती कर्मचारीको जनताबाट संकलन भएको करबाट जीवनशैली संचालन भएको हुनाले सेवा प्रवाहमा दत्तचित भएर लाग्नुपर्ने बताए । राज्य र नागरिकले अपेक्षा गरेअनुसार हामीले काम गर्ने हो उनले भनेर्– त्यसको कार्यान्यन गर्ने महत्वपूर्ण भूमिका निजामती…
इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिनुभयो । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश ः बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१÷०७२ मा २९१, २०७२÷०७३ मा ७५६, २०७३÷०७४ मा ९३६ र २०७४÷०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा…
सुर्खेत, २२ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो । उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उहाँले भन्नुभयो, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।” प्रविधिमैत्री विद्यालय…
भीमदत्तनगर, २२ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उहाँले भन्नुभयो, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गर्नुभयो । सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट…
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी सङ्ख्या पनि पर्याप्त छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ…
अच्युत रेग्मी काठमाडौँ, २२ भदौ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१÷७२ मा ३५, आव २०७२÷७३ मा ४३, आव २०७३÷७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ…
सान नेपाल गौरादह, २२ भदौ । फर्निचर व्यवसायीहरुको संस्था गौरादह फर्निचर व्यवसायी संघले पछिल्लो समय सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्न थालेको छ । १५ दिन भित्रमा तीन जना पिडितहरु लाई उक्त संघले महत्ववूर्ण आर्थिक सहयोग गरेको हो । गौरादह ९ दहगाउँ घर भएका मृगौला पिडित बोधराज खनाललाई गत हप्ता मात्र २० हजार नगद आर्थिक हस्तान्तरण गरेको संघले शुक्रवार बिहान मृगौला पिडित रिता कार्कीलाई १५ हजार सहयोग गरेको छ । गौरादह ९ को वडा कार्यालयको चिसो भुइँमा रात बिताउन बाध्य झम्की दिदिको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको, लडेर खुट्टा भाचिएकोले घोपामा उपचार गराइरहेकी बृद्धअबश्थाकि एक्ली महिला झम्की दिदिलाई संघले नगद ५…